राष्ट्रिय युवा नीतिको प्रस्तावित मस्यौदा

१) प्रस्तावना

युवाहरू राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिर्वतनको संवाहक शक्ति हुन् । यिनीहरू राष्ट्र निमार्ण्र्ाा समेत प्रमुख स्रोत हुन् । युवाहरूमा सिक्ने क्षमता, साहस, श्रृजनशीलता एवंम आत्मविश्वास प्रचुर मात्रामा निहीत हुन्छ । युवाहरूलाई राष्ट्रिय विकासको मूलधारमा ल्याई उनीहरूमा निहित क्षमताहरूको विकास परिचालन र सहभागिता वढाउन सके राष्ट्रिय विकासको प्रक्रिया समेत तीव्र हुने छ । राष्ट्रिय जनगणना २०५८ का अनुसार १६ देखि ४० वर्षउमेर समूहको जनसंख्या कुल जनसंख्याको करीव ३८.८ प्रतिशत रहेको छ । गुणात्मक र संख्यात्मक दुबै दृष्टिले यो देशको महत्वपर्ूण्ा समुदाय हो । युवाहरूको र्सवाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउन जरूरी छ ।

नेपालमा लोकतन्त्र स्थापनाको क्रममा निरंकुशता विरोधी शान्तिपर्ूण्ा जनआन्दोलन, दश वर्षो जनयुद्ध र मधेश जनआन्दोलन लगायत जाति, भाषा, समूह पहिचानको आन्दोलनमा तथा अन्य सामाजिक आन्दोलनहरूमा युवाहरूको महत्वपर्ूण्ा योगदान अविस्मरणीय रहेको छ । देशमा भएका हरेक राजनीतिक परिर्वतनका सङ्र्घष्ाहरूका आधारशीलाका रूपमा रहेका युवाहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि गरेको उल्लेखनीय योगदानको कदर गर्दै वर्ग, जाति, भाषा, धर्म, लिङ्ग, पछाडि पारिएका,अल्पसंख्यक,सिमान्तकृत, शारीरिक र मानसिक अपाङ्गगता तथा आस्थाका आधारमा समावेशी, समानुपातिक र समविकाशको सिद्धान्त अनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न राष्ट्रिय स्व्ााधिनता तथा र्सार्वभौमसत्तालाई अक्षुण्ण राख्न र राजनीतिक ,सामाजिक ,आर्थिक तथा सास्कृतिक रूपान्तरणमा लैङ्गीक सम्वेदनशिल युवा नेतृत्वको सम्भावनालाई मर्ूत रूप दिन युवाहरूको सहभागितालाई सुनिश्चित गर्न राज्यले ठोस नीति अख्तियार गर्नु पर्ने देखिन्छ । यसै भावनालाई दृष्टिगत गरी राष्ट्रिय युवा नीति २०६५ तर्जुमा गरिएको छ ।

२) दर्ीघकालीन सोच
यस राष्ट्रिय युवा नीतिले युवाहरूको आधारभूत अधिकारको प्रत्याभूतिसहित युवा सशक्तिकरण गरी सम्वृद्ध युवा तयार गर्दै देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जीवनमा अर्थपर्ूण्ा सहभागिता र नेतृत्व विकासका माध्यमबाट राष्ट्रिय विकासको मूलधारमा समाविष्ट गर्दै नेतृत्वदायी भूमिकामा स्थापित गर्ने सोच राखेको छ ।


३) राष्ट्रिय युवा नीतिका उद्देश्यः
राष्ट्र, राष्ट्रियता, जनता र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति युवाहरूलाई समर्पित र प्रतिबद्घ वनाउँदै उनीहरूमा उत्तरदायीत्व र जवाफदेहीताको भावनालाई बढाउने ।
युवाहरूमा श्रमप्रति सम्मान र शोषण प्रति घृणाको भावना विकास गर्दै, उनीहरूका शारिरिक, मानसिक, वौद्घकि,नैतिक तथा संवेगात्मक पक्षहरूको विकास गरी युवाहरूमा देखिएका सबै प्रकारका विचलनहरू अन्त्य गर्दै उच्च मनोवलयुक्त, नैतिकवान, प्रगतिशील सुसंस्कृत तथा दक्ष युवा तयार गर्ने ।
युवाहरूका आधारभूत अधिकारलाई सुनिश्चित गर्दै, उत्पादनशील श्रोतहरूमा युवासमुदायको पहँुच कायम गरी देशको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रका सवै तहका नीति निर्माण निर्ण्र्ाानिर्माण र कार्यन्वयन प्रकृयाहरूमा लैङ्गीक संवेदनशिलतामा आधारित, अर्थपर्ूण्ा सहभागिता सहित राष्ट्रिय विकासका संवाहकका रूपमा स्थापित गर्ने ।

