Posts

Showing posts from May, 2013

ग्रहणको वर्ष

नेपाली जनता हरेक नयाँ वर्षाई नयाँ उमंगका साथ नियाल्ने गर्छन् । भोग्दै आएका विविध समस्याको हल नयाँ वर्षे प्रदान गर्ने आशा उनीहरुले गरेका हुन्छन् । नेपाली राजनीतिले नयाँ वर्षाई सोही प्रकारको दृष्टिकोणबाट डोहोर्यायोस भन्ने नेपाली जनताको उत्कट अभिलाशा रहेको विगतको अनुभव हो । यसैक्रममा वर्ष २०६९ पनि नेपाली जनताको आशातित सपना साकार पार्न विफल रह्यो । यो वर्षनेपाली राजनीतिका कारण जनताले अघिल्लो वर्षजस्तो अघिल्लो दुर्इ महिनालाई छोडेर हेर्ने हो भने बन्द हड्तालबाट केही मुक्ति पाएको अनुभव गरे भने वर्ष२०६९ राजनीतिक दृष्टिकोणले असफल रह्यो । मूलत : यो वर्षो राजनीतिक तिकडबाजीले समाजलाई विभाजित गरेर विदा भयो । नेपालीले प्रयोग गर्ने एउटा उखान छ , हात्ती आयो हात्ती आयो फुस्सा , साल २०६९ पनि नेपाली जनताको लागि फुस्सा सावित भयो । नेपाली जनताले नेपाली राजनीतिबाट फुस्सा हुनुपर्यो । दलका नेतृत्वको सधैं बोल्ने एउटा र गर्ने अर्को प्रवितृबाट नेपाली जनता वाक्क भए । सहमतिका नाममा खेर गएको वर्षभनी २०६९ साललाई सम्बोधन गर्दा उचित हुन्छ । सहमतिको लागि भएका हरेक कोठे बैंठकबाट निक्लदा सहमतिको रटान निकाल्ने नेता...