Posts

Showing posts from 2008

लौ चिन्नुहोस् हिमाल मिडिया आक्रमणका अगुवा

Image
यी माओवादीको मजदुर सङ्गठन अखिल नेपाल होटल तथा रेष्टुरा मजदुर युनियनका केन्द्रीय अध्यक्ष रमेशबाबु पन्त हुन् । यी नै पन्तको नेतृत्वमा करिब ५० जना माओवादी मजदुरहरु ०६५ पुस ६ गते हिमाल मिडियाको ललितपुर हात्तिवनस्थित कार्यलयमा पुगेका थिए । हिमाल मिडियाको पुस अङ्कमा मजदुर नाम बदनाम आवरण लेख लेखिएको थियो । सोही विषयलाई लिएर उनको नेतृत्वमा माओवादी मजदुरहरुले आक्रमण गर्दा हिमालका पत्रकार तथा कर्मचारी गरी १२ जना घाइते भएका थिए ।

हिमाल मिडियामा माओवादी आक्रमणका झलकहरु

Image

हिमाल मिडियामा माओवादी आक्रमण

हिमाल मिडियामा माओवादीको भातृसङ्गठन अखिल नेपाल होटल तथा रेष्टुरा मजदुर सङ्घका कार्यकर्ताले ०६५ पुस ६ गते दिउँसो १२ बजे आक्रमण गरेका छन् । करिब ५० जनाको समूहमा आएका जत्थाले हिमाल मिडियाको व्यवस्थापन बैठक भइरहेको ललितपुर हात्तिवनस्थित कार्यालयमा मिटिङ हलमा प्रवेश गरेर आक्रमण गरेका थिए । मजदुर सङ्घका अध्यक्ष रमेशबाबु पन्तको नेतृत्वमा आएका उक्त समूहले कुन्द दिक्षित, आशुतोष तिवारी, रामेश्वर बोहोरा खोइ भन्दै भित्र पसेका भिए । माओवादी सञ्चार तथा छापाखाना मजदुर युनियन ललितपुर प्रमुख रमेश केसीले बैठकस्थलमा रहेका हिमाल मिडियाका प्रमुख कार्यकारी निर्देशक आशुतोष तिवारीलाई चिनाउना साथ तिवारीमाथि आक्रमण गरेको थियो । सोही समयमा उक्त समूहले नेपाली टाइम्स साप्ताहिकका सम्पादक कुन्द दिक्षित, हिमाल खबरपत्रिकाका कार्यकारी सम्पादक किरण नेपाल, वरिष्ठ सम्वाददाता डम्बरकृष्ण श्रेष्ठ, शम्भु गुरागाईँ, विन्दिरा शाक्य, सुरेन्द्र शर्मा, सुभाषकुमार दास, कर्मा लामा, वीरबहादुर तामाङ्गसहित १२ जना पत्रकार तथा कर्मचारीहरुमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाएका छन् । उनीहरुले बैठक कक्षमा तोडफोड गर्नुका साथै कार्यालयका सिसा...