४) राष्ट्रिय युवा नीतिका आधारभूत मान्यताहरू

४.१) राष्ट्र , जनता र राष्ट्रियताप्रति वफादारिता
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति प्रतिबद्ध युवा तयार गर्ने ।
नेपालको राष्ट्रिय र्सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय एकताको सर्म्बर्द्धन नेपाली युवाका कर्तव्यका रूपमा स्थापित गर्ने ।
सबै खालका वैदेशिक हस्तक्षेपको अन्त्यको पक्षमा रहने, देशभक्तिको भावनाले ओतप्रोत युवा तयार गर्ने ।
राष्ट्रियताको पर््रवर्द्धनका पक्षमा युवाहरूको सबै किसिमको प्रतिभाको अधिकतम सदुपयोग गर्ने ।

४.२ समाजको दायित्व
युवाका आधारभूत आवश्यकताका रूपमा रहेका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, कला, सुरक्षा सूचना, खेलकुद तथा स्वस्थ्य मनोरञ्जनका आवश्यकतालाई राज्यको दायित्वको रूपमा स्थापित गर्ने ।
वर्गीय, जातिय, लैङ्गिक, भाषिक, धार्मिक, क्षेत्रीय र अपाङ्गताका आधारमा गरिने सवै किसिमका विभेदको अन्त्य गर्दै युवाका लागि विभेदमुक्त वातावरण, सहज र सरल जीवनयापन गर्न सक्ने हिंसामुक्त अवस्थाको सिर्जना गर्ने । विषेश समुहमा रहेका युवाहरूलाई प्रतिस्पर्धामा ल्याउन सकारात्मक विभेदको व्यवस्था गर्ने ।
आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा विशेष महत्व राख्ने हरेक प्रकारका नीति निर्माण योजना निर्माण र कार्यान्वयन प्रक्रियामा युवा जनसंख्याको आधारमा समानुपातिक र अर्थपर्ूण्ा सहभागिता गराउदै युवालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने ।

४.३. समानता
युवाहरूलाई वर्गीय, लैङ्गिक, भाषिक, क्षेत्रीय, धार्मिक, पेशागत, वैचारिक आस्था, शारीरिक र मानसिक अवस्था लगायतका आधारमा समानताको प्रत्याभूति गराउँदै राष्ट्रप्रति र्समर्पणको भावना अभिवृद्धि गर्ने ।
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार सुरक्षा र मर्यादित जीवनयापनजस्ता आधारभूत आवश्यकतालाई हरेक वर्ग, लिङ्ग, जाति, भाषा, पेशा, क्षेत्र, धर्म, शारीरिक र मानसिक अवस्था तथा राजनीतिक आस्थ्ााका युवामा समतामूलक वितरण गर्ने ।

४.४ लोकतान्त्रिक-जनमुखी समतामुलक मूल्यमान्यता
संवैधानिक सर्वोच्चता, स्वतन्त्र सञ्चार, मानवअधिकारको प्रत्याभूति, स्वतन्त्र न्याय प्रणाली, संवैधानिक शासन पद्धति, वैयक्तिक स्वतन्त्रताजस्ता आधारभूत लोकतान्त्रिक मान्यताप्रति आस्थावान् युवा तयार गर्ने ।
राजनीतिक सचेतना र वैज्ञानिक दृष्टिकोणसहित जनसरोकारका विषयहरूमा आफ्नो सामाजिक दायित्वको बोध गर्नसक्ने सचेत तथा सिर्जनशील युवा शक्ति तयार गर्ने ।
आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा देखिएका भ्रष्ट आचरणबाट मुक्त र सचेत युवा शक्ति तयार गर्ने ।

४.५ जाति, भाषा र वातावरणीय सम्पदाहरूको संरक्षण र सर्म्वर्द्धन
नेपालमा रहेका अनेक वर्ग, लिङ्ग, जाति, भाषा, संस्कृति क्षेत्रका आम जनसमुदायमा रहेका आर्थिक, सामाजिक र सांस्कृतिक विविधताबीच राष्ट्रिय एकतालाई बलियो बनाउने ।
नेपालमा रहेका जैविक विविधता, जलसम्पदा, भौगोलिक सम्पदालगायत सम्पर्ूण्ा प्राकृतिक सम्पदाहरूको संरक्षण सर्म्वर्द्धन र पर््रवर्धन गर्ने ।
नेपालमा रहेका हरेक संस्कृति, एवं ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण र सर्म्बर्द्धन गर्ने ।

