क्षतिपूर्ति होइन् न्याय चाहन्छिन् सिता


कसरी उहाँको हत्या भयो त - "पार्टीकार्यकर्ताले कहिले कहाँ त कहिले कहाँ पार्टीको निर्देशनमा जानुपर्ने बाध्यता । सोही क्रममा उहाँ पार्टीको काममा ललितपुरको घुसेल गाविसहुँदै डुकुछाप जाँदै हुनहुन्थ्थो रे । सोही क्रममा उहाँलाई सेनाले पक्रेर गोली हानी हत्या गरेछन् । उहाँसँग अरु कोही थिए की - "मकवानपुर सिस्नेरी गाविसका गणेश कठुरी पनि हुनुहुन्थ्यो रे ।" सिताले अगाडि भनिन्, "कसैले सुराकी गरेका रहेछन् उहाँहरू त्यहाँ जादै हुनुहुन्छ भनेर । सोही आधारमा सेनापनि त्यहाँ गएको रहेछ । सेनाले उहाँहरूलाई पक्रेर गोली हानी मारे ।" त्यती भन्न नपाउँदै सिताको आँखाबाट आँशु र्झन थाले ।

यो संवाद माओवादी सशस्त्र द्वन्द्वको समयमा माओवादी भएकै आरोपमा सेनाले नियन्त्रणमा लिई हत्या गरिएका ललितपुर प्युटार गाविस-१ निवासी यदुनाथ घिमिरेकी पत्नी सिता घिमिरेसँगको हो । खेतिपाती लगाउने समय । द्वन्द्व पीडितको तथ्याङ्क लिनेक्रमा पुग्दा उनी बारीमा सिमी लगाउन व्यस्थ थिइन् । काम नगरे खानलाई मुस्किल हुने हुँदा उनलाई काम नगरी सुख्खै छैन । आपनो परिचय र भेटघाटको उद्देश्य बताएपछि घरमै गएर कुराकानी गर्ने निधो भयो । सोही अनुसार उनीसँग यो संवाद भएको हो । बिर्सिसकेको अतिलाई कोट्याउनु गाह्रो काम थियो । यद्यपी ती कुराहरू नकोट्याउँदा वास्तविक कुरा नआउने हुँदा अतितिर र्फकनु बाध्यता थियो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अभिलेख अनुसार युदुनाथ घिमिरेलाई सेनाले ललितपुरको डुकुछाप गाविसमा ०६१ भदौ १६ गते नियन्त्रणमा लिई हत्या गरेको थियो । उनको साथमा मकवानपुर जिल्ला सिस्नेरी गाविस निवासी गणेश ठकुरीलाई समेत सेनाले हत्या गरेका थिए । उनीहरू दुबैलाई सेनाले हत्या गरी सोही स्थानमा खाल्टो खनी गाडेको थियो । विस २०३३ साल चैत ५ गते जन्मिएका यदुनाथ घिमिरे "सविन" २०५१ सालमा माओवादीमा प्रवेश गरेका थिए । उनी माओवादी विशेष कमाण्ड अर्न्तर्गत ललिपतुर मकवानपुर क्षेत्र अर्न्तर्गत एरिया नम्बर ७ का इन्चार्ज रहेका थिए । हत्या भएको केही दिनपछि माओवादी कार्यकर्ताले हत्याको खबर गरेपछि सिताले पतिको हत्या भएको थाहापाएकि थिइन् । लाश समेत देख्न नपाएकी उनले पतीको काजक्रिया समेत गरेकी छैनन् ।

सिताकी अनुषा घिमिरे र अस्मी घिमीरे नामका दुइ छोरीहरू रहेका छन् । अनुषा कक्षा तीनमा र अस्मी कक्षा एकमा अध्ययन गर्छन् । उनीहरूलाई माओवादी जिल्ला संगठन समितिले ललितपुर लगनखेलस्थित सगरमाथा बोडिङ्ग स्कुलमा छात्रवृत्तिमा पढ्ने व्यवस्था मिलाईदिएको हो । खाने बस्ने व्यवस्था स्कुलले गरिदिए पनि किताब, कापी, कलम र स्कुल ड्रेस आफैले किन्नुपरेको सिता बताउँछिन् । उनले अगाडि भनिन्, "पार्टीलाई अनुरोध गरेकी थिए पछि छात्रावृत्तिमा पढ्ने व्यवस्था मिलाईदियो ।"

सिताका चारजनाको सुखी परिवार रहेको थियो । सेनाले पतिको हत्या गरेपछि उनको त्यो सुख नै चुडेर लग्यो । पतिको हत्या भएको चार वर्षवितिसक्दा पनि पतिको सम्झनाले उनलाई सताइ रहन्छ । घरमा एक्लै हुँदा पतीको सम्झना आइरहेने उनी बताउँछिन् । "सेनाले गोली हानी मारे भनी सुनाए । लाश पनि देख्न पाईन् ।" उनी अगाडि भनिन्, "छोरीहरू पनि पढ्नका लागि लगनखेल बसेका छन् । कहिले काँही त राती न्रि्रा नै लाग्दैन । तिनै छोरीहरूको आशमा बाचेको छु ।"

आर्थिक अवस्था कमजोर रहेकी उनको एकहल बारी छ । त्यो पनि उनको नाममा छैन । त्यही पाखो बारीमा उब्जानी भएको खेतीले वर्षदनसम्म धान्नुपर्ने बाध्यता उनमा रहेको छ । बारीमा उनले धान र सिमी लगाएकी छिन् । पारिवारीक खर्च जुटाउनको लागि उनले एउटा भैसी पालेकी छिन् । भैसीको दुधबाट खुवा बनाई बेच्ने गरेकी छिन् । कक्षा १० सम्म मात्र अध्ययन गरेकी उनी गाविसको उपस्वास्थ्य चौकीमा गएको सात महिना अगाडिबाट पियनको रूपमा काम गर्दै आएकी छिन् ।

"राहात स्वरुप प्युटार गाविसले गएको वर्षर यस वर्षगरी दर्ुइपटक १० हजार दियो ।" सिताले भनिन् । सरकारले द्वन्द्व पीडितको लागि क्षतिर्पूर्ति दिने भनेको सुने पनि सिता त्यो चित्त बुझेको छैनन् । उनी भन्छिन्, "दोषीलाई कारबाही नै हुँदैन भने क्षतिर्पूर्ति दिएर के काम । दोषीलाई पहिला कारबाही हुनुपर्छ अनी क्षतिर्पूर्ति उपलब्ध गराउनुपर्छ ।" गोली हानी मार्नेलाई मात्र नभए सुराकी गर्नेलाई पनि कारबाही गर्नुपर्ने उनी बताउँछिन् । न्यायको पर्खाइमा बसेकी सिताले घटनाको छानबिनको लागि नत प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् नत राष्ट्रिय मानवअधिकार आयोगमा नै ।

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?