Posts

Showing posts from October, 2009

माइतीघरमा बस्दापनि माग सुनुवाई भएन महिलाको

काठमाडौंको मुटु माइतीघर मण्डला । मण्डलाको छेउमा त्रिपाल र त्रिपाल भित्र भरिभराऊ मध्यपश्चिम र सुदूर पश्चिमका महिला मानवअधिकार रक्षकहरू । दिउँसोको घामको राप अनि पानी । यसैबीच, रातको मच्छरको टोकाईको पीडा त छदै छ । तर, पनि अधिकार प्राप्तिको लर्डाईंमा कटिबद्ध छन् यी महिला मानवअधिकार रक्षकहरू । हो, आज दर्ुइ हप्ता भन्दाबढि भई सक्यो । माइतीघर मण्डलामा रिले अनशन बसेका महिला मानवअधिकार रक्षकहरू । तीनओटा मागसहित अनशनमा बसेका यी अधिकार रक्षकहरू आप\mनो मात्र नभएर आधाधर्ती ढाक्ने महिलाको बाँच्न पाउँने अधिकारको लागि निरन्तर आन्दोलनमा छन् । तर, सरकार र राजनीतिक दल मुकदर्शक । उनीहरूको प्रश्न छ­ ः राजीनामा दिएका सरकार प्रमुख तथा मन्त्रीहरू र्सार्कसम्मेलनमा भाग लिनसक्ने अनि महिलाको सामान्य मागको लागि अर्को सरकार चाहिने - महिला माथि हुने सबै प्रकारका हिंसा विरुद्ध आन्दोलनरत संर्घष्ा समितिले कञ्चनपुरकी महिला मानवअधिकार रक्षक लक्ष्मी बोहोराको हत्या सम्बन्धमा स्वतन्त्र आयोगको गठन, महिला विरुद्ध हुने सबै प्रकारका हिंसाको अन्त्यको लागि स्वतन्त्र आयोगको गठनलगायतका माग राखि माइतीघर मण्डलामा रिले अनशन बस्दै आएका ...