४.६ अन्तर्रर्ााट्रय सम्बन्धका मान्यता
आर्थिक,सामाजिक, सांस्कृतिक, राजनीतिक र भौगोलिक हस्तक्षेप लगायतका राजनीतिबाट देश र जनताको संरक्षणका लागि युवा परिचालन गर्ने ।
सह-अस्तित्वमा आधारित युवाहितमा भएका अन्तर्रर्ााट्रय तथा क्षेत्रीय सन्धि सम्झौताहरूलाई अनुमोदन र कार्यान्वयनका लागि युवाहरूलाई संगठीत रूपमा परिचालन गर्ने ।
राजनीतिक रूपमा असंलग्नता, निःशस्त्रीकरण, उत्तर-दक्षिण संवाद र सहकार्य, दक्षिण-दक्षिण सहकार्यजस्ता मान्यताहरूको पर््रबर्धनमा युवा सक्रियता बढाउने ।
युवाका मुद्दाहरूमा स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्रर्ााट्रयस्तरमा सहकार्य गर्ने ।

५) युवाहरूको परिभाषा
यस नीतिको प्रयोजनका लागि युवा भन्नाले १६ देखि ४० वर्षो उमेर समूहका महिला, पुरूष तथा तेस्रो लिङ्गीहरूलाई जनाउने छ ।

६) नीति तथा रणनीतिहरू

६.१ नीति
युवाहरूलाई वैज्ञानिक विचार र दृष्टिकोणको स्वतन्त्रता प्रदान गर्दै यसको विकास, अध्ययन अनुसन्धान एवं मैत्रीवातावरण निर्माणका लागि विविध कार्यक्रम सञ्चालन गर्ने र युवा क्रियाशीलतालाई सुनिश्चित गर्ने ।
युवाहरूलाई राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र लोकतन्त्र एवम् मानवअधिकारका आधारभूत सिद्घान्त र त्यसले प्रत्याभूत गरेका मूल्य र मान्यता बोध गर्राई प्रतिबद्ध नागरिक तयार गर्ने ।
युवाहरूमा ज्ञान, सीप र बृत्ति विकास गरी सशक्तिकरण गर्ने ।
युवाहरूमा नैतिकता, चारीत्रिक गुण तथा अनुशासनको विकास गरी नागरिक दायित्व बोध गराउदै श्रमप्रति सम्मान गर्ने संस्कारको विकास गर्ने ।
युवाहरूद्वारा युवाहरूका लागि गरिने कार्यहरूलाई प्रोत्साहित गर्ने नीति निर्माणमा योगदान पुर्‍याउने ।
समाजमा विद्यमान अशिक्षा, गरीबी कुरीति, बिभेद र विषमतालगायतका समस्याहरू हटाउन युवा परिचालन गर्ने ।
परिवर्तनका संवाहक तथा दिगो विकासका उत्प्रेरकका रूपमा युवाभूमिकालाई सुनिश्चित गर्ने ।
युवाहरूमा अन्तर्निहित प्रतिभा, सीप, उद्यमशीलताको विकास गरी उत्पादनशील क्षेत्रमा उपयोग गर्ने,
उच्च शिक्षामा अध्ययन गरिरहेेका र अध्ययन गरिसकेका इच्छुक प्रतिभाशाली युवाहरूलाई सामाजिक सेवामा सहभागी गराउन युवा स्वयम् सेेवकको रूपमा परिचालन गर्ने ।
निजी तथा गैरसरकारी संस्था, स्थानीय निकाय तथा युवाका क्षेत्रमा कार्य गरिरहेका निकायहरूसँग सहकार्य एवम् समन्वय गरी युवाहरूलाई सामाजिक परिवर्तनको वाहकका रूपमा स्थापित गर्ने ।
युवाहरूको क्षमता विकासमा आन्तरिक तथा वाह्य स्रोत एवम् सहयोग बृद्घ िगर्ने ।
साहित्य, संस्कृति, कला , सङ्गीत, अभिनय, खेलकुदजस्ता सिर्जनशील क्षेत्रमा संलग्न युवाहरूको संरक्षण र सम्मान गरी राष्ट्रको गौरव अभिवृद्घ िगर्ने ।
राष्ट्र्रले अन्तराष्ट्रियस्तरमा युवा सम्वन्धी गरेका प्रतिबद्घताहरूको कार्यान्वयन गर्ने ।
महिला, दलित, आदिवासी जनजाति, अपाङ्ग, मधेसी, अल्पसंख्यक तथा पछाडि पारिएका क्षेत्रमा युवालाई राज्यले उपलव्ध्ा गराउँनेसेवा, सुविधा तथा पहु“चमा विशेष प्राथमिकता प्रदान गर्दै , सबै जातजाति, धर्म लिङ्ग, वर्ग र क्षेत्रका युवाहरूको लागि सशक्तिकरण र विकासका लागि समान अवसरहरूको सिर्जना गरी त्यसको उपयोगका लागि अनुकूल वातावरण तयार गर्ने ।
युवाहरूमा सकारात्मक सोच, मनस्थिति र कार्य संस्कृतिको विकास गरी उनीहरूलाई विचलनकारी दर्ूर्व्यसनमूलक र गैरसामाजिक क्रियाकलापबाट मुक्त गर्ने ।
देशको आर्थिक, सामाजिक तथा शासकीय पद्घतिको रूपान्तरणको प्रक्रियामा युवाहरूको भूमिकालाई स्पष्ट गर्दै उनीहरूको संलग्नता बढाउदै लैजाने ।

