Posts

Showing posts from November, 2007

अनन्त पर्खाइ अन्त्य हुने आसमा अञ्जना

घडीले साँझको ८ बजाएको थियो । अशोक पसलमै बसिरहेका थिए । सातआठ जनाको समूह पसलमा आए । "तपाईसँग केही काम छ। हिड्नुस्," सो समूहका एक व्यक्तिले अशोकलाई भने । "एकदुई दिनपछि छाडिदिन्छौ" उनीहरुले अशोकका परिवारलाई भने । सो समूहमध्ये ३-४ जनाले अशोकलाई देवीचौरतर्फलगे । अपहरणलगत्तै उनीहरुले घरनजिकै सडकमा विष्फोटक पदार्थ पनि पड्काए र परिवार र स्थानीवासीलाई आतंकित पारे । अशोकसँग त कुनै रिसइबी थियो होला तर उनीहरुले निर्जीव वस्तुमा समेत रिस पोखे । सो समूहका तीनजनाले अशोकले चढ्ने गरको कस्मिक मोटरसाइकल घरनजिकै खाल्डोमा खसाली आगो लगाउन खोजे तर आगो लगाउन मट्टीतेल नपाएपछि उनीहरु मोटरसाइकल त्यसै छोडेर गए । नेकपा माओवादीले सशस्त्र द्वन्द्वको समयमा अपहरण गरी स्थिति हालसम्म अज्ञात रहेका व्यक्तिमध्येका एक हुन् ललितपुर जिल्ला देवीचौर गाविस-२ निवासी २४ वर्षीय अशोक तामाङ । उनी गाउँमा सानो किराना पसल सञ्चालन गरी गुजारा गर्दै आएका थिए । उनलाई नेकपा माओवादीका कार्यकर्ताले ०६१ असार २६ गते साँझ पसलमा बसिरहेको अवस्थामा अपहरण गरी बेपत्ता बनाएका थिए । उनको अवस्था हाल पनि अज्ञात रहेको छ । उनलाई अपहरण गरे...