Posts

Showing posts from December, 2008

लौ चिन्नुहोस् हिमाल मिडिया आक्रमणका अगुवा

Image
यी माओवादीको मजदुर सङ्गठन अखिल नेपाल होटल तथा रेष्टुरा मजदुर युनियनका केन्द्रीय अध्यक्ष रमेशबाबु पन्त हुन् । यी नै पन्तको नेतृत्वमा करिब ५० जना माओवादी मजदुरहरु ०६५ पुस ६ गते हिमाल मिडियाको ललितपुर हात्तिवनस्थित कार्यलयमा पुगेका थिए । हिमाल मिडियाको पुस अङ्कमा मजदुर नाम बदनाम आवरण लेख लेखिएको थियो । सोही विषयलाई लिएर उनको नेतृत्वमा माओवादी मजदुरहरुले आक्रमण गर्दा हिमालका पत्रकार तथा कर्मचारी गरी १२ जना घाइते भएका थिए ।

हिमाल मिडियामा माओवादी आक्रमणका झलकहरु

Image

हिमाल मिडियामा माओवादी आक्रमण

हिमाल मिडियामा माओवादीको भातृसङ्गठन अखिल नेपाल होटल तथा रेष्टुरा मजदुर सङ्घका कार्यकर्ताले ०६५ पुस ६ गते दिउँसो १२ बजे आक्रमण गरेका छन् । करिब ५० जनाको समूहमा आएका जत्थाले हिमाल मिडियाको व्यवस्थापन बैठक भइरहेको ललितपुर हात्तिवनस्थित कार्यालयमा मिटिङ हलमा प्रवेश गरेर आक्रमण गरेका थिए । मजदुर सङ्घका अध्यक्ष रमेशबाबु पन्तको नेतृत्वमा आएका उक्त समूहले कुन्द दिक्षित, आशुतोष तिवारी, रामेश्वर बोहोरा खोइ भन्दै भित्र पसेका भिए । माओवादी सञ्चार तथा छापाखाना मजदुर युनियन ललितपुर प्रमुख रमेश केसीले बैठकस्थलमा रहेका हिमाल मिडियाका प्रमुख कार्यकारी निर्देशक आशुतोष तिवारीलाई चिनाउना साथ तिवारीमाथि आक्रमण गरेको थियो । सोही समयमा उक्त समूहले नेपाली टाइम्स साप्ताहिकका सम्पादक कुन्द दिक्षित, हिमाल खबरपत्रिकाका कार्यकारी सम्पादक किरण नेपाल, वरिष्ठ सम्वाददाता डम्बरकृष्ण श्रेष्ठ, शम्भु गुरागाईँ, विन्दिरा शाक्य, सुरेन्द्र शर्मा, सुभाषकुमार दास, कर्मा लामा, वीरबहादुर तामाङ्गसहित १२ जना पत्रकार तथा कर्मचारीहरुमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाएका छन् । उनीहरुले बैठक कक्षमा तोडफोड गर्नुका साथै कार्यालयका सिसा...