तिम्रो र मेरो भेट कहिले हुन्छ ?

अनायासै,

लहरेखोकी झै

तिम्रो सम्झना आइदिँदा

तिमीलाई आफ्नो समिपमा पाउँछु

अनी,

आफूलाई आफैंलाई हराउन पुग्छु

गगन चुमे जस्तो लाग्छ

सगरमाथाको उचाईको के कुरा

वायुको गतिभन्दा तेजसँग चन्द्रमामा पुग्छु

सम्झना आउँछ,


चन्द्रनयनी ति तिम्रा गाजलु आँखा

पाञ्चालीक झै काला केशलाई बर्कोले लुकाई

राम्रोसँग जानुस् है भनी

एकाबिहानै सडकमा उभिएर तिमीले भन्दा

सोध्न मन लाग्छ

सानी,

तिम्रो र मेरो भेट कहिले हुन्छ ?

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?