Posts

Showing posts from February, 2008

प्रेमवाणी

मेरो हृदयमा आएर बस । यसको कुनै भाडा तिर्नुपर्दैन । - स्यामुयल लभर कुनै महिला सुन्दर भएका कारण तपाईं उनलाई मन पराउनुहुन्न । तपाईंले मनपराएका कारण उनी सुन्दर भएकी हुन्। । - माइकल स्मिथ प्रेम मेरो धर्म हो । योबिना म बाँच्न सक्दिनँ । -जोन किट्स प्रेमले सबैलाई कवि बनाउँछ । - प्लेटो मानिसका गुण तौलन थाल्नुभयो भने तपाईं प्रेम गर्न सक्नुहुन्न । - मदर टेरेसा थप प्रेमबाहेक प्रेमको कुनै उपचार नै हुँदैन ।- थोरो तिमी सय वर्षसम्म बाँच्यौ भने म सय वर्ष पुग्न एक मिनेट कम बाँच्छु । किनभने तिमीबिना एक मिनेट बाँच्ने कल्पना पनि गर्न सक्दिनँ ।- ए।ए मिन्ले गहिरो प्रेम गर्दा बल प्राप्त हुन्छ भने गहिरो प्रेम पाउँदा साहस ।- लाओ त्से प्रेम भएको ठाउँमा मात्र जीवन हुन्छ । - महात्मा गान्धी प्रेम जन्माउन आशाको एउटा किरण पर्याप्त हुन्छ ।- स्डेन्थेल मृत्यु एउटा चुनौती हो । यसले हामीलाई एक क्ष्ँण पनि खेर नफाली तुरुन्त प्रेम गर्न चुनौती दिइरहेको हुन्छ । - लियो एफ। बसकागिल्या प्रेम र खोकी कहिल्यै लुकाउन सकिँदैन । - जर्ज हर्रबर्ट यसलाई तपाईं पागलपन ठान्नुहोस्, तर म प्रेम भन्छु । - डन बायस प्रेम पाउने र गर्ने दुवैलाई यसल...