मतदानमा हार्‍यो माओवादीको जनयुद्धले

नयाँ बन्ने संविधानमा जनयुद्ध लेख्ने की सशस्त्र द्वन्द्व लेख्ने भनी कसैले तपाईंलाई सोधे तपाईं कुन शब्दलाई छनौट गर्नुहुन्छ - हो यो निकै विवाद र बहसको विषय हो । तर नयाँ लेखिने संविधानमा जनयुद्ध होइन, सशस्त्र द्वन्द्व लेखिने भएको छ ।

संविधानसभाको सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्माण समितिमा ०६६ जेठ २५ गते भएको मतदानमा सशस्त्र द्वन्द्व शब्दले १९ मत पाएपछि सशस्त्र द्वन्द्व लेखिने पक्का भएको हो । मतदानमा जनयुद्ध पक्षले १२ मत पाएको थियो । संविधानमा जनयुद्ध भन्ने शब्द राख्ने कि नराख्ने विषयमा भएको मतदानमा सशस्त्र द्वन्द्व शब्द राख्ने पक्षले जितेको हो ।

एमालेका सभासद रणध्वज लिम्बूले १० वर्षमाओवादीले गरेको ज्यादतीलार्य जनयुद्ध भन्न नमिल्ने बताएपछि समतिमा स्थिति तनाव पर्ूण्ाबनेको थियो । विवादले उग्र रुप लिएपछि माओवादी र कांग्रेसएमालेका सांसदबीच झण्डै हात हालाहालसमेत भएको थियो । स्थितिलाई नियन्त्रणमा राख्न समिति सभापति नवोदिता चौधरीले मतदान गरी निर्ण्र्ाागर्ने बताएपछि स्थिति सामान्य भई मतदान भएको थियो ।

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?