नागरिक सर्वोच्चता सँगै कानुनी सर्वोच्चताको कुरा पनि गर्ने की !

अहिले एकीकृत नेकपा माओवादीले नागरिक सर्वोच्चताको नाममा आन्दोलनरत छ । नागरिक सर्वोच्चताको नाममा संविधानसभा व्यवस्थापिका संसद् अवरोध पारिदै आएको छ । सडकमा आवतजात ठप्प हुँदै आएका छन् । सरकारी कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । नागरिक सर्वोच्चताको कुरा गरिन्छ अनि दुःख दिइन्छ जनतालाइ । यो कहाँ सम्मको नागरिक सर्वोच्चता हो ।

यसको अर्थ यो होइन की नागरिक सर्वोच्चता चाहिएको छैन । नागरिक सर्वोच्चता हुनर्ुपर्छ । आन्दोलनको पनि तौरतरिका हुन्छन् । जनतालाई मर्कामा नपर्ने गरी आन्दोलन गर्न सकिन्छ । आखिर किन जनतालाई अप्ठ्योरो पार्ने गरी आन्दोलन गर्ने ? यो नै अहिलेको यक्ष प्रश्न हो । नागरिक सर्वोच्चताको विषयलाई यहिनै छाडौं । लागौं कानुनी सर्वोच्चता तिर ।

माओवादीहरुले जसरी नागरिक सर्वोच्चताको कुरा उठाइरहेका छन् । त्यसैगरी उनीहरुले कानुनी सर्वोच्चताको खिल्ली उडारहेका छन् । मान्छे मार्ने, कुटपिट गर्ने अनि नागरिक सर्वोच्चताको कुरा गर्ने - कानुनी शासन लत्याउने अनी नागरिक सवोच्चताको कुरा गर्ने ? तलको फोटो राम्रोसँग नियाल्नुस त । कानुनी सर्वोच्चताको उल्लङ्घन । यो त एउटा नमुना मात्र हो । यस्ता हजारौ उदाहरणहरु छन् कानुनी सर्वोच्चता विपरितका । त्यसैले नागरिक सर्वोच्चताको दुहाई दिनेले कानुनी सर्वोच्चतालाई पनि भुल्न भएन ।


माओवादी नेता तथा सभासद् वर्षानपुन मगरले चढ्ने गरेको जिप । यस जिपमा माओवादीले आफ्नै नम्बर प्लेट राखेको छ । जुन कानुनको बर्खिलाप छ । हो अब हामीले नागरिक सर्वोच्चता सँगै कानुनी सर्वोच्चताको पनि विषय पनि उठानु आवश्यक छ ।

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?