६.२ रणनीतिहरू ः

यस नीतिका उद्देश्यहरूको प्राप्तीमा लैङ्गीक समान्ाताको सिदान्तलाई अवलम्वन गर्दै लैङ्गीक विश्लेषण तथा लेखा जोखा गर्ने पद्यती अपनाईने छ ।
समाज र राष्ट्रप्रति युवाहरूको भूमिका स्पष्ट गरी नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्न युवा सहभागीतालाई सुनिश्चित्त गर्ने ।
समानुपातिक र समावेशी सिद्घान्त अनुरूप राष्ट्रका नीति निमार्ण्र्ााखि कार्यान्वयन प्रक्रियामा युवाहरूको जनसंख्याको अनुपातमा अर्थपर्ूण्ा र निर्ण्र्ााक सहभागीता सुनिश्ति गर्ने ।
युवा समुदायलाई उत्पादनशील र रचनात्मक क्षेत्रमा परिचालन गर्ने ।
युवाहरूमा स्वतःस्फर्ूत सेवाको भावना जगाउदै दिगो शान्ति निर्माण प्रक्रिया र विकासका क्षेत्रहरूमा सहभागी गराउँने ।
युवासँगको साझेदारीमा युवासँग सम्वन्धित कार्यक्रम सञ्चालन गर्ने ।
राष्ट्रको आर्थिक समुन्नतीका लागि युवाहरूलाई श्रमप्रति सम्मानको भावना विकास गर्दै युवा उद्यमशीलताको विकास गर्ने ।

७) प्रमुख कार्यक्षेत्र

७.१ जीवनयापनका आधारभूत अधिकार
युवाका लागि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य ,रोजगार र सुरक्षाको अधिकारलाई मौलिक अधिकारको रूपमा स्थापित गर्ने ।
युवाका लागि वर्गीय, जातिय, पेशागत, भाषिक, धार्मिक, क्षेत्रीय, लैङ्गकि र अपङ्गाताका आधारमा गरिने हिंसाबाट मुक्त र भयरहीत वातावरणमा आत्मसम्मानका साथ बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्ने ।

७.२ शिक्षा

७.२.१ औपचारिक
उच्च मा.वि.सम्मको शिक्षालाई आधारभूत तहको शिक्षाका रूपमा परिभाषित गर्दै निःशुल्क र अनिवार्य बनाउदै युवाहरूको शिक्षामा पहुचलाई सुनिश्चित गर्ने ।
शिक्षालाई वैज्ञानिक,व्यवहारिक र सीपमूलक बनाउँदै श्रमसँग जोड्ने र आधारभूत शिक्षाको समाप्तीसँगैे सामान्य जीविकोपार्जन गर्न सक्ने बनाउँने ।
शिक्षालाई नेपालका जलसम्पदा, वन सम्पदा, पर्यटकीय सम्पदा, कृषि, पशुपालन, जडीबूटी आदिमा जोड दिई प्राविधिक शिक्षालयहरू स्थापना गरी प्राविधिक जनशक्ति तयार गर्ने ।
प्रतिभावान् युवालाई उच्च शिक्षाका लागि उच्च शिक्षा अध्ययनको व्यवस्थालाई सहज र सुलभ बनाउने र प्राथमिकता र विशेष प्राथमिकता समूहलाई लक्षित कार्यक्रम सञ्चालन गर्ने ।
शिक्षालाई दिगो शान्ति, राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक मूल्य मान्यता, कानुनी राज्य, नागरिक अधिकार एवं दायित्वप्रति उत्तरदायी बनाउने ।
विशेष समूहहरूमा पर्ने युवाहरूको शिक्षाको अवसरलाई बढावा दिनका निम्ति विशेष छात्रवृत्तिको व्यवस्था गर्ने ।
राष्ट्रिय तथा अन्तर्रर्ााट्रय श्रम वजारमा आवश्यक दक्ष जनशक्ति निमार्ण्र्ाार्ने ।
उच्च शिक्षामा अध्ययनरत युवा विधार्थीलाई व्यावहारिक ज्ञान दिलाउन ग्रामीण क्षेत्रको विकासमा स्वयम्सेवाको रूपमा सहभागी गराउँने ।

