बोक्सी भनी मुलमुत्र खुवाएको आरोप लागेकी लामा गिरप\mतार
प्यूटार गाविस की कल्लीकुमारी विकलाई बोक्सीको आरोपमा मलमुत्र खुवाई फरार रहेकी विमला लामा गोलेलाई ०६६ जेठ २७ गते बिहान ११ बजे प्रहरीले ललितपुर उपमहानगरपालिका कुमारिीपाटीबाट गिरप\mतार गरेको छ ।
प्रहरीले गिरप\mतार गोलेमाथि र्सार्वजनिक अपराध र मुलुकी ऐन अदलको १० नम्बर महलको बोक्सीको आरोपमा अमानवीय क्रुर यातना अर्न्तर्गत मुद्दा दायर गरेको थियो । प्रहरीको खोजिमा रहेकी गोलेलाई जिल्ला प्रशानस कार्यालय जाने क्रममा कुमारीपाटीबाट गिरप\mतार गरेको हो । गोलेलाई महानगरीय प्रहरी परिसर जावलाखेलमा हिरासतमा राखिएको छ ।
महानगरिय प्रहरी परिसरका डिएसपी बसन्त कुँवरले र्सवसाधारणले गोले जिल्ला प्रशासन कार्यालय जान लागेको सूचना दिएपछि सोही सूचनाको आधारमा गोलेलाई गिरप\mतार गरेको जानकारी दिए ।
गिरप\mतार गोलेले कल्लीकुमारीलाई कुटपिट गरेको स्वीकारदै दिशा नखुवाएको बताइन् । उनले भनिन्, 'मैलै कल्लीकुमारीलाई निदारमा हिर्काएको हो ।' आफू बिरामी भई मकवानपुर जिल्ला छत्तिवन गाविसमा दिदीको घरमा गएर बसेको बताइन् ।
प्यूटार गाविस स्थित गडिभञ्ज्याङ प्राथमिक विद्यालयकी प्रधानध्यापिकासमेत रहेकी गोले चैत १२ गतेदेखि फरार रहँदै आएकी थिइन् । उनले चैन ७ गते किल्लीकुमारी विकलाई बोक्सीको आरोपमा कुटपिट र दिशा खुवाएकी थिइन् ।
Comments