Posts

Showing posts from 2015

स्खलित र शशंकित हुँदै एमाअोवादी !

दश वर्ष जंगलमा बसेर हत्या हिंसा मच्चाएर गिरिजाप्रसादको पहलमा शान्तिपूर्ण राजनीतिमा अवतरण गरे लगैत्तै सरकारमा एमाअोवादी पुग्न सफल भयो । सरकारमा पुग्नासाथ सत्ता कब्जाका लागि हरतरको प्रयत्नका बाबजुत उसको अभिष्ट सफल हुन सकेन । सेनालाई अाफू अनुकुल ल्याउन तत्कालिन सैनिक प्रमुख रूक्मांगत कटुवाललाई बर्खास्तगिको पत्र प्रचण्डले थमाए । तर राष्ट्रपतिको कदमले कटुवाल बर्खास्तगिलाई बचायो। कटुवाल काण्डबाट प्रचण्डको धोति त खुस्क्यो नै सरकारबाट अाफैं बहिरगमनमा पुगे । संविधानभाबाट संविधान लेखनको मुद्दा बोकेको एमाअोवादी बाबुराम भट्टराईले संविधानसभा नै विघटन गरे। बैद्यले प्रचण्डको साथ छोडे । नयाँ पार्टी खोले । जनमतको कदर गर्न नसक्दा एमाअोवादी दोस्रो संविधानसभामा तेस्रो स्थानमा खुम्चिन पुग्यो ।  मोटरसाईकलको हावा खुस्काइदिँदा निर्वाचनमा पराजय भोगेको हास्यादपद दलिल पेस गर्दै शान्तिप्रकृया नै डिरेल भएको जस्ता अभिव्यक्ति दिँदै निर्वाचन परिणाम नस्विकार्ने सम्मको घुर्कि देखायो । उसको घुर्किलाई सत्ता पक्षले बालमतलब दिएपछि उस संविधानसभामा नअाई धरै पाएन । उसको स्खलित हुने अवस्था यहाँसम्म अाएर प...

केसी असनशन बस्दा पाण्डे सिकिस्त

त्रिवि शिक्षण अस्पतालको डक्टर्स रूमको अँध्यारो कोठामा डाक्टर गोविन्द केसी अनशन बसेका छन् । खाना नखाइ अामरण अनशन बसेका केसी सिकिस्त हुनुपर्ने तर उनी नभइ एमालेका नेता राजन्द्र पाण्डे सिकिस्त बन्न पुगेका छन् । डाक्टार केसी र नेता पाण्डेबीच गज्जको सम्बन्ध छ । केसी अनशन बस्दा पाण्डे सिकिस्त हुन्छन् । केसी अनशन नबस्दा सिकिस्त हुन्छन् भने उता पाण्डेको सक्रियता ह्वातै बढ्छ । तपाईँहरूलाई लाग्दन सक्ला कसरी भनेर । यसको प्रमाणको लागि व्यवस्थापिका–संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको बैठकमा मंगलबार राजेन्द्र पाण्डेले बोलेका कुरा काफि छ । के भने त पाण्डेले बैंठकमा 'यसै वर्ष दुइटा मेडिकल कलेज खुले,' नेकपा एमालेका सांसद राजेन्द्र पाण्डेले भने, 'दुइटा मेडिकल कलेजमा ५५–५५ सिट थपिए। यस्तो काम हुँदा डा. गोविन्द केसीको टाउको दुखेन, तर मनमोहन अधिकारीका नाममा आउन लागेको मेडिकल कलेजप्रति उहाँको किन आपत्ति?' पाण्डेले प्रधानमन्त्री सुशील कोइरालालाई आफूले 'तपार्इं प्रधानमन्त्री कि अनसन बस्ने मान्छे प्रधानमन्त्री?' भनेर सोधेको पनि समितिमा जानकारी गरा...

एक्लिदै एमाओवादी, संयुक्त आन्दोलनले हावा खादै

संविधानसभामा तोडफोडमा उत्रिएको एमाओवादी विस्तारै एक्लिदै गएको छ । सहमतीबाट संविधान लेख्नुपर्ने माग राखी आन्दोलनरत एमाओवादी विभिन्न साना दलसँग मोर्चा गर्दै अघिवढेपनि अहिले ति दलहरूले उसँगको सहकार्य तोड्न थालेका छन् । एमओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा माघ ६ गते कांग्रेस एमालेका विरूद्ध संयुक्त आन्दोलनको मोर्चा घोषणा भएको थियो । फरक विचारधारा र फरक माग राखी आन्दोलनरत यी दल तथा समूह एकै ठाउँमा आएपनि विस्तारै आफ्ना माग र अडानका कारण सहकार्य गर्न नसक्ने अवस्थामा पुगेका छन् । संयुक्त आन्दोलनको मोर्चामा एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन, पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन र वैद्य नेतृत्व माओवादी सहभागि थिए । उनीहरूले माघ ६ गते संयुक्त रूपमा नेपाल बन्द समेत गराएका थिए। संयुक्त आन्दोलनको न्यूनतम साझा अवधारणा बनाउने, आन्दोलन परिचालन कार्यदल बनाउने, कार्यदलको नेतृत्व आलोपालोमा गर्ने जस्ता विषयमा समझदारी हुन नपाउँदै यो मोर्चा छिन्न भिन्न बन्न पुगेको छ । बाहिरीयो वैद्य माओवादी मोर्चा एमाओवादीको संयुक्त आन्दोलनको मोर्चाबाट मोहन वैद्य नेतृत्वको नेक...

मधेश र मानसिकता

विजयकान्त कर्णसँग मेरो भेट मुस्किलले चारपटक भएको सम्झना छ । पहिलो भेट कुपण्डोलस्थित उनकै गैससमा प्राची पत्रिकाका लागि सङ्घीयतासम्बन्धी अन्तर्वार्ता लिदाँ। दोस्रो भेट मधेस आन्दोलनको समयमा कलैया र बीरगञ्जमा गोली लागेर घाइते भएका आन्दोलनकारीसँग भेट गर्ने क्रममा वीर अस्पतालमा । तेस्रो भेट स्वीडेनको लुण्डस्थित लुण्ड विश्वविद्यालयमा । दुई दिन अघि नागरिक समाजले गरेको कार्यक्रममा उनले गुनासो गरेछन् “डिप्लोम्याटिक पासपोर्ट लिएर आएको मलाई इमिग्रेसनमा हिन्दीमा भन्यो, आप उधर जाइए ।Æ  प्रसङ्ग कर्णसँगको दोस्रो भेटको जोड्न चाहन्छु । मधेस आन्दोलनका क्रममा कलैया र बीरगञ्जमा  प्रहरीके गाली लागेर घाइते भएका आन्दोलनकारीलाई उपचारको लागि वीर अस्पताल ल्याइएको थियो । त्यस बेला म मानवअधिकार संस्था इन्सेकमा कार्यरत थिएँ । कार्यालयले म र मित्र राजु पासवानलाई घाइतेको अवस्था बुझ्न वीर अस्पताल पठाएको थियो । हामी अस्पताल पुग्दा विजय कर्ण पनि घाइतेको अवस्था बुझ्न गएका रहेछन् । मैले उनलाई हामी इन्सेकबाट आएको के भनेको थिएँ उनले कड्किएर भने “तिमरू पहाडे मानवअधिकारकर्मीको काम छैन जाओÆ भनी हप्काएर पठाए । (...