हिमाल मिडियामा माओवादी आक्रमण

हिमाल मिडियामा माओवादीको भातृसङ्गठन अखिल नेपाल होटल तथा रेष्टुरा मजदुर सङ्घका कार्यकर्ताले ०६५ पुस ६ गते दिउँसो १२ बजे आक्रमण गरेका छन् । करिब ५० जनाको समूहमा आएका जत्थाले हिमाल मिडियाको व्यवस्थापन बैठक भइरहेको ललितपुर हात्तिवनस्थित कार्यालयमा मिटिङ हलमा प्रवेश गरेर आक्रमण गरेका थिए ।

मजदुर सङ्घका अध्यक्ष रमेशबाबु पन्तको नेतृत्वमा आएका उक्त समूहले कुन्द दिक्षित, आशुतोष तिवारी, रामेश्वर बोहोरा खोइ भन्दै भित्र पसेका भिए । माओवादी सञ्चार तथा छापाखाना मजदुर युनियन ललितपुर प्रमुख रमेश केसीले बैठकस्थलमा रहेका हिमाल मिडियाका प्रमुख कार्यकारी निर्देशक आशुतोष तिवारीलाई चिनाउना साथ तिवारीमाथि आक्रमण गरेको थियो ।

सोही समयमा उक्त समूहले नेपाली टाइम्स साप्ताहिकका सम्पादक कुन्द दिक्षित, हिमाल खबरपत्रिकाका कार्यकारी सम्पादक किरण नेपाल, वरिष्ठ सम्वाददाता डम्बरकृष्ण श्रेष्ठ, शम्भु गुरागाईँ, विन्दिरा शाक्य, सुरेन्द्र शर्मा, सुभाषकुमार दास, कर्मा लामा, वीरबहादुर तामाङ्गसहित १२ जना पत्रकार तथा कर्मचारीहरुमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाएका छन् । उनीहरुले बैठक कक्षमा तोडफोड गर्नुका साथै कार्यालयका सिसा फुटेका छन् ।

आदेश भन्दा बढी भयो, तोडफोड नगर, हानहान भन्दै आक्रमण गरेको आक्रमणमा संलग्न एक माओवादी कार्यकर्ताको भनाई उदृत गर्दै कुटपिटबाट घाइेत भएका वरिष्ठ संवादाता डम्बरकृष्ण श्रेष्ठले भने ।

हिमालखबर पत्रिकाको १-१५ पुष अंकमा मजदुर नाम बदनाम विषयमा छापिएको आवरण लेखको विषयलाई लिएर माओवादीसम्बद्ध मजदुर युनियनका कार्यकर्ताले आक्रमण गरको नेपाली टाइम्सका सम्पादक कुन्द दिक्षितिले बताए ।उनले भने, "यो भन्दा अगाडि पनि यस्तै प्रकारका आक्रमण भएकोमा त्यस्ता आक्रमणमा संलग्नलाई कुनैकारबाही नभएको हुँदा आक्रमण भएको हो ।" २४ घण्टा भित्र नसच्चिए पुन आक्रमण हुन्छ भन्दै उनीहरुले १५ मिनेटमा आक्रमण गरी गएको समेत उनले बताए ।

यसैबीच, इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेल, राष्ट्रिय मानवअधिकार आयोगका पर्ूव आयुक्त सुशिल प्याकुरेल, वरिष्ठ पत्रकार कुन्दन आर्याल नेपाली काँग्रेसका सभासद नविन्द्रराज जोशी, नेकपा एमालेका नेता केपी शर्मा ओली, रघुजी पन्त अमृत बोहोरालगायतका नेताहरुपुगी घटनास्थलको अवलोकन गरेका छन् ।

इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले सत्ताको आडमा राजनीतिक फासिवादको रुपमा आक्रमण भएको भन्दै राजनीतिक दलहरुले अपराधीलाई संरक्षण गरी दोषीलाई कारबाही हुननसक्दा घटना भएको बताए । उनले यो भन्दा पहिलाको सरकार र अहिलेको माओवादीले अपराधीहरुलाई कारबाही नगरी संरक्षण गरेको समेत उनले बताए ।

त्यसैगरी, राष्ट्रिय मानवअधिकार आयोगका पर्ूव आयुक्त सुशिल प्याकुरेलले दलका नेताहरुले अपराधीलाई भरेसम्म पक्राउ गर्नको लागि भूमिका खेल्नु पर्ने बताए ।

नविन्द्रराज जोशीले सदनमा हिमाल मिडियामा भएको आक्रमणको विषयमा आवाज उठाउने भन्दै सदन अवरुद्ध पार्ने बताए । उनले आक्रमण कुनै एक मिडिया हाउस माथिको आक्रमण नभइ सिङ्गो लोकतन्त्रमाथि आक्रमण भएको बताए । यसैगरी एमाले नेता केपी शर्मा ओलीले घटनामा माओवादीको भातृसङ्गठनबाट भएको भन्नु भन्दा पनि माओवादीको पर्ूण्ारुपमा घटनामा संल्गनता रहेको बताए । उनले आज हुने माओवादी र एमालेको शिर्षनेताको बैठकमा आक्रमणको विषय प्रमुख मुद्दाको रुपमा उठाइने समेत बताए ।

माओवादीबाट तेस्रो पटक आक्रमण भएको हिमाल मिडियाले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । हिमाल मिडियाबाट जारी विज्ञप्तिमा भनिएको छ," आक्रमणको क्रममा त्यो ह्रि्रक जत्थाका केहीले हाम्रो बारे समाचार लेख्ने - भनेका थिए ।"

यसभन्दा अगाडि ०६५ कात्तिक ६ गते काठमाडौँ कोटेश्वरमा प्रमुख कार्यकारी निर्देशक आशुतोष तिवारीलाई कुटपिट गरेका थिए भने केही समयअघि हिमालखबरपत्रिका जलाएका थिए ।

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?