मधेश र मानसिकता

विजयकान्त कर्णसँग मेरो भेट मुस्किलले चारपटक भएको सम्झना छ । पहिलो भेट कुपण्डोलस्थित उनकै गैससमा प्राची पत्रिकाका लागि सङ्घीयतासम्बन्धी अन्तर्वार्ता लिदाँ। दोस्रो भेट मधेस आन्दोलनको समयमा कलैया र बीरगञ्जमा गोली लागेर घाइते भएका आन्दोलनकारीसँग भेट गर्ने क्रममा वीर अस्पतालमा । तेस्रो भेट स्वीडेनको लुण्डस्थित लुण्ड विश्वविद्यालयमा । दुई दिन अघि नागरिक समाजले गरेको कार्यक्रममा उनले गुनासो गरेछन् “डिप्लोम्याटिक पासपोर्ट लिएर आएको मलाई इमिग्रेसनमा हिन्दीमा भन्यो, आप उधर जाइए ।Æ 

प्रसङ्ग कर्णसँगको दोस्रो भेटको जोड्न चाहन्छु । मधेस आन्दोलनका क्रममा कलैया र बीरगञ्जमा  प्रहरीके गाली लागेर घाइते भएका आन्दोलनकारीलाई उपचारको लागि वीर अस्पताल ल्याइएको थियो । त्यस बेला म मानवअधिकार संस्था इन्सेकमा कार्यरत थिएँ । कार्यालयले म र मित्र राजु पासवानलाई घाइतेको अवस्था बुझ्न वीर अस्पताल पठाएको थियो । हामी अस्पताल पुग्दा विजय कर्ण पनि घाइतेको अवस्था बुझ्न गएका रहेछन् । मैले उनलाई हामी इन्सेकबाट आएको के भनेको थिएँ उनले कड्किएर भने “तिमरू पहाडे मानवअधिकारकर्मीको काम छैन जाओÆ भनी हप्काएर पठाए । (मधेस आन्दोलनमा घाइते भएकाको सहयोगको लागि गठित सहयोग कोषको उनी हर्ताकर्ता थिए । केही समय पछि  समाचारमा सुनियो उनले कोषमा जम्मा भएको रकम हिनामिना गरे । )

 सेतो छाला देख्नासाथ पहाडे भन्ने विजय कर्णले कालो छाला देख्दा हिन्दीमा आप उधर जाइए भन्दा किन चित्त दुखाउनु । त्यसो त हिन्दी भाषा आफ्नो सम्पर्क भाषा हो भनी फलाक्ने विजयकान्त कर्णहरू नै हुन् । विजयकान्त कर्णहरूलाई आफ्नो मातृ भाषा मैथली भन्दा हिन्दी प्यारो छ । त्यसैले त राष्ट्रिय जनगणानामा आफ्नो मातृभाषा हिन्दी लेखाउन उनीहरूले अभियान नै चलाए (केही सच्चा मधेशी पनि थिए जसले यसको विरोध पनि गरे)। हिन्दी भाषामा भाषण गर्ने अनी हिन्दीमा कुरा गर्दा हेप्यो भन्ने विजयकान्त एक पात्र हैन प्रवृत्ति हो । यस्तो प्रवृत्ति रहेसम्म सामाजिक सद्भाव खलबलिनै रहने छ र त्यसलाई मलजल गर्नेछ ।

मधेसी, जनजाति, दलित, महिलालगायतका सीमान्तकृत जनताको पहिचान र अधिकार सुरक्षित गरिएन भने त्यस्तो संविधान र कानुनको पानाहरु तत्काल च्यातिनेछन्, जलाइनेछ भन्दै यस्ता प्रवृत्ति भएकाहरू अहिले कुर्लिरहेका छन् । र, उनीहरु आफ्नो निजी स्वार्थका लागि जातजतिको नाममा साम्प्रदायिकताको आगो बाल्न मौकाका पर्खाइमा छन् । 

कस्कीमा जन्मेका शरदसिंह भण्डारी मधेशको असली ठेकेदार हुँदा मधेशमै जन्मे हुर्केको मलाई कर्ण प्रवृत्ति भने पहाडे मानवअधिकारकर्मी भनी विभेद गर्छ । मधेशमा पहाडेले राज गर्यो भन्दै अरूलाई दोष देखाउँदैमा उनीहरूलाई ठिक्क छ । वर्षौँ मन्त्री भएका राजेन्द्र महतो विजय गच्छदारका जिल्लामा अस्पतालको हालत नाजुक छ । तिनका जिल्लाका शैक्षिक अवस्था सबैभन्दा कमजोर छ । 

बारा पर्सामा झोले विद्यालय खडा गरेर करोडौँ रकम भ्रष्टाचार भइरहँदा उनीहरूको ध्यान त्यता जाँदैन । दाइजोको नाममा कयौँ चेली रौतहटमा जल्दा उनीहरूको चासोको विषय बन्दैन । यो सबै हुनुको दोष उनीहरु पहाडे उपिनवेशीवादलाई दिन्छन् । 

विगतमा स्वास्थ्य मन्त्री बनेका राजेन्द्र महतोलाई कसले रोक्यो ? उनको गृह जिल्ला सर्लाहीको अस्पतालको भौतिक अवस्था सुधार गर्न । आज यिनै महतो मधेसका असली मसिहा बनेका छन् । सोझा जनतालाई गुलिया गफमा भुलाउने यस्ता नेता नै सामाजिक सद्भाव बिगार्ने कुतत्व हुन् ।


शिक्षा स्वास्थ्य किष उनीहरुको चासो विषय बन्दैन । किनभने उनीहरूलाई थाहा छ यसबाट उनीहरू स्वार्थपूर्ति हुन्न । अनि भन्छन् मधेसीको अधिकार सुरक्षित भएन भने संविधान र कानुनका पाना च्यातिने छन् । उनीहरूलाई के थाहा तमाम् मधेशीको अहिलेको आवश्यकता भनेको जाडोमा न्यायो लुगा र बास,सयम सापेक्ष शिक्षा, विदेशमा गएर रगत बगाउनुको साटो स्वदेशमै रोजगारी, खेतीपातीको समयमा सिंचाइ र मलखाद ।

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?