साभार नयाँ पत्रिकाकाबाट

लक्ष्मीसँग सायद 'राज्य’ थिएन ! डायरी : अर्जुन पौडेल सोमबार १२ बजेतिर मोबाइलमा अपरिचित व्यक्तिको आवाज थियो- 'आठ महिनादेखि वीर अस्पतालमा रहेकी मेरो बिरामीको अब थप उपचार गर्न नसकिने भयो, तपाईं केही गर्न सक्नुहुन्छ कि ?' गाडीमा हुनाले आवाज त्यति राम्ररी बुझिन । एक घन्टामा त्यहीँ पुग्ने वचन दिएर मोबाइल कनेक्सन काटेँ, र त्यतै हान्निएँ । होलीको दिन गाडी चलाएको निहुँमा भएको झडपमा परी गम्भीर घाइते बनेका उदयपुरका ड्राइभर उत्तम माझी ६ महिनादेखि वीर अस्पताल भर्ना भएका रहेछन् । त्यसअघि दुई महिना ग्लोबल अस्पताल, ग्वार्कोमा उनको उपचार गराइएको उनकी श्रीमतीले जानकारी दिइन् । सबै सम्पत्ति सक्दा पनि निको नभएपछि वीर अस्पताल सारिएको रहेछ उनलाई । अस्पतालमा हुन सक्ने सबै उपचार भइसक्दा पनि उनको होस आएको थिएन । गर्भवती श्रीमती वीर अस्पतालमै सुत्केरी भएकी थिइन् । छोरी पनि आमासँगै त्यहीँ रहेको उनले बताइन् । माझीझैँ पहिले नर्सिङहोममा उपचार गराएर पैसा सिद्धिँदै गएपछि वीर अस्पताल पुग्ने बिरामी धेरै भेटिए त्यहाँ । आफूसँग केही नहुनेले पनि देशमा निर्वाचित सरकार छ भन्ने आशामा उपचारका लागि सरकारी अस्पताल प...

बधाई ओबामा

Image
बधाई ओबामा अमेरिकाको ४४ औं राष्ट्रपतिमा निर्वाचित भई नयां इतिहास निर्माण गरेकोमा । निश्चियनै हामी परिवर्तन चाहन्छौँ । परिवर्तको बाहक तिमि नै हौ । तिम्रो कार्यकालमा बुश प्रशासनको कमिकमजोरी दोहोरिने छैनन् ।

क्षतिपूर्ति होइन् न्याय चाहन्छिन् सिता

Image
कसरी उहाँको हत्या भयो त - "पार्टीकार्यकर्ताले कहिले कहाँ त कहिले कहाँ पार्टीको निर्देशनमा जानुपर्ने बाध्यता । सोही क्रममा उहाँ पार्टीको काममा ललितपुरको घुसेल गाविसहुँदै डुकुछाप जाँदै हुनहुन्थ्थो रे । सोही क्रममा उहाँलाई सेनाले पक्रेर गोली हानी हत्या गरेछन् । उहाँसँग अरु कोही थिए की - "मकवानपुर सिस्नेरी गाविसका गणेश कठुरी पनि हुनुहुन्थ्यो रे ।" सिताले अगाडि भनिन्, "कसैले सुराकी गरेका रहेछन् उहाँहरू त्यहाँ जादै हुनुहुन्छ भनेर । सोही आधारमा सेनापनि त्यहाँ गएको रहेछ । सेनाले उहाँहरूलाई पक्रेर गोली हानी मारे ।" त्यती भन्न नपाउँदै सिताको आँखाबाट आँशु र्झन थाले । यो संवाद माओवादी सशस्त्र द्वन्द्वको समयमा माओवादी भएकै आरोपमा सेनाले नियन्त्रणमा लिई हत्या गरिएका ललितपुर प्युटार गाविस-१ निवासी यदुनाथ घिमिरेकी पत्नी सिता घिमिरेसँगको हो । खेतिपाती लगाउने समय । द्वन्द्व पीडितको तथ्याङ्क लिनेक्रमा पुग्दा उनी बारीमा सिमी लगाउन व्यस्थ थिइन् । काम नगरे खानलाई मुस्किल हुने हुँदा उनलाई काम नगरी सुख्खै छैन । आपनो परिचय र भेटघाटको उद्देश्य बताएपछि घरमै गएर कुराकानी गर्ने निधो भयो ।...

