न्युजविकको अन्तर्वार्ताः 'नेपालमा कार्ल मार्क्स जीवित छन्'
नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीले २०४८ सालको आम निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ र ५ बाट चुनाव जितेलगत्तै 'न्युजविक'ले उनको अन्तर्वार्ता छाप्यो, जुन त्यो समय निकै चर्चित बन्यो। 'न्युजविक'ले सन् १९९१ मे २७ को अंकमा 'नेपालमा कार्लमार्क्स जीवित छन्' शीर्षकमा छापेको उनको अन्तर्वार्ताको अनुवाद :
मदन भण्डारी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव हुन्। गत वर्ष प्रजातन्त्रका लागि भएको आन्दोलनले राजतन्त्रको जरालाई हल्लाउनुअघि राजनीतिक दलहरूसँग वैधानिकता थिएन। र, थोरै मानिसले मात्र भण्डारीको नाम सुनेका थिए। तर, अघिल्लो साता भएको संसदीय चुनावमा नेपालका कम्युनिस्टहरूले काठमाडौंका सबै निर्वाचन क्षेत्र जिते। भण्डारी आफैंले अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराए। निर्वाचनको केही दिनअघि भण्डारीले न्युजविकका मिचेल लिट्भिनसँग कुरा गरे।
किन तपाईंलाई सफल हुन्छुजस्तो लाग्छ, जबकि अन्य देशका कम्युनिस्टहरू असफल छन्?
कम्युनिस्टहरूको मुख्य उद्देश्य समाजमा जरा गाडेको शोषण, भ्रष्टाचार र अन्यायका जरालाई उखेल्नु हो। विगतमा यो नीति कार्यान्वयन गर्ने क्रममा केही गल्ती भएका होलान्, तर यसको अर्थ साम्यवाद असफल भएको होइन। जहाँसम्म हाम्रो पार्टीको सवाल छ, हामीले प्रजातन्त्र स्थापना गर्ने निर्णय गरेका छौं। र, जनताको समर्थन पाएपछि मात्र सत्ता लिनेछौं।
म ख्याल गरिरहेको छु, तपाईंसँग (उत्तर कोरियाली नेता) किम इल सुङद्वारा लिखित पुस्तक छन्। तपाईं उनको बारेमा के सोच्नुहुन्छ?
किम इल सुङ एक सफल कम्युनिस्ट र नेता हुन्, जसले उत्तर कोरियामा क्रान्ति र विकास ल्याउन योगदान गरे। यसबाहेक अन्य कामका लागि म उनको प्रशंसा गर्दिनँ। र, मलाई उनको राजनीतिक दर्शन पछ्याउनुपर्छजस्तो पनि लाग्दैन।
माओको लेखाइबारे तपाईंको विचार के छ?
हाम्रा केही युवा देशका विभिन्न कुनामा रहेर चिनियाँ आन्दोलनको इतिहास पढ्नुका साथै त्यसबाट शिक्षा लिइरहेका छन्।
तपाईंको पार्टीले आफूलाई चीन, सोभियत संघ र उत्तर कोरियाका कम्युनिस्टसँग कसरी दाँजेर हेर्छ?
उनीहरू सबै मुक्ति, समानता र न्यायमा आधारित नयाँ समाजको स्थापनामा संलग्न छन्। यी देशका कम्युनिस्ट आन्दोलनहरू भिन्न-भिन्न रूपले अघि बढेका छन्। चीनमा उनीहरूले सशस्त्र संघर्षको बाटो रोजे। तर, नेपालमा हामीले शान्तिपूर्ण बाटो रोजेका छौं। चीन र उत्तर कोरियाले विदेशी दबदबा र हस्तक्षेप सामना गर्दै आएका छन्। नेपालमा पनि हामीले विदेशी हस्तक्षेप, साम्राज्यवाद र क्षेत्रीय प्रभुत्वको खिलाफमा आवाज उठाउँदै आएका छौं।
तपाईंले भारतका कम्युनिस्ट पार्टी र चीनबाट आर्थिक सहयोग लिइरहनुभएको आरोप केही गैरकम्युनिस्टहरूको छ। के यो साँचो हो?
यो झुट हो। चीन होस् वा उत्तर कोरिया, भारतीय (कम्युनिस्ट) पार्टीहरू नै किन नहुन्, न हामीले कहिल्यै आर्थिक वा भौतिक सहयोग मागेका छौं, न त पाएकै छौं। ती विरोधीहरू हामीमाथि यस्तो आरोप लगाउँछन्, जसले विदेशबाट सहयोग प्राप्त गरिरहेका छन्।
जाति-प्रथा र धार्मिक स्वतन्त्रताप्रति तपाईंको धारणा के छ?
