क्षतिपूर्ति होइन् न्याय चाहन्छिन् सिता
कसरी उहाँको हत्या भयो त - "पार्टीकार्यकर्ताले कहिले कहाँ त कहिले कहाँ पार्टीको निर्देशनमा जानुपर्ने बाध्यता । सोही क्रममा उहाँ पार्टीको काममा ललितपुरको घुसेल गाविसहुँदै डुकुछाप जाँदै हुनहुन्थ्थो रे । सोही क्रममा उहाँलाई सेनाले पक्रेर गोली हानी हत्या गरेछन् । उहाँसँग अरु कोही थिए की - "मकवानपुर सिस्नेरी गाविसका गणेश कठुरी पनि हुनुहुन्थ्यो रे ।" सिताले अगाडि भनिन्, "कसैले सुराकी गरेका रहेछन् उहाँहरू त्यहाँ जादै हुनुहुन्छ भनेर । सोही आधारमा सेनापनि त्यहाँ गएको रहेछ । सेनाले उहाँहरूलाई पक्रेर गोली हानी मारे ।" त्यती भन्न नपाउँदै सिताको आँखाबाट आँशु र्झन थाले । यो संवाद माओवादी सशस्त्र द्वन्द्वको समयमा माओवादी भएकै आरोपमा सेनाले नियन्त्रणमा लिई हत्या गरिएका ललितपुर प्युटार गाविस-१ निवासी यदुनाथ घिमिरेकी पत्नी सिता घिमिरेसँगको हो । खेतिपाती लगाउने समय । द्वन्द्व पीडितको तथ्याङ्क लिनेक्रमा पुग्दा उनी बारीमा सिमी लगाउन व्यस्थ थिइन् । काम नगरे खानलाई मुस्किल हुने हुँदा उनलाई काम नगरी सुख्खै छैन । आपनो परिचय र भेटघाटको उद्देश्य बताएपछि घरमै गएर कुराकानी गर्ने निधो भयो ।...