एक्लिदै एमाओवादी, संयुक्त आन्दोलनले हावा खादै
संविधानसभामा तोडफोडमा उत्रिएको एमाओवादी विस्तारै
एक्लिदै गएको छ । सहमतीबाट संविधान लेख्नुपर्ने माग राखी आन्दोलनरत एमाओवादी
विभिन्न साना दलसँग मोर्चा गर्दै अघिवढेपनि अहिले ति दलहरूले उसँगको सहकार्य तोड्न
थालेका छन् ।
एमओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा माघ ६ गते कांग्रेस
एमालेका विरूद्ध संयुक्त आन्दोलनको मोर्चा घोषणा भएको थियो । फरक विचारधारा र फरक
माग राखी आन्दोलनरत यी दल तथा समूह एकै ठाउँमा आएपनि विस्तारै आफ्ना माग र अडानका
कारण सहकार्य गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
संयुक्त आन्दोलनको मोर्चामा एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन, पद्मरत्न
तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन र वैद्य नेतृत्व माओवादी सहभागि
थिए । उनीहरूले माघ ६ गते संयुक्त रूपमा नेपाल बन्द समेत गराएका थिए।
संयुक्त आन्दोलनको न्यूनतम साझा अवधारणा बनाउने, आन्दोलन परिचालन कार्यदल
बनाउने, कार्यदलको नेतृत्व आलोपालोमा गर्ने जस्ता विषयमा समझदारी हुन नपाउँदै यो
मोर्चा छिन्न भिन्न बन्न पुगेको छ ।
बाहिरीयो वैद्य
माओवादी मोर्चा
एमाओवादीको संयुक्त आन्दोलनको मोर्चाबाट मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीको
मोर्चा बाहिरिएको छ । मोर्चा माघ १३ गतेबाट बाहिरीएको हो ।
संविधानसभा विघटन गर्ने मुद्दामा प्रचण्ड नेतृत्वको मोर्चा सहमत नभएपछि
वैद्य पक्ष बाहिरिएको हो । राष्ट्रिय सहमतिमा संविधान निर्माण गर्न दबाब दिन एमाओवादी
नेतृत्वको गठबन्धनमा सहभागी माओवादी मुख्य नारामै सहमत हुन सकेन ।
संविधानसभा विघटनलाई साझा नारा बनाउन सहमत नभएपछि वैद्य माओवादी संयुक्त
आन्दोलनबाट बाहिरीन पुग्यो ।
'मूल नारा नमिलेपछि त्यो कार्यक्रममा पनि समस्या भयो', नेकपा-माओवादीका
उपाध्यक्ष सीपी गजुरेलले संचारकर्मीहरूसँग भने, 'हामी हाम्रै तरिकाले संघर्ष गर्छौं।
उहाँहरू उहाँहरूकै तरिकाले संघर्ष गर्नुहुन्छ। एउटै मञ्च र कार्यक्रमचाहिँ नहुने भयो।'
गच्छदारले छोडे
मधेशी मोर्चाको संयोजक विजय गच्छदारले माघ ८ गते शिर्ष नेताहरुको
बैठकमा राखेको प्रस्ताव एमाओवादीका अध्यक्ष प्रचण्डले अस्वीकार गरेपछि उनले
प्रचण्डको साथ छोडे।
गच्छदारले ६ देखि ८ प्रदेश बनाउने, प्रदेशको नामकरण गर्ने जम्मा
प्रदेशसभालाई दिने र सीमाकंनबारे पनि दलहरूबीच छलफल चलाउँदै अघि बढ्न सकिने
प्रस्ताव गरेका थिए। तर उक्त प्रस्ताव एओवादीले अस्वीकार गर्दा बनिसकेको सहमती पनि
भाँडेको भन्दै गच्छदार प्रचण्डदेखि रूष्ट छन् ।
साना दलले छोड्दै
एमओवादी मोर्चामा रहेका साना दल विस्तारै मोर्चाबाट निक्लन थालेका
छन् । कांग्रेस र एमाले मिश्रित निर्वाचन प्रणालीकै पक्षमा उभिएपछि हरिचरण शाह
नेतृत्वको जनता दल औपचारिकरुपमै कांग्रेस
एमाले नेतृत्वको १० दलीय मोर्चामा सामेल भएको छ ।