७.२.२ अनौपचाकि शिक्षा
औपचारिक शिक्षाबाट वञ्चित युवाहरूका लागि विशेष शिक्षा प्रणाली व्यवस्था गरी जीवनलाई सरल बनाउन आवश्यक १ वर्षो सीपमूलक तालिम तथा साक्षरता शिक्षा प्रदान गर्ने ।
नेपालका प्राकृतिक स्रोत साधनको उपयोग हुने गरी पर्यटन, घरेलु उद्योग, कृषि उद्योगका विषयमा विशेष इलम प्रशिक्षण केन्द्रको स्थापना गरी तालिम दिने र सरकारी तथा गैरसरकारी क्षेत्रबाट शिक्षामा भईरहेको लगानीलाई कृषि, पर्यटन, पशुपालन, वन विज्ञान, जडीवूटी उत्पादन तथा प्रशोधन, जलविद्युत् लगायतका क्षेत्रमा समुचित प्रविधिको विकास गर्नका लागि केन्द्रित गर्ने ।
द्वन्द्व, अपहेलना र अभाव आदिका कारणले औपचारिक शिक्षा छोडेका युवाहरूका लागि लक्षित गरी विशेष शिक्षाको व्यवस्था गर्ने ।

७.२.३ युुवाको सशक्तिकरण तथा नेतृत्व विकास
युवा सचेतना एवम् अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने ।
युवाहरूको वैयक्तिक र सामाजिक क्षमता विकास गर्न स्थानीय निकायहरूद्वारा कार्यक्रम सञ्चालन गर्ने ।
स्वदेश तथा विदेशको अनुभव दिलाउन युवा आदान-प्रदान अध्ययन, भ्रमण, देशदर्शन तथा युवा शिविर कार्यक्रम सञ्चालन गर्ने ।
राष्ट्रिय तथा अन्तर्रर्ााट्रयस्तरमा रचनात्मक कार्य गरी ख्याती कमाएका युवाहरूलाई मर्यादित स्थान एवम् सम्मान दिलाउने कार्यक्रम सञ्चालन गर्ने ।
सांस्कृतिक विचलन ,सामन्ती संस्कार र भ्रष्ट संस्कृतिबाट प्रभावित युवाहरूको मनोवृत्तिमा परिवर्तन गर्न युवा जागरण तथा जनचेतना अभियान सञ्चालन गर्ने ।
युवाले नेतृत्व गरेका सङ्घसंस्था, सङ्गठनहरूलाई क्षमता अभिवृद्धि गर्दै राज्यका हरेक क्षेत्रमा विशेष सहुलियत उपलब्ध गराउँने ।
युवाहरूको वृत्ति विकास तथा नेतृत्व विकासका लागि पर्रार्मश तथा सेवा केन्द्रको स्थापना गर्ने ।

