रगतको नाता ठूलो की वर्गीय नाता कमरेड

कुनै समयमा माओवादी रगतको नाता भन्दा वर्गीय नाता महत्वपर्ूण्ा हुने बताउथ्ये । समयले कोल्टे फर्ेर्दै जाँदा उनीहरुमा यो विचारमा परिवर्तन आउन थालेको छ । आखिर त्यो समय आउनु नै थियो र आयो पनि । परिवारवाद हावी भएको हौवा फिजाउँदै आएका माओवादी उसको नेतृत्व भने परिवारवादबाट मुक्त हुन सकेन । माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न गएको औपचारीक कार्यक्रममा आप\mना छोरा, श्रीमती तथा भतिजा टिममा सामेल गराए । उनले ०६५ असोज १४ गते विमानस्थलमा पत्रकारहरुको प्रश्नमा छोरा प्रकाश र श्रीमती सिता नेपाल सरकारको प्रतिनिधि भएको जिकिर गरे ।

अचम्म लाग्दो त के भने प्रकाश प्रधानमन्त्री कार्यालयका कम्प्युटर अपरेटर भएको खुलासा समेत प्रधानमन्त्री दाहालले गरे । नेपाली जनता भने प्रकाश दाहालले कहिले लोकसेवा आयोगको परिक्षामा सामेल भएर परिक्षा पास गरेका रहेछन भनी जान्न लालायित भएका छन् ।

निश्चिय नै प्रम दाहालको भनाईमा विश्वास गर्न सकिन्छ कि यस पटक उनले अन्य समूह भन्दा जम्बो टीम महासभामा लगेन तर मुल कुरा प्रम दाहाले बुझेनन् कि १० जनाको टिममा परिवारका सदस्यलाई सहभागि गराउँदा देशको ढुकुटीबाट कति सम्पत्ती खर्च भयो भनेर ।

आखिर प्रम दाहाललाई धन्यावाद दिनर्ुपर्छ की उनले छोरा प्रकाश प्रधानमन्त्री कार्यालयको कम्प्युटर अपरेटर भएको जानकारी त जनतालाई दिए । सूचना पाउनु जतनाको अधिकार हो त्यसैले प्रधानमन्त्री दाहाले त्यो सूचना जनतालाई दिए ।

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?