रगतको नाता ठूलो की वर्गीय नाता कमरेड

कुनै समयमा माओवादी रगतको नाता भन्दा वर्गीय नाता महत्वपर्ूण्ा हुने बताउथ्ये । समयले कोल्टे फर्ेर्दै जाँदा उनीहरुमा यो विचारमा परिवर्तन आउन थालेको छ । आखिर त्यो समय आउनु नै थियो र आयो पनि । परिवारवाद हावी भएको हौवा फिजाउँदै आएका माओवादी उसको नेतृत्व भने परिवारवादबाट मुक्त हुन सकेन । माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न गएको औपचारीक कार्यक्रममा आप\mना छोरा, श्रीमती तथा भतिजा टिममा सामेल गराए । उनले ०६५ असोज १४ गते विमानस्थलमा पत्रकारहरुको प्रश्नमा छोरा प्रकाश र श्रीमती सिता नेपाल सरकारको प्रतिनिधि भएको जिकिर गरे । अचम्म लाग्दो त के भने प्रकाश प्रधानमन्त्री कार्यालयका कम्प्युटर अपरेटर भएको खुलासा समेत प्रधानमन्त्री दाहालले गरे । नेपाली जनता भने प्रकाश दाहालले कहिले लोकसेवा आयोगको परिक्षामा सामेल भएर परिक्षा पास गरेका रहेछन भनी जान्न लालायित भएका छन् । निश्चिय नै प्रम दाहालको भनाईमा विश्वास गर्न सकिन्छ कि यस पटक उनले अन्य समूह भन्दा जम्बो टीम महासभामा लगेन तर मुल कुरा प्रम दाहाले बुझेनन् कि १० जनाको टिममा परिवारका सदस्यलाई सहभागि ...

दशैको शुभकामना

Image
विजया दशमी तथा शुभ दिपावली, २०६४ ले तपाईँ, तपाईँको परिवार, समाज र राष्ट्रमा सुख, शान्ति, सामाजिक न्याय, असल मानवअधिकार संस्कृति ल्याओस् भनी नवदर्ुगा भवानीसँग कामना गर्दछु ।

श्रमशोषणको रूपमा कायम छ बाली प्रथा

Image
पुस्तौँदेखि चल्दै आएको बालिघरे प्रथाका कारण लुगा सिउने दमाई र फलामको काम गर्ने कामीहरूले श्रमअनुसारको मूल्य पाउन सकेका छैनन् । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा समेत यो प्रथाले दहृोसँग जरा गाडेको छ । उपत्यकाको तीन जिल्ला मध्येको एक ललितपुरको दक्षिणी पहाडि भेगमा यो प्रथा झनै मौलाउँदै गएको छ । लुगा सिइदिएबापत दमाईले र फलामका औजार तयार गरिदिए बापत कामीले वाषिर्क रुपमा केही अन्न पाउने गर्छन् । यसरी पाउने अन्नलाई स्थानीय बोली चालीमा बाली भन्ने चलन छ । यसरी बालि लिने प्रथालाई बालिघरे प्रथा भनिन्छ । काम गरिदिए वापत अन्नदिने दातालाई परम्परादेखि नै विष्ठ भनिदैँ आएको छ । श्रम विभाजनका कारण दमाई, कामीलगायत समाजमा पछाडि पारिएका जातका मानिसहरूले वषौँदेखि बाल्रि्रथा अर्न्तर्गत श्रमसँग अन्न साट्दैआएका छन् । अन्नसँग श्रमसाट्ने चलन कहिलेदेखि चल्यो भन्ने तथ्य अहिलेसम्म एकिन हुनसकेको छैन । यद्यपी श्रमविभाजन र जातिपाति छुट्याइएको समयदेखि नै यो परम्परा शुरू भएको विश्वास गर्न सकिन्छ । अधिकारकर्मी मानवधिकार गृहका सदस्य विष्णुबहादुर खत्री आप\mना बाबुबाजेको पालादेखि नै यो प्रथा चल्दै आएको बताउँछन् । उता दे...