७.३ रोजगार
७.३.१ आन्तरिक रोजगार
नेपालमा भौतिक पर्ूवाधारको विकास, जलविद्युत्, सडक र उद्योगको विकासमा लगानी केन्द्रित गर्दै रोजगारी सिर्जनामा जोड दिने ।
स्वरोजगार कार्यक्रमको सञ्चालन गर्ने जसअर्न्तगत व्यावसायिक तालिम प्रदान गर्दै ग्रामीण र कृषि उद्योगमा आधारित उद्योगको विकासमा जोड दिने र रोजगारीको सिर्जना गर्दै युवालाई परिचालन गर्ने ।
युवा व्यावसायिकता तथा उद्यमशीलताको विकास र रोजगारीको सिर्जना गर्नका लागि युवा विकास बैंकको स्थापना गर्ने र प्राविधिक ज्ञान तथा शीप भएका युवाहरूमा उद्यमशीलता विकास गर्न प्रमाण-पत्रको आधारमा युवा मैत्री ऋण र बीउ पँूजी उपलब्ध गराउँने।
एक युवा एक रोजगार प्रत्यक युवा स्वरोजगारको कार्यक्रमलाई लागू गर्दै व्यवस्थित गर्ने ।
श्रमवजार र श्रमशक्ती उत्पादनमा देखिएको बेमेललाई कम गर्दै श्रम बजारमा आवश्यकता अनुरूपको युवा जनशक्ति तयार गर्ने ।
ग्रामीण र शहरी क्षेत्रका युवालाई समन्वय गराउँदै गाउँ-सहर सहकारीहरूको स्थापना र सञ्चालन गर्ने ।
निजी क्षेत्रलाई रोजगारी सिर्जना गर्न र युवालाई रोजगारी दिन प्राथमिकता प्रदान गर्न प्रोत्साहन गर्ने ।
कृषि औजार बीउबिजन आदि उपलब्ध गराउँदै कृषिको आधुनिकीकरण र व्यावसायिकरण गर्न युवहरूलाई प्रोत्साहन गर्ने ।
युवा रोजगार पर््रवर्द्धन केन्द्र स्थापना गरी युवा रोजगार कार्यक्रमलाई समन्वय तथा सञ्चालन गर्ने र रोजगार केन्द्रहरूलाई स्थानीय तहसम्म बिस्तार गर्ने ।
परम्परागत पेशा, सीप, घरेलु सिल्पकलामा भएको लैङ्गीकतामा आधारित भेदभावलाई अन्त्य गरीपरम्परागत पेशालाई आधुनिकीकरण गर्न युवाहरूमा अभिरूचि वर्ढाई त्यस क्षेत्रमा संलग्न युवालाई प्रोत्साहन तथा सम्मान गर्ने, र वजार व्यवस्थापन गर्न वातावरण मिलाउने ।

७.३.२ वैदेशिक रोजगार
वैदेशिक रोजगारमा क्रियाशील दक्ष युवाहरूलाई देशमै फर्काई स्वरोजगार र उद्यमशिलताको वातावरण तयार गर्ने ।
वैदेशिक रोजगारका लागि विदेशिनु अगावै देशभित्रै सरकारीस्तरबाट जनशक्तिको माग अनुरूपको औपचारिक तथा प्राविधिक तालिम दिई तालिमको व्यवस्था गर्दै सहुलियत दरमा ऋणको व्यवस्था गर्ने ।
विदेशमा रहेका युवाहरूको विविध समस्याहरूलाई समाधान गर्न सरकारले आवस्यक संयन्त्र निर्माण गर्ने र युवाहरूलाई वैदेशिक रोजगारका नामबाट ठगिनबाट बचाउँने ।
हाल विदेशमा रहेका महिलाका लागि गुणात्मक र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्ने ।

७.४ सहभागिता तथा परिचालन
७.४.१ राजनीतिक सहभागिता
नेपालको शान्ति प्रक्रिया राज्यको पर्ुनसंरचनाको प्रक्रिया र संविधान निमार्ण्र्ाा्रक्रियामा युवालाई अर्थपर्ूण्ा रूपमा सहभागी गराउँदै त्यसको कार्यान्वयनमा अग्रणी भूमिका निर्वाह गर्ने ।
१६ वर्षो उमेर समूहदेखि नै मताधिकारको व्यवस्था गर्नेर् ।
अन्तर्रर्ााट्रय मञ्चहरूमा युवाको सहभागितालाई सुनिश्चित गर्ने ।
समाजमा प्रभाव पार्नसक्ने हरेक नीति निर्माण योजना निमार्ण्र्ाा कार्यान्वयनका प्रक्रियाहरूमा युवाहरूलाई अर्थपर्ूण्ा रूपमा सहभागीता गराउर्ँर्दै राज्यका हरेक निकायहरूमा युवाको जनसंख्या प्रतिशतका आधारमा समावेसी लैङ्गीक संवेदनशील भई समानुपातिक सहभागीतालाई सुनिश्चित गर्ने ।
देशमा दिगो शान्ति स्थापनाका लागि शान्ति, पर्ुननिर्माण, सत्य निरूपण तथा मेलमिलापका प्रक्रियाहरूमा युवाहरूलाई समावेश गरी, दिगो शान्ति स्थापनातर्फअग्रसर गराउँने।

