सीमा स्तम्भ भत्काएर राष्ट्रिय झण्डा फहराइयो

भारतले नेपाली भुमी अतिक्रमण गरेको भन्दै सिमा अनुगमनमा गएका सुनसरी र दाङका विद्यार्थीहरुले दाङका ६ वटा सिमा नाकाहरुमा राष्ट्रिय झण्डा गाडेका छन् । चार दिन अघि दाङका अतिक्रमीत सिमा नाकाहरुमा पुगेका विद्यार्थीहरुले अतिक्रमीत नेपाली भुमी फीताको माग गर्दै दवावका लागी भौवा,भैसाही, खांग्रा र सुनपत्री लगाएतका नाकाहरुमा राष्ट्रिय झण्डा गाडेका हुन् ।

बरु लडी मर्नेछौ स्वाधीनताका निम्ती,लान दिन्नौ कसैलाइ माटो एक चिम्टी भन्ने नारा सहीत सिमाक्षेत्र पुगेका विद्यार्थीहरुले भारतियहरुले मनोमानी रुपले गाडेका ४ सिमा स्तम्भ समेत भत्काइदिएका छन । तिनदिनसम्म सिमानाकाहरुमा वसेका विद्यार्थीहरुले भारतीयहरुले मनोमानी तरीकाले सिमास्तम्भ सारेको भन्दै हाल कायम रहेका पाचँ वटा शङकास्पद पिलर भत्काएर सिमास्तम्भ देखी दुइसय मीटर भारत तर्फनेपाली राष्टीय झण्डा गाडेको जनता क्याम्पस इटहरीका विद्यार्थीे टोली नेता शंखु प्रसाद आचार्यले जानकारी दिएका छन् । विद्यार्थीहरुले दाङका १२ सिमानाकाको स्थलगत अनुगमन गरी फर्कीएका छन । आज दाङको घोराहीमा पत्रकार सम्मेलन गरी विद्यार्थीहरुले दाङका सिमानाकाहरुमा नेपाली भुमी भारतद्धारा अतिक्रमण गरेको ठहर गरेका छन् । टोलीले अनुगमनका क्रममा भारतीयहरुद्धारा जंगे पीलर सारीएको, शंकास्पद जंगेपीलर गाडीएको र नेपाली माथी भारतीयहरुले ज्यादती वढाएको जनाएको छ । दाङ वाट विद्यार्थीहरुको नेतृत्व गर्नु भएका गणेश चौधरीले नयाँ इटा राखी फलामे छड नभएका शंकास्पद जंगे पीलरहरु सिमामा राखीएको जानकारी दिए । टोलीले अब छिटै अनुगमनका क्रममा देखीएका समस्या समेटीएको ज्ञापनपत्र प्रधानमन्त्री र परराष्ट मन्त्रीलाइ वुझाउने र सुनुवाइ नभए अन्तराष्टीय स्तरको आन्दोलन गर्ने जानकारी दिएको छ ।

यसैविच सीमा सुरक्षाकालागी दाङको कोइलावासमा ससस्त्र प्रहरीको अस्थाइ क्याम्प स्थापना गरीएको छ । शसस्त्र प्रहरीको ज्वालामाइ गण भालुबाङबाट डिएसपी कृष्णराज अधिकारीको नेतृत्वमा ५० जनाको टोली कोइलावास गएको हो । केन्द्रवाट सीमा सुरक्षाकालागी शसस्त्र प्रहरीको सिमा शुरक्षा कार्यालय नआउँदा सम्म अस्थाई क्याम्पको स्थापना गरीएको ज्वालामाई गणका प्रहरी प्रमुख मन्दीप श्रेष्ठले जानकारी दिए । नाकाक्षेत्रमा खाद्यान्न व्यवस्थापन तथा सामुदायीक पसल संचालनका लागी वनेको कार्यविधी निर्माण जिल्ला स्तरीय समीती दाङले दाङका सिमानाकाहरुमा सहजरुपमा खाद्यान्न आपूर्ति गर्न विभिन्न १२ वटा सामुदायीक पसल खोल्ने निर्ण्र्ाागरेको छ ।

समीतीको हीजो घोराहीमा वसेको वैठकले भारत संग सिमा जोडीएका दाङका नाकावासीहरुलाइ सहज रुपमै नेपालको खाद्यान्न पुर्‍याउन यस्तो पसलहरु संचालन गर्ने निर्ण्र्ाागरेको हो । समीतीका संयोजक गणेश के के का अनुसार भारत संग सिमा जोडीएका सिमा नाकाहरुमा यही असार १२ गते सम्म खाद्यान्न पुर्‍याइ सकीने छ ।

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?