हामी विभिन्न जातिमाझ रहेको सामाजिक भेदभाव अन्त्य गर्न चाहन्छौं। तर, हामी विभिन्न जाति र जनजातिको संस्कृति, परम्परा र धर्मको पनि सम्मान गर्छौं। केही पुराना मानिस (जातिबारे) जड धारणा राख्छन्। उनीहरूको चेतनाले यसलाई सही ठहर्या उँछ भने हामी त्यसविरुद्ध बल प्रयोग गर्दैनौं, बरु तिनलाई सचेत पार्ने प्रयत्न गर्नेछौं। कथित तल्लो जातिका मानिसलाई अपमानित गर्ने अधिकार कसैसँग छैन। र, कसैलाई बलजफ्ती कथित माथिल्लो जातिलाई सम्मान गर्न बाध्य पारिनु पनि हुन्न। हामी निरपेक्ष राज्य चाहन्छौं। हरेक व्यक्तिले आफ्नो धर्म मान्न पाउँछ। राज्यले सबै धर्मप्रति समभाव राख्नेछ।
जमिनदारहरूलाई तपाईंको पार्टीले गर्ने व्यवहार कस्तो हुनेछ?
हामी जमिनदारको जग्गा खोसेर जोताहालाई दिन चाहन्छौं। तर, जमिन खोस्न बल प्रयोग गर्दैनौं। पैसा दिएरै जमिनदारको जग्गा लिनेछौं। तर, जमिनदारले सहयोग गर्दैनन् भनेचाहिँ हामी बल प्रयोग गर्न बाध्य हुनेछौं।
जमिनदारलाई दिने पैसाचाहिँ कहाँबाट आउँछ?
हामी ती किसानबाट पैसा उठाउनेछौं, जो जमिनको हकदार हुनेवाला छन्। आवश्यक परे सरकारको ढुकुटीबाट केही पैसा झिक्नेछौं। जमिनदारलाई सरकारी स्वामित्वको उद्योगमा 'सेयर' दिएर पनि कुरा मिलाउन सकिन्छ। रकम अभावले भुक्तानी भने किस्ताबन्दीमा गरिन्छ।
के तपाईं सामूहिकीकरण (कलेक्टिभाइजेसन)को वकालत गर्नुहुन्छ?
हामी यो सिद्धान्त लागू गर्न बल प्रयोग गर्दैनौं। तर, जनताको सेवाका लागि नमुना सहकारी स्थापना गर्न प्रेरित गर्नेछौं।
के तपाईं कम्युनिस्टहरूले बहमुत प्राप्त गरे वैदेशिक अनुदान बन्द होला भनी चिन्तित हुनुहुन्छ?
कम्युनिस्टहरूले सत्ता प्राप्त गर्दैमा वैदेशिक अनुदान बन्द हुनुपर्ने कुनै कारण छैन। तर, हामी देशको स्वतन्त्रता, स्वाभिमान र सार्वभौमसत्ताको मूल्यमा वैदेशिक अनुदान माग गर्नेछैनौं। यी तत्व वैदेशिक अनुदानभन्दा धेरै महत्वपूर्ण छन्।
भारतप्रति कस्तो नीति-परिवर्तनको पक्षमा हुनुहुन्छ?
विगतमा भारतसँग हाम्रा केही असमान र हिनताबोधयुक्त सन्धिहरू थिए। हामी यी सन्धिको पुनरावलोकन र पुनःनवीकरण गर्नेछौं। हामी सन्धिका असमान र अपमानजनक प्रावधान खारेज गर्नेछौं। हामी भारत र चीन दुवैसँग राम्रो सम्बन्ध राख्न चाहन्छौं। न हामी भारतमुखी हुन चाहन्छौं, न चीनमुखी।
नेपाली जनता राजतन्त्रविरुद्ध उर्लिरहेका बेला अन्य धेरै देशका जनता तिनका कम्युनिस्ट शासकविरुद्ध जागिरहेका छन्। नेपालमा पनि त्यस्तै भयो भने तपाईं के गर्नुहुन्छ?
हामी सत्तामा हुँदा त्यस्तो हुने छैन। तर, कहिँलेकाहीँ समाजविरोधी तत्वहरू अराजकता सिर्जना गर्ने चेष्टा गर्छन्। यस्तो अवस्थामा हामी राज्यका शक्ति प्रयोग गर्नेछैनौं, बरु जनतालाई उनीहरूविरुद्ध उतार्नेछौं। उनीहरू हामीविरुद्ध र्यासली निकाल्छन् भने हामी जनतालाई हाम्रा पक्षमा र्याुली निकाल्न अनुरोध गर्नेछौं। हामी प्रहरीको प्रयोग गर्नेछैनौं।

Comments