७.४.२ आर्थिक सहभागिता
नेपालमा युवा उधमशीलताको विकास, युवा सहकारीहरूको निर्माण गाउँ-शहर सहकारी निर्माण, उद्योग व्यापारमा प्राथमिकताहरूको निर्धारण गर्दै युवालाई देशको आर्थिक विकासका पक्षहरूमा सहभागी गराउँने।
युवाहरूलाई आर्थिक क्षेत्रका व्यवस्था, प्रक्रिया, नीति निर्माण र निर्ण्र्ााप्र्रक्रियाहरूमा सहभागी गराउने,
देशका प्राकृतिक स्रोत साधनहरूको सन्तुलित उपयोगमा समुदायको पहुँच कायम गर्दै युवाहरूलाई परिचालन गर्ने ।
युवालाई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउन, तिनलाई नेपालमा रहेका पर्यटन, जलविद्युत्, जडीबूटी, वन सम्पदा र कृषि क्षेत्रका आर्थिक सम्भाबनाका बारेमा प्रशिक्षित गर्दै यस क्षेत्रमा लगानीका लागि प्रोत्साहित गर्ने ।
युवा उद्यमशीलता र व्यवसायिकताको विकासका लागि युवाहरूलाई विशेष सहुलियत निर्धारण गर्ने र देशको आर्थिक जीवनमा सरिक बनाउने ।

७.४.३ सामाजिक सहभागिता
समाजका हरेक तहका सामाजिक प्रक्रियाहरूमा युवाहरूको अर्थपर्ूण्ा सहभागिता सुनिश्चित गर्ने ।
विद्यालय व्यवस्थापन, सामाजिक विकास कार्यका लागि सञ्चालित सडक निर्माण, सामुदायिक व्यवस्थापन, समुदायमा आधारित विविध सङ्गठनहरूमा युवालाई सरिक गराउँने।
युवालाई समाजप्रति उत्तरदायी बनाउने र सामाजिक रूपान्तरणका बाहकका रूपमा परिचालित गर्ने ।
युवाहरूलाई सामाजिक कार्यक्रममा हिस्सेदारका रूपमा सक्रिय सहभागी गर्राई सामाजिक जवाफदेहिता र उत्तरदायित्व बहन गर्ने वातावरण सिर्जना गर्ने ।

७.४.४ सांस्कृतिक सहभागिता
युवाहरू नै संस्कार र संस्कृति निमार्ण्र्ाा संवाहक भएको हुँदा आम नेपाली युवालाई सांस्कृतिक बिचलनबाट मुक्त गराउँदै जनमुखी र प्रगतिशील संस्कृतिको निर्माणमा सहभागी गराउने,
छुवाछुत, झुमा, देउकी,वादी, कमाराकमारी, हलिया, हरूवा, कमैया, दाईजो, छाउपडी प्रथाजस्ता कुरीति, अन्धविश्वास, र सामन्ती चिन्तनबाट ग्रसित बिकृत संस्कृतिका बिरूद्ध आम युवालाई परिचालन गर्दै जनमुखी र लोकतान्त्रिक संस्कृतिलाई स्थापित गर्ने ।
हरेक राष्ट्रिय सांस्कृतिक पर्वहरूमा युवालाई स्वयम् सेवकको रूपमा परिचालन गर्ने ।
महिला र पुरूषबीच समानताको संस्कृति विकास गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।
७.४.५ युवा परिचालन
युवालाई सही विचार र दृष्टिकोण निर्माण र विकासको वातावरण तयार गरी कमिशनतन्त्र र भ्रष्टाचारका सामाजिक, सांस्कृतिक कुरिती कुस्ास्कारका विरूद्ध सशक्त रूपमा परिचालन गर्ने ।
विकासका हरेक क्षेत्रमा युवा संलग्नता अभिवृद्धि गरी परिवर्तनका संवाहकका रूपमा युवालाई परिचालन गर्ने ।
एकवर्षो स्वयम्सेवक सेवालाई लागू गर्दै युवाहरूलाई स्वंयम सेवक तालिम दिई देशका आर्थिक, सामाजिक रूपान्तरण तथा विकासमा सरिक गराउँने र राज्यमा आइपर्ने बिपत्ति, दर्ुघटना तथा आपतकालीन अवस्थामा उद्घार कार्य गर्न युवा परिचालन गर्ने ।
लोकतान्त्रिक मूल्य मान्यता र सस्कृतिको विकास र पर््रवधनमा युवा परिचालन गर्ने ।

र् ाई सहि विचार र दृष्टिकोण जना गर्नका लागि ७.५ स्वास्थ्य तथा परिवार कल्याण
७.५.१. आधारभूत स्वास्थ्य सेवा
युवाहरूमा आधारभूत स्वास्थ्य सेवालाई ग्यारेण्टी गर्दै स्वास्थ्यसम्वन्धी सूचनामा पहुँच कायम गर्ने ।
स्वास्थ्य शिक्षालाई प्रारम्भिक तहको पाठ्यक्रममा समावेश गरी शुद्ध खानेपानी, स्वस्थ जीवनशैली, पोषण, स्वास्थ्य वातावरण, जोखिम मुक्त काम आदिको वारेमा प्रशिक्षित गर्ने ।
औपचारिक शिक्षाबाट वञ्चित युवालाई विशेष शिपमलकु तालिमहरूको व्यवस्था गरी स्वास्थ्य शिक्षा प्रदान गर्ने ।
युवालाई यौन स्व्ाास्थ्य सुरक्षा सम्वन्धी शिक्षा प्रदान गर्दै सबै प्रकारका यौन जन्य हिंसाबाट मुक्त गराउँदै सुरक्षित र सकारात्मक यौन व्यवहार अपनाउन प्रोत्साहित गर्ने ।

