प्रहरीले दिउँसै गोली हानी मार्न थाले

दश वर्षो द्वन्द्व समाप्त भई शान्ति प्रक्रिया जारी रहेको समयमा द्वन्द्वकालको झझल्को दिनेगरी प्रहरीले दिउँसै र्सवसाधारणलाई नियन्त्रणमा लिई हत्या गर्न थालेको छ ।

चेकजाँचको सययमा भनेको स्थानमा मोटरर्साईकाल नरोकेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला भरतपुर गागिवस -९ निवासी ३० वषर्ीय सुरेन्द्र महतोलार्य ०६६ जेठ २४ गते ५ः३० बजे प्रहरीले चेकजाचको क्रममा नियन्त्रणमा लिई गोली हानी हत्या गरेको हो ।

विवाहमा सहभागी हुन धनुषा हरिहरपुर गाविसमा आएको साथिलाई मोटरर्साईकलमा विरेन्द्रबजार पुर्‍याउन जाँदै गर्दा हरिहरपुर गाविस-९ मा चेक पोष्ट बनाई बसेको प्रहरी टोलीसँग मोटरर्साईकल रोक्ने विषयमा विवाद हुँदा जिल्ला प्रहरी कार्यलय धनुषामा काजमा रही अस्थायी प्रहरी पोष्ट हरिहरपुरमा कार्यरत प्रहरी जवान रमसिंह भाटले कठालो समाई देब्रेगालमा गोली प्रहार गर्दा महतोको घटनास्थलमै मृत्यु भएको थियो ।

अपडेट
गोली हानी हत्या गर्ने प्रहरी जवान रामसिंह भाटलाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा राखी कारबाही प्रक्रिया जेठ २६ गतेबाट सुरु गरेको थाहाहुन आएको छ ।

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?