संसद चल्ने, नीति तथा कार्यक्रमसहित बजेट अाउने

सदनको गतिरोध अन्त्य गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग गरेको छलफल सकारात्मक रुपमा टुंगिएको छ। सोमबारको संसदको बैठकमा प्रधानमन्त्री माधव नेपाल र माओवादी अध्यक्ष दाहालले संवोधन गर्ने छन्।
माओवादीको मागअनुसारको संवोधन गर्न नेपाली कांग्रेस तयार भएकाले छलफल सकारात्मक भएको माओवादी नेता भट्टराईले जानकारी दिए। माओवादी सचिवालय बैठक लगत्तै माओवादी नेता कोइराला निवास महाराजगञ्ज पुगेका थिए।

भेटपछि कांग्रेस नेता कृष्ण सिटौलाले माओवादी सहमतिको राजनीतिमा आउन तयार रहेको बताए। उनले सरकारको नीति तथा कार्यक्रमसहित पूर्ण बजेट नै आउने बताए। नेता भट्टराईले भने सहमतिको नजिक पुगेको बताए पनि के मा सहमति भएको हो भन्ने विषयमा प्रष्ट पारेनन्।

यसअगाडि माओवादीको सचिवालय बैठकले पेश्की बजेट पेश गर्न सदन सुचारु गर्ने निर्णय गरेको थियो। बैठकले पुरक बजेट ल्याउन भने नागरिक सर्वोच्चता सम्बन्धि नदिने निर्णय गरेको छ। प्रधानसेनापतिका विषयमा राष्ट्रपतिले चालेको कदम नसच्चिएसम्म सदन सुचारु गर्न नदिने निर्णय बमोजिम यसअघि माओवादीले सदन अवरुद्ध गर्दै आएको थियो। तर, सरकारले बजेट पेश गर्ने समय आएको र अहिले पेश्की बजेट समेत पेश नभएदेखि मुलुक नै ठप्प हुने ठहर गर्दै पेश्की बजेट पेश गर्न दिनकालागि मात्रै माओवादी सचिवालय बैठकले सदन सुचारु गर्ने निर्णय गरेको हो।

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?