नेपालमा पनि स्वाईन फ्लु भेटियो
विश्वब्यापी महामारीका रुपमा फैलिएको रोग स्वाईन फ्लु नेपालमा पनि भेटिएको पुष्टि भएको छ ।
अमेरीकाबाट कतारको दोहा हुदै नेपालमा आएका तीन जनामा स्वाइन फलुको भाइरस एचवानएनवान भेटिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
सोमबार पत्रकार सम्मेलन गरि महाशाखाका प्रमुख शैलेन्द्रकुमार उप्रेतीले पाण्डेमिक इञ्फ्लुएञ्जा एचवानएनवान भेटिएको जानकारी दिए ।
जुन २१ तारिखमा नेपालमा आएका उनीहरु नेपाली नागरिक भए पनि उनीहरुको बारेमा थप जानकारी भने दिइएको छैन । उनीको परिचय गोप्य राखिएको छ ।
उनीहरुलाई महाशाखाले आफ्नो नियन्त्रण लिएर एचवान एन वान नियन्त्रणका लागि विश्व बैकको सहयोगमा टेकुमा बनाइएको उपचारकक्षमा विशेष निगरानीका साथ राखेको बताइएको छ ।
लामो समयदेखि परिक्षण जारी राखेपछि मात्र स्वाइन फ्लु भएको पुष्टी भएको उनले बताए । एकै परिवारका ३८ वर्षका श्रीमती, ४२ वर्षका श्रीमान र उनीहरुका ८ वर्षिय छोरा तीनै जनामा स्वाइन फ्लु भेटिएको हो ।
परिक्षणपछि आइतबार मात्र उनीहरुमा स्वाईन फ्लु भएको पुष्टि भएको हो । जुन २१ तारिखमा कतार एयरवेजबाट उनीहरुसंगै नेपाल भित्रिएका नेपालीहरुको पनि परिक्षण शुरु गरिने भएको छ ।
छिमेकि राष्ट्र भारत र चीनमा पनि भेटिएको स्वाइन फ्लु अहिलेसम्म ११३ देशमा भेटिएको छ भने ६० हजार बढी प्रभावित भइसकेका छन् । भारतमा अहिलेसम्म एक दर्जनभन्दा बढीमा एचवानएनवान भेटिएको छ ।
यो महामारी फैलने वित्तिकै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष निगरानी सुरु गरिएको थियो । उनीहरुमा एचवानएनवानको लक्षण देखिएपछि थप अनुसन्धानका लागि बेलायतमा परिक्षण गराउँदा एचवानएनवानको पुष्टि भएको हो ।

Comments