Posts

Showing posts from November, 2008

साभार नयाँ पत्रिकाकाबाट

लक्ष्मीसँग सायद 'राज्य’ थिएन ! डायरी : अर्जुन पौडेल सोमबार १२ बजेतिर मोबाइलमा अपरिचित व्यक्तिको आवाज थियो- 'आठ महिनादेखि वीर अस्पतालमा रहेकी मेरो बिरामीको अब थप उपचार गर्न नसकिने भयो, तपाईं केही गर्न सक्नुहुन्छ कि ?' गाडीमा हुनाले आवाज त्यति राम्ररी बुझिन । एक घन्टामा त्यहीँ पुग्ने वचन दिएर मोबाइल कनेक्सन काटेँ, र त्यतै हान्निएँ । होलीको दिन गाडी चलाएको निहुँमा भएको झडपमा परी गम्भीर घाइते बनेका उदयपुरका ड्राइभर उत्तम माझी ६ महिनादेखि वीर अस्पताल भर्ना भएका रहेछन् । त्यसअघि दुई महिना ग्लोबल अस्पताल, ग्वार्कोमा उनको उपचार गराइएको उनकी श्रीमतीले जानकारी दिइन् । सबै सम्पत्ति सक्दा पनि निको नभएपछि वीर अस्पताल सारिएको रहेछ उनलाई । अस्पतालमा हुन सक्ने सबै उपचार भइसक्दा पनि उनको होस आएको थिएन । गर्भवती श्रीमती वीर अस्पतालमै सुत्केरी भएकी थिइन् । छोरी पनि आमासँगै त्यहीँ रहेको उनले बताइन् । माझीझैँ पहिले नर्सिङहोममा उपचार गराएर पैसा सिद्धिँदै गएपछि वीर अस्पताल पुग्ने बिरामी धेरै भेटिए त्यहाँ । आफूसँग केही नहुनेले पनि देशमा निर्वाचित सरकार छ भन्ने आशामा उपचारका लागि सरकारी अस्पताल प...

बधाई ओबामा

Image
बधाई ओबामा अमेरिकाको ४४ औं राष्ट्रपतिमा निर्वाचित भई नयां इतिहास निर्माण गरेकोमा । निश्चियनै हामी परिवर्तन चाहन्छौँ । परिवर्तको बाहक तिमि नै हौ । तिम्रो कार्यकालमा बुश प्रशासनको कमिकमजोरी दोहोरिने छैनन् ।