Posts

Showing posts from June, 2008

मासु त कुहीयो होला । हाड त देखाओ ।

दिउँस भरी कामकोे थकान । ओछ्यानमा पल्टनासाथ उनीहरू भुसुक्कै निदाए । एक्कासी आएको 'ढोका खोल्नुस् !' 'ढोका खोल्नुस् !' भन्ने तिखो आवजले निन्द्रा बिच्कियो । माओवादी र राज्यको जगजगी भएको समय । मध्यरातमा ढोका खोल्नुस् भन्ने आवाजले उनलाई भित्रैदेखि डर लागेर आयो । उनले मनलाई दह्रो भनाए अनी न्रि्रामै भने 'को हो - किन यती मध्यरातमा -' ढोका खोल्नुस् भन्नेहरूले भने 'हाम्रो साथि कसरी मर्‍यो - सोधपुछ गर्न आको ।' त्यससमय सम्म गोमापनि ब्युझिसकेकी थिइन् । मान्छे मर्‍यो भनेपछि गोमा र उनका पतिले चोटाबाट तल आई डराइ डराइ ढोका खोले । ढोका मात्र के खुलेको थियो । तीनजना घरभित्र पसे अनी भन्न थाले 'हाम्रो साथिलाई सेनाले मार्‍यो । हामीलाई माथिबाट आदेश आएको छ । तपाईँलाई लिन आएको ' उनीहरूले गोमालाई भने । घरभित्र पस्नेमा एकजना महिला र दर्ुइ पुरुष थिए । पर्शुरामले गोमालाई होइन मलाई लैजाओ भनि उनीहरूसँग अुनरोध गरे । बोल्यो कि पोल्यो भने झै उनीहरूले जसलाई साथमा लिन आएका थिए उसलाई बाहेक अरुलाई नलाने भन्दै गोमालाई जबरजस्ती लिएर गए । साथमा लाने समयमा उनीहरूले भनेका थिए, 'जस्तो ल...