Posts

Showing posts from May, 2009

नागरिक खबरदारी तथा धर्ना

Image
विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले ०६६ वैशाख २२ गते नयाँवानेश्वरस्थित संविधानसभा भवन अगाडि नागरिक खबरदारी तथा धर्ना दिएका छन् । वर्तमान राजनीतिक संकटको सर्न्दर्भमा राजनीतिक पार्टीबीच सहमति कायम राख्न र संविधान निर्माण कार्यलाई प्राथमिकता दिन दबाब दिने उद्देश्यले विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सो धर्ना दिएका हुन् ।

वास्तविक लडाकू ७ देखि ८ हजार मात्र : दाहाल

राष्ट्रसंघीय निकाय अनमिनले माओवादी शिविरमा रहेका लडाकु मध्ये करिब २० हजारलाई सेना समायोजनका लागि प्रमाणित गरे पनि यो संख्या लडाकुको वास्तविक संख्या भन्दा तेब्बर बढी हो। यो खुलासा अरु कसैले गरेका होइनन्। माओवादी अध्यक्ष एवमं 'जनमुक्ति सेना' तत्कालीन 'सुप्रिम कमान्डर' पुष्पकमल दाहालले १६ महिना अघि पार्टीको आन्तरिक प्रशिक्षणमा खुलासा गरेका हुन्। "तपाई हामी कम्प्रोमाइज हुनुभन्दा अगाडि साँच्चै भन्यो भने त थोरै थियौं नि सात हजार आठ हजारको हारहारीमा पुगेका थियौं। हामीले ३५ हजार लगेर (शिविरमा) राखिदिएको २० हजारको हारहारीमा त आयो नि कम्तिमा। अरुलाई पो भन्न हुन्न त। यो हो नि साँचो कुरा त" अध्यक्ष दाहालले २०६४ पुस १८ गते चितवन शक्तिखोरस्थित लडाकु शिविरमा भनेका छन्। इमेज च्यानल मार्फत प्राप्त भिडियो भाषणमा अध्यक्ष दाहालले थपेका छन्, "हाम्रो लिडरसिपले वुद्धि पुर्‍याएर सात हजारलाई २१ हजार त बनायो रेगुलर आर्मी... फेरि हामी कहाँ घटेका छौं र बढेका पो छौं त। फेरि हामीले बाहिर वाइसीएल पनि त बनाएका छौं त्यो संरचना हामीले छोडेका छैनौं र त्यतातिर हजारौं थपिरहेका छौं।" दाह...