शाहले आफूसँगै कम्तिमा ५ वटा अन्य साना पार्टी पनि कांग्रेस एमालेको
मोर्चामा आउने दाबी गरेका छन् । समाजवादी दलका प्रेमबहादुर सिंहले पनि एमाओवादी
मोर्चा छोड्ने भएका छन् ।
मिश्रित निर्वाचन प्रणालीमा कांग्रेस एमाले फर्किएकाले साना दलहरु अब
यही मोर्चामा आउने परिवार दलका अध्यक्ष एकनाथ ढकालको जिकीर छ ।
को को छन् त
संयुक्त मोर्चामा
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा संविधानसभा भित्रका १९ दल र
संविधानसभा बाहिरका ११ दलको सहभागिता छ। यसअघि दोस्रो संविधानसभा निर्वाचनको बेला
निर्वाचन बहिस्कार गरेको नेकपा-माओवादी नेतृत्वमा ३३ दलको मोर्चा छ ।
वैद्य माओवादी नेतृत्वमा रहेका तत्कालीन ३३ दलीय मोर्चामा रहेका
कतिपय दलहरु अहिले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा पनि छन् । त्यसैगरी पद्मरत्न
तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन मोर्चामा सहभागि छ ।
फरक माग आआफ्नै स्वार्थ
फरक माग र आआफ्नै स्वार्थका कारण संयुक्त आन्दोलनको गठबन्धन लामो समय
सम्म टिक्न नसक्ने अडकलबाजी गरिएको थियो । आखिरमा अडकलबाजी सहि सावित हुँदै गएको छ
।
संयुक्तरुपमा आन्दोलन गरे पनि यी दल र मोर्चाले फरक-फरक नारा र
उद्देश्य बोकेका छन् । फरक-फरक उद्देश्य र नारा बोकेका दलहरुको आ-आफ्नो स्वार्थमा
आन्दोलन भइरहेको हुँदा यो आन्दोलन नाम मात्रको हुने राजनीतिक विश्लेषक बताउँछन् ।
संविधानसभा खारेज गरी सर्वपक्षीय राजनीतिक सभा गठन गरी समस्या समाधान
गर्नुपर्ने वैद्य नेतृत्व मोर्चाको माग छ। एमाओवादी नेतृत्वको मोर्चा भने पहिचान झल्किने
संघीयता र उत्पीडित समुदायका अधिकार सम्बोधन हुने गरी संविधानसभाबाटै संविधान जारी
गरिनुपर्ने पक्षमा छ।
पहिचानवादीलाई साथमा लिएर संविधान निर्माण तथा सरकारमा आफ्नो भाग
खोज्ने स्वार्थमा प्रचण्ड छन् । पहिचानवादीलाई साथमा लिएर आन्दोलन सफल पार्न सके
संविधानसभामा गुमेको आफ्नो हैसिएत कायम गर्न सकिन्छ की भन्ने दाउ उनको छ ।
वैद्य मोर्चा भने प्रचण्डसँग मोर्चाबन्दी गरी उनको मोर्चालाई सडकमा
ल्याइ संविधानसभा विघटन गराउने स्वार्थमा छन् । संविधानसभा विघटन गराइ त्यसलाई
असफल बनाई सर्वपक्षीय राजनीतिक सभाको माग कायम गराउन वैद्य मोर्चा चाहन्छ।
उता विजय गच्छदारको मधेशी मोर्चा भने मधेशका मुद्दालाई संविधानसभामा
जबरजस्त लागू गराउने स्वार्थमा छ। मधेशी मोर्चा संघबनाउँदा मधेशका जिल्लालाई
पहाडका जिल्लासँग जोड्न नदिने रणनीतिमा छ । मधेशवादीको मागका सम्बन्धमा एमाओवादी
आफै सहमत छैन ।
भरखरै गठन भएको पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन
एकल जातिय पहिचान कायम गराउने स्वार्थमा छ । यद्यपी माओवादीहरु एकल जातीय पहिचान चाहँदैनन्
।
यसरी आफ्ना स्वार्थमा दाहाल नेतृत्वको ३० दलीय गठबन्धनले माघ २० गतेदेखि
चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेपनि उनीहरूको संयुक्त आन्दोलनले हावामा कावा
खाने निश्चित छ ।
Comments