द्वन्द्वपीडितको दशैं : सम्झँदा भक्कानो फूटेर आउँछ
तीन बीस पार गरिसकेका कालेश्वरका ज्ञानेन्द्र अधिकारीलाई असोज र कात्तिक महिना कुनै वर्षपनि नआए हुन्थ्यो जस्तो लाग्छ । दशैं भर्खरै सकिएको थियो । माओवादी र सरकारको दोहोरो भिडन्त कता र कुनबेला हुने हो पत्तो थिएन । ज्ञानेन्द्रका माइला छोरा ऋषेश्वर अधिकारी पनि माओवादीको आन्दोलनमा सरिक भएका थिए । कालेश्वर माओवादीको अखडाजस्तै थियो । सुरक्षाफौजले कालेश्वरलाई तत्कालीन समयमा विशेष निगरानीमा राखेको स्थानीयहरूको भनाइ छ ।
२०५९ सालको दशैं नै माइलो छोरासँग बसेर मानेको अन्तिम दशैं बनेको ज्येष्ठ उमेरका अधिकारीले भने । छिमेकीका घर आँगनमा खुशी भित्रिंदै गर्दा उनको मन त्यसै मुरमुरिन्छ । उनी भन्छन्-'गाउँकै छुस्करहरूले गर्दा मेरो छोरालाई घरनकिजकैबाट सेनाले लगेर गोली हानी हत्या गर्यो ।' माओवादीले लगाउने गरेको पोशाकमा सेना आएर लगेको स्थानीयहरूले बताएका छन् । हरेक वर्षको दशैं तिहारमा ज्ञानेन्द्रको खाटा बसेको घाउ कोटिदैं जान्छ । 'घरमा त्यसपछि कहिल्यै दशैं तिहारमा खुशी पलाउन सकेको छैन ।'ज्ञानेन्द्र अधिकारीले भने 'दशैं त कुनै वर्षमा पनि नआए हुन्थ्यो मलाइ त । '
२०५९ साल कात्तिक महिनाको ५ गते ऋषेश्वर अधिकारीसमेत चार जनाको स्थानीय पानीघाट सामुदायिक वनमा पुर्याई हत्या गरेको स्थानीय पत्रकार अमृतनाथ तिमल्सिनाले जानकारी दिए । उनले भने-'तत्कालीन समयमा सेनाले नृशंस र पाशविक हत्या गर्यो । हतियारविहीन अवस्थाका ती माओवादी कार्यकर्ताहरूलाई गरेको हत्या जेनेभा महासन्धिको साझा धारा ३ विपरीत रहेको छ ।'
त्यस्तै कालेश्वरकी हरिमाया वाईवाको घरमा दशैं तिहारको खुशी नआएको पनि सात वर्षपूरा भइसकेको छ । दशैंले सबै छरछिमेकीका घरमा खुशी छाएको कालेश्वरकी वाईवाको पनि पुरानो घाउ कोटिँदैं जान्छ । २०५९ साल कात्तिक १० गतेको दिन सम्झदाँ पनि उनको आङ सिरिङ्ग हुन्छ । पूरै जीउ काँप्छ । उनले आँखाबाट आँशु झार्दै भनिन्- 'विगतको कुरा नकोट्याइदिनुस् ।' त्यति बेला उनका पति माणिकलाल वाईवाको माओवादी कार्यकर्ताले निर्मम हत्या गरेका थिए । मुटुमा भक्कानो पार्दै भनिन्-'देखिने गरी ४-५ जनाको सङ्ख्यामा आएका माओवादी कार्यकर्ताले पतिलाई 'सुराकी'को आरोपमा घरैबाट अपहरण गरेर लगे ।'
अपहरित वाईवाले हारगुहारसम्म गर्न पाएनन्, न कि उनकी पत्नी हरिमाया वाईवाले नै कुनै हारगुहार गर्न पाइन् । 'केही समय छलफल गरेर फर्काउँछौं' भनेपछि पत्यार लागेको वाईवाले बताइन् । तत्कालीन स्थितिमा माओवादी बिरूद्ध बोल्ने साहस पनि थिएन उनमा । अपहरण गरेको केही समयमा नै 'निर्दयी' माओवादी छामारहरूले माणिकको घाँटी रेटेर हत्या गरे ।
ज्ञानेन्द्र र हरिमाया केवल प्रतिनिधि पात्रमात्र हुन् । उनीहरूको जस्तै ललितपुरका ५७ जनाको परिवारमा दशै र तिहारले कुनै रौनक ल्याउदैन । दशै र तिहार उनीहरूको लागि द्वन्द्वको समयमा आफ्न्त गुमाएको तीतो सम्झानाले सताउँछ ।
मुटुमा भक्कानो पार्दै र आफ्ना हातका औँला तेर्स्याउँदै ज्ञानेन्द्र भन्छन्-'बाबु पाँचओटा औंला थिए । बीचकोलाई अपराधीले काटिदिए ।' औंला जुन भए पनि दुखाइ उही हुँदोरहेछ ज्ञानेन्द्रले आफ्नो पीडा पोखे । 'नजा भन्दा मानेन । उसलाई मारेपछि मात्रै थाहा भयो अपराधीको विरोधमा हिँडेको रहेछ । राष्ट्रका लागि ज्यान बलि दियो ।'
सुरक्षाफौजले अधिकारीसमेत चारजना हत्या गरेको घटनाको स्थलगत अध्ययन गर्न "मानवअधिकार तथा शान्ति समाज" का तल्कालीन अध्यक्ष कृष्ण पहाडीको नेतृत्वमा मानवअधिकारकर्मीको एक टोली कात्तिक ९ गते कालेश्वर पुगेको थियो । 'त्यो टोलीले कस्तो प्रतिवेदन बनायो र कहाँ बुझायो अहिलेसम्म हामीलाई कुनै जानकारी छैन ।' रिलेक नेपालका अध्यक्ष रमेशप्रसाद तिमल्सिनाले बताए ।
सोही स्थलगत अध्ययन गर्नको टोलीलाई घटनास्थलदेखाएको र उनीहरूलाई गाउँ घुमाई सेनाको सुराकी गरेको आरोपमा माओवादीले भोलिपल्टै माणिकलालको हत्या गरेका थिए ।

Comments