Posts

Showing posts from July, 2010

मधेसी मोर्चाको अवधारणाको पूर्ण पाठः

ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनको जनादेश भावना र मर्म अनुसार संघीयता, लोकतान्त्रिक गणतन्त्र, दिगो शान्ति र सामाजिक न्याय तथा मधेश आन्दोलनको बेला भएको २२ बुँदे र ८ बुँदे सम्झौताको अक्षर र भावना अनुरुप संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले निम्न अनुसारको मुद्दाहरु तय गरेको छ । १ मधेशको सम्बन्धमा क) २०६४ साल भाद्र १३ गते मधेसी जनअधिकार फोरम नेपाल र नेपाल सरकारबिच भएको २२ बुँदे सम्झौता र २०६४ साल फागुन १६ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग नेपाल सरकारले गरेको ८ बुँदे सम्झौताको कार्यान्वयन गर्न बाँकी रहेका विषयहरु कार्यान्वयन गर्ने । ख) आत्मानिर्णयको अधिकार सहित स्वायत्त मधेश प्रदेशको स्थापना गर्ने । ग) सेना, शसस्त्र प्रहरी, जनपद प्रहरी, शिक्षा, स्वास्थ्यलगायत सम्पूर्ण सार्वजनिक सेवाहरु, संस्थान, संवैधानिक निकायहरुमा मधेसीको समावेशीकरणको लागि आरक्षण गर्न आवश्यक एन कानून एवं नियमावली बनाउने । घ) मधेसलाई मरुभूमिकरण हुनबाट बचाउनका लागि वन विनास पूर्ण रुपले रोकि चुरे क्षेत्रलाई सुरक्षित गर्न वन लगाउने कार्य गर्ने र नदी नियन्त्रण गरी गिट्टी ढंगा र बालुवा झिक्ने र निर्यात गर्ने का...

अन्तरिम योजना, युवा र विकास

-गोपीकृष्ण भट्टर्राई २०५० सालमा नेपालको जीडीपी ६ प्रतिशत थियो । माओवादी सशस्त्र द्वन्द्व तथा राजनीतिक अस्थिताका कारण अहिले जीडीपी को २.५ को सेरोफेरोमा रहेको छ । देशमा राजनीतिक स्थायित्व कायम भई विकास निर्माणमा युवालाई सहभागी गराउन सकेको अवस्थामा २०५० सालको अवस्थामा पुग्न हामीले त्यती धेरै मेहनत गरिराख्नु पर्ने अवस्था देखिन्दैन । जुन हामीले बनाउने योजना कस्तो छ र कसरी बनाइको छ भन्ने विषयले निर्धारण गर्छ । अहिले राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षेखि लागू हुने गरी तीन वर्षो अन्तरिम योजनालाई अन्तिम रूप दिँदैछ । जसको लागि जेठ ९ गतेदेखि शुरू भएको राष्ट्रिय विकास परिषद् पनि सकिएको छ । चालु अन्तरिम योजनाले युवाको विषयमा छुट्टै शिर्षमा योजना तर्जुमा गरेको थियो । युवा सहभागिताको अभावमा तर्जुमा भएको ती योजनाहरू पर्ूण्ारूपमा कार्यान्वन हुन सकेनन् । अहिले बनाउन लागिएको योजनामा युवा सहभागितामा प्रश्न चिन्ह खडा भएको छ । राष्ट्रिय युवा नीति, ०६६ अनुसार देशको कुन जनसंख्याको ३८.८ प्रतिशत युवाहरू रहेका छन् । यर्सथ सोही अनुपातमा युवा सहभागिता र युवा लक्षित भएको योजना र्सार्थक हुने देखिन्छ । एमाओ...