शिक्षामा सबैभन्दा बढी बजेट विनियोजन
सरकारले यसपटक सबैभन्दा बढी शिक्षा मन्त्रालयलाई ४६ अर्ब ५२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । यो गतवर्षभन्दा सात अर्ब बढी हो, गतवर्ष शिक्षाका लागि ३८ अर्ब ९७ करोडको बजेट विनियोजन गरिएको थियो ।
अर्थमन्त्री सुरेन्द्र पाण्डेले गृहमन्त्रालयलाई १४ अर्ब ५५ करोड रुपियाँ बजेट विनियोजन गर्नुभएको छ भने नेपाल प्रहरीका लागि १५ अर्ब ३० करोड रुपियाँ बजेट छुट्टाउनुभएको छ । गतवर्ष गृहमन्त्रालयलाई ११ अर्ब दुई करोड र रक्षामन्त्रालयलाई १२ अर्ब तीन करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । सरकारले दुवै मन्त्रालयलाई तीन/तीन अर्ब बढी बजेट छुट्टाएको छ ।
सरकारले स्वास्थ्यमन्त्रालयलाई १८ अर्ब ६७ करोड, कृषि मन्त्रालयलाई आठ अर्ब छ करोड, सिंचाईका लागि सात अर्ब ९५ करोड, विद्युतका लागि १४ अर्ब ६८ करोड बजेट छुट्टाएको छ । गतवर्ष स्वास्थ्यमन्त्रालयलाई १५ अर्ब ५७ करोड, कृषिलाई पाँच अर्ब ९० करोड, सिंचाईका लागि पाँच अर्ब ८० करोड र विद्युतका लागि १२ अर्ब ६८ करोड बजेट विनियोजन गरेको थियो ।
यो वर्ष तुलनात्मक रुपमा सडकमा बढी प्रतिशतले बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री पाण्डेले सडकका लागि १९ अर्ब ७५ करोड रुपियाँ बजेट छुट्टाउनुभएको छ । गतवर्ष सडकका लागि १४ अर्ब ८६ करोड बजेट विनियोजन गरिएको थियो । स्थानीय विकासमा पनि गतवर्षभन्दा पाँच अर्ब रुपियाँले बजेट बढेको छ । गतवर्ष स्थानीय विकासका लागि २० अर्ब ४२ करोड बजेट विनियोजन गरिएकोमा यो वर्ष २५ अर्ब ४२ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
बजेट भाषणको पूणर् विवरणको लागि यहाँ लागि यहाँ जानुहोस् ।
http://mof.gov.np/publication/speech/2009/pdf/budgetspeech_nepali.pdf

Comments