संसदीय व्यवस्था अस्वीकार नै गरेका हुन् त माओवादीले -

बाह्र वर्षा खोलो र्फकन्छ भने झै माओवादीले सत्ता कब्जा गर्नको लागि थालेको जनयुद्धको बाह्रवर्षछि सत्ताको बागडोर सम्हाल्न आईपुगेका छ । उसले भने जस्तो जनवादी गणतन्त्र ल्याउन नसकेपनि उसले यसलाई आप\mनो सफलताको रुपमा व्याख्या गरेको छ । यद्यपी उनीहरुले वर्तमान प्रतिस्पर्धात्मक राजनीति आप\mनो लक्ष्य नभई जनगणतन्त्र हुँदै समाजवाद भएको बताएको छ । यसको पुष्टि प्रचण्ड र मोहन बैद्यका पछिल्ला अभिव्यक्तिले गर्छ । सरकारको नीति तथा कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्कमल दाहालले जनगणतन्त्र आप\mनो पार्टर्ीीे लक्ष्य भएको बताएका छन् । त्यसको केही दिनअघि माओवादीमा प्रभावशालि तथा हार्डलाईनरको रुपमा चिनिदैँ आएका मोहन बैद्यले समेत रिपोर्टस क्लबको एक साक्षात्कार कार्यक्रममा पार्टर्ीीे अन्तीम लक्ष्य जनवादी गणतन्त्र भएको उल्लेख गर्दै संसदीय व्यवस्था अस्वीकार भनेर अभिव्यक्ति दिएका छन् । बैद्यले देश विकासको बाधक संसदीय व्यवस्था भएको भन्दै जनगणतन्त्र विना देश विकास सम्भव नभएको समेत दावी गरेका थिए । बहुमतीय प्रतिस्पर्धा मार्फ संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दलको हैसियत प्राप्त माओवादीको पछिल...

Break, break, ब्रेक - Condolence

I'm in deep mourning; my friend - Kamal Lungeli Magar - got died untimely in Bardibas, Mahottari on august 6, 2008. Doctor said that he died by high blood pressure. He was co-activist in HRERLIC-Nepal with me. At this grief I extend my deep condolence to his family and may his soul rest in peace of Heaven. Now I'm remembering the Poem Break Break Break by Alfred Tennyson. Break, break, break Break, break, break, On thy cold gray stones, O sea! And I would that my tongue could utter The thoughts that arise in me. O, well for the fisherman's boy, That he shouts with his sister at play! O, well for the sailor lad, That he sings in his boat on the bay! And the stately ships go on To their haven under the hill; But O for the touch of a vanished hand, And the sound of a voice that is still! Break, break, break, At the foot of thy crags, O sea! But the tender grace of a day that is dead Will never come back to me.

माइतीघरमा बस्दापनि माग सुनुवाई भएन महिलाको

Image
काठमाडौंको मुटु माइतीघर मण्डला । मण्डलाको छेउमा त्रिपाल र त्रिपाल भित्र भरिभराऊ मध्यपश्चिम र सुदूर पश्चिमका महिला मानवअधिकार रक्षकहरू । दिउँसोको घामको राप अनि पानी । यसैबीच, रातको मच्छरको टोकाईको पीडा त छदै छ । तर, पनि अधिकार प्राप्तिको लर्डाईंमा कटिबद्ध छन् यी महिला मानवअधिकार रक्षकहरू । हो, आज दर्ुइ हप्ता भन्दाबढि भई सक्यो । माइतीघर मण्डलामा रिले अनशन बसेका महिला मानवअधिकार रक्षकहरू । तीनओटा मागसहित अनशनमा बसेका यी अधिकार रक्षकहरू आप\mनो मात्र नभएर आधाधर्ती ढाक्ने महिलाको बाँच्न पाउँने अधिकारको लागि निरन्तर आन्दोलनमा छन् । तर, सरकार र राजनीतिक दल मुकदर्शक । उनीहरूको प्रश्न छ­ ः राजीनामा दिएका सरकार प्रमुख तथा मन्त्रीहरू र्सार्कसम्मेलनमा भाग लिनसक्ने अनि महिलाको सामान्य मागको लागि अर्को सरकार चाहिने - महिला माथि हुने सबै प्रकारका हिंसा विरुद्ध आन्दोलनरत संर्घष्ा समितिले कञ्चनपुरकी महिला मानवअधिकार रक्षक लक्ष्मी बोहोराको हत्या सम्बन्धमा स्वतन्त्र आयोगको गठन, महिला विरुद्ध हुने सबै प्रकारका हिंसाको अन्त्यको लागि स्वतन्त्र आयोगको गठनलगायतका माग राखि माइतीघर मण्डलामा रिले अनशन बस्दै आएका ...

