Posts

Showing posts from October, 2010

द्वन्द्वपीडितको दशैं : सम्झँदा भक्कानो फूटेर आउँछ

तीन बीस पार गरिसकेका कालेश्वरका ज्ञानेन्द्र अधिकारीलाई असोज र कात्तिक महिना कुनै वर्षपनि नआए हुन्थ्यो जस्तो लाग्छ । दशैं भर्खरै सकिएको थियो । माओवादी र सरकारको दोहोरो भिडन्त कता र कुनबेला हुने हो पत्तो थिएन । ज्ञानेन्द्रका माइला छोरा ऋषेश्वर अधिकारी पनि माओवादीको आन्दोलनमा सरिक भएका थिए । कालेश्वर माओवादीको अखडाजस्तै थियो । सुरक्षाफौजले कालेश्वरलाई तत्कालीन समयमा विशेष निगरानीमा राखेको स्थानीयहरूको भनाइ छ । २०५९ सालको दशैं नै माइलो छोरासँग बसेर मानेको अन्तिम दशैं बनेको ज्येष्ठ उमेरका अधिकारीले भने । छिमेकीका घर आँगनमा खुशी भित्रिंदै गर्दा उनको मन त्यसै मुरमुरिन्छ । उनी भन्छन्-'गाउँकै छुस्करहरूले गर्दा मेरो छोरालाई घरनकिजकैबाट सेनाले लगेर गोली हानी हत्या गर्‍यो ।' माओवादीले लगाउने गरेको पोशाकमा सेना आएर लगेको स्थानीयहरूले बताएका छन् । हरेक वर्षको दशैं तिहारमा ज्ञानेन्द्रको खाटा बसेको घाउ कोटिदैं जान्छ । 'घरमा त्यसपछि कहिल्यै दशैं तिहारमा खुशी पलाउन सकेको छैन ।'ज्ञानेन्द्र अधिकारीले भने 'दशैं त कुनै वर्षमा पनि नआए हुन्थ्यो मलाइ त । ' २०५९ साल कात्तिक महिनाको...

गरिबी र सहस्राब्दी लक्ष्य

बझाङ सुनकुडा गाविस-१ धारी गाउँकी बशुली विष्टले चरम गरिबीका कारण आप\mनी नाबालक छोरीको हत्या गरी आफू घरको धुरीमा झुण्डिएर ०६७ जेठ ७ गते आत्महत्या गरिन् । गत असारमा नवलपरासी सक्रौली गाविस-२ नदुवाकी कौशिला भरले काखको दुधे बच्चासहित आत्महत्या गरिन् । उनले पनि गरिबीकै कारण आत्महत्या गरेकी थिइन् । मोरङ डाँगीहाट गाविस-५ तल्लोजुडाकी कल्पना चौधरीले गत साउन २५ गते झुण्डिएर आत्महत्या गरिन् । उनी पनि आर्थिक अभावका कारण आप\mनी १० दिनकी छोरीको उपचार गर्न नसकेपछि आत्महत्या गर्न बाध्य भएकी थिइन् । गरिबीका कारण परिवार र छोराछोरीलाई खानेकुरा खुवाउन नसकेपछि खोटाङ बाहुनीडाँडा-४ की ३९ वषर्ीया मिल्टिमाया राईले विष खाएर आत्महत्या गरिन् । सातजना छोराछोरी भएकी मिल्टिमायाको परिवारमा खाद्यान्न केही नहुनाका साथै आर्थिक अभाव भएपछि विष खाएकी थिइन् । यी केही प्रतिनिधिमूलक घटना हुन् जसले नेपालको गरिबीको वास्तविक तस्वीर दिन्छ । गरिबी र अभावका कारण आत्महत्या गर्ने अवस्थामा पुगेका ती व्यक्तिहरूको ज्यान जोगाउन विश्वका राष्ट्र प्रमुखहरूले दश वर्ष अगाडि सहस्राब्दी विकास लक्ष्यमा प्रतिबद्धता जनाएका थिए । सहस्राब्दी व...