मेरो पनि बधाई तथा शुभ-कामना

Image
अन्तत ः लामो खिचातानी पछि नेपालको राष्ट्रपतिको निर्वाचन सम्पन्न भइ डा. रामवरण यादव पहिलो राष्ट्रपति निर्वाचित भएका छन् । डा. यादवलाई मेरो बधाइ तथा शुभकामना । तर्राईमा भड्किएको सामुदायीक सद्भाव, हिंसा, तथा जारी शान्ति प्रक्रियालाई तार्किक निस्कर्षा पुर्‍याउनमा उनको महत्वपर्ूण्ा योगदान रहनेमा सम्पर्ूण्ा नेपाली आशावादी बनेका छन् । राष्ट्रिय एकताको लागि पार्टर्ीीहतभन्दा माथि उठेर काम गर्नुस् । प्रथम राष्ट्रपतिलाई यहि नै शुभकामना ।

कस्तो साहस

Image
इमेल चेक गर्दै थिए । शिव दाईले फरवार्ड गर्नु भएको मेल आइपुग्यो । लेखिएको थियो स्नेक ः नट फर विक हार्टर्ेेपिपुल । मनलाई दह्रो बनाई हेरे । ओहो ! ! ! ! ! सम्भव छ त - होइन ! फेरी दोहोर्एर हेरेँ । आँखामा आँशु पनि देख्छु । के साच्चै हो त - पुनः गहिरेर हेरेँ । मुखमा र्याल निकालेको पनि छ । अन्तत ः विश्वास गरे । कस्तो साहास । कत्रो होला मुटु - गम खाए । साच्चै यी व्यक्तिको जस्तै साहस र विश्वास हुने हो भने के गर्न सकिन्दै रछ त !

मासु त कुहीयो होला । हाड त देखाओ ।

दिउँस भरी कामकोे थकान । ओछ्यानमा पल्टनासाथ उनीहरू भुसुक्कै निदाए । एक्कासी आएको 'ढोका खोल्नुस् !' 'ढोका खोल्नुस् !' भन्ने तिखो आवजले निन्द्रा बिच्कियो । माओवादी र राज्यको जगजगी भएको समय । मध्यरातमा ढोका खोल्नुस् भन्ने आवाजले उनलाई भित्रैदेखि डर लागेर आयो । उनले मनलाई दह्रो भनाए अनी न्रि्रामै भने 'को हो - किन यती मध्यरातमा -' ढोका खोल्नुस् भन्नेहरूले भने 'हाम्रो साथि कसरी मर्‍यो - सोधपुछ गर्न आको ।' त्यससमय सम्म गोमापनि ब्युझिसकेकी थिइन् । मान्छे मर्‍यो भनेपछि गोमा र उनका पतिले चोटाबाट तल आई डराइ डराइ ढोका खोले । ढोका मात्र के खुलेको थियो । तीनजना घरभित्र पसे अनी भन्न थाले 'हाम्रो साथिलाई सेनाले मार्‍यो । हामीलाई माथिबाट आदेश आएको छ । तपाईँलाई लिन आएको ' उनीहरूले गोमालाई भने । घरभित्र पस्नेमा एकजना महिला र दर्ुइ पुरुष थिए । पर्शुरामले गोमालाई होइन मलाई लैजाओ भनि उनीहरूसँग अुनरोध गरे । बोल्यो कि पोल्यो भने झै उनीहरूले जसलाई साथमा लिन आएका थिए उसलाई बाहेक अरुलाई नलाने भन्दै गोमालाई जबरजस्ती लिएर गए । साथमा लाने समयमा उनीहरूले भनेका थिए, 'जस्तो ल...

अब त स्थिति र्सार्वजनिक होला !

असोज ५ गते २०६० । रातको १२ बजेको छ । सबैजना खानपिन गरी सुतिसेका छन् । पदमनारायण पनि अरु जस्तै खानपिन गरी सुतिसकेका छन् । तत्कालिन शाही नेपाली सेनाले बुङ्मतीस्थित घरमा घेराहाली सकेको छ । तर पदमनाराण र उनको परिवारलाई घरघेरा हालेको थाहा छैन । सेना घर पछाडिबाट घरमाथि चढ्छन् । पदमनारायण कहाँ छन् - भन्दै ढोका ढक्ढक् गर्छन् । ढोकाको ढ्कढ्क आवाज सँगै ७५ वषर्ीय वृद्ध राजमायाको न्रि्रा खुल्छ । राजमाया ढोका खोल्दै कसलाई खोजेको भनी प्रश्न गर्छिन - सेनाका जवानले पदमनारायणलाई खोजेको उत्तर दिन्छन् । पदमनारायण माथि सुतिरहेको भन्ने जवाफसँगै उनीहरु माथि गएँ । पदमनारायण हल्लाका कारण त्यती बेलासम्म बिउँझिसकेका थिए । केही सोधपुछ गर्नुछ । हामीसँग हिड्नुस् भन्दै उनीहरुले पदमनारायणलाई लिएर हिडे । राजमायाले कहाँ लिएर हिडेको भनि उनहरुलाई सोधे । उनीहरुले भोलि र्फकइदिन्छौ भने । पदमनाराण सामान्य परिवारमा जन्मिएका थिए । माओवादी "जनयुद्ध" को क्रममा उनी माओवादी पार्टर्ीी लागेका थिए । दिउँस भरिको कामको थकानका कारण खानपीन गरी सुतेका थिए । त्यही समयमा १२ बजे सेनाले घरघेराहालि उनीलाई गिरफ्तार गरि लग्यो । भोलि फ...

प्रेमवाणी

मेरो हृदयमा आएर बस । यसको कुनै भाडा तिर्नुपर्दैन । - स्यामुयल लभर कुनै महिला सुन्दर भएका कारण तपाईं उनलाई मन पराउनुहुन्न । तपाईंले मनपराएका कारण उनी सुन्दर भएकी हुन्। । - माइकल स्मिथ प्रेम मेरो धर्म हो । योबिना म बाँच्न सक्दिनँ । -जोन किट्स प्रेमले सबैलाई कवि बनाउँछ । - प्लेटो मानिसका गुण तौलन थाल्नुभयो भने तपाईं प्रेम गर्न सक्नुहुन्न । - मदर टेरेसा थप प्रेमबाहेक प्रेमको कुनै उपचार नै हुँदैन ।- थोरो तिमी सय वर्षसम्म बाँच्यौ भने म सय वर्ष पुग्न एक मिनेट कम बाँच्छु । किनभने तिमीबिना एक मिनेट बाँच्ने कल्पना पनि गर्न सक्दिनँ ।- ए।ए मिन्ले गहिरो प्रेम गर्दा बल प्राप्त हुन्छ भने गहिरो प्रेम पाउँदा साहस ।- लाओ त्से प्रेम भएको ठाउँमा मात्र जीवन हुन्छ । - महात्मा गान्धी प्रेम जन्माउन आशाको एउटा किरण पर्याप्त हुन्छ ।- स्डेन्थेल मृत्यु एउटा चुनौती हो । यसले हामीलाई एक क्ष्ँण पनि खेर नफाली तुरुन्त प्रेम गर्न चुनौती दिइरहेको हुन्छ । - लियो एफ। बसकागिल्या प्रेम र खोकी कहिल्यै लुकाउन सकिँदैन । - जर्ज हर्रबर्ट यसलाई तपाईं पागलपन ठान्नुहोस्, तर म प्रेम भन्छु । - डन बायस प्रेम पाउने र गर्ने दुवैलाई यसल...