७.५.२ एच. आई. भी./एड्स
एच.आई.भी./एड्सका सम्भावीत जोखिमवारे आम नेपाली युवालाई जनचेतनामार्फ् सचेत गराउँदै त्यसबाट बचाउँने ।
यौन शिक्षा लागू गर्दै असुरक्षित यौन व्यवहार, सरूवा यौन रोग र अन्य रोगहरूबाट युवालाई जोखिममुक्त गराउँन, स्वास्थ्यसम्वन्धी पर्रार्मश सेवा केन्द्रहरूको स्थापना गर्ने ।
एच.आई.भी/एड्स सङ्क्रमित युवाहरूको लागि विशेष पर्रार्मश सेवा केन्द्रहरू सञ्चालन गर्ने र एन्टी रिट्रोभाइडेरल औषधिहरूलाई निःशुल्क, सुलभ र नियमित रूपमा उपलब्ध गराउँने ।
एच.आई.भी. सङ्क्रमितहरूलाई हुनेगरेका सबै खाले सामाजिक हिंसाबाट मुक्त गराउँदै सीपमूलक शिक्षा दिई समाजमा सम्मानीत र सहज जीवनयापनको वातावरण तयार गर्ने ।

७.५.३. कुपोषण र स्वास्थ्य
युवामा कृषि क्षेत्रको उद्यमशीलताको विकास गर्दै, कृषि पेशालाई सम्मानीत, आयमूलक बनाउने र खाद्य उत्पादनलाई बढाउने ।
युवालाई भूमिमा विशेष अधिकारको व्यवस्था गरी कृषि ऋण उपलब्ध गराउँनेर खाद्य उत्पादनमा लाग्न प्रोत्साहित गर्ने ।
जोखिमपर्ूण्ा कामबाट युवालाई मुक्त गराउँने।
युवाहरूको खाद्य अधिकारलाई सुरक्षित गर्दै कुपोषणबाट बचाउँनका लागि आहारविहार, सरसफाइमा ध्यान दिने स्वस्थ्यकर बानी बसाल्नु युवालाई प्रशिक्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने ।
भोकमरी र कुपोषणबाट प्रभावित युवाहरूको पहिचान गरी उनीहरूप्रति लक्षित विशेष कार्यक्रम लागू गर्ने ।

७.५.४. सुखद् जीवनयापन
दाम्पत्य जीवनसँग सम्वन्धित विषयमा युवालाई समस्या पर्दा शारीरिक, मनोवैज्ञानिक तथा संवेदनशिल विषयमा परामर्शका लागि युवा सूचना तथा परामर्श केन्द्रको स्थापना गर्ने ।
युवाहरूको पारिवारिक जीवनलाई सहज र सुमधुर बनाउन विशेष कार्यक्रमहरू सञ्चालन गर्ने ।
नेपाली युवालाई सुमधुर पारिवारिक जीवनयापनमा प्रोत्साहित गदै घरेलु हिंसा, यौनजन्य हिंसाका विरूद्ध परिचालन गर्ने ।
बाल विवाह,अनमेल विवाह, वहु विवाहलाई अन्त्य गर्ने एवं एकल महिला विवाहलाई प्रोत्साहित गर्ने ।

७.५.५ प्रजनन् स्वास्थ्य
परिवार नियोजन, मातृशिशु स्याहार, मातृत्व अधिकार, शिशु जन्मान्तरजस्ता विषयमा युवाहरूलाई प्रशिक्षित गर्ने ।
महिला युवाहरूको प्रजनन् अधिकारलाई स्थापित गर्दै उनीहरूको प्रजनन् स्वास्थ्य स्थितिमा सुधार ल्याउन विशेष कार्यक्रम सञ्चालन गर्ने ।

७.५.६ मानसिक स्वास्थ्य
युवाहरूको मानसिक स्वास्थ्य अभिवृद्धिका लागि राष्ट्रव्यापी जनचेतनाका कार्यक्रम सञ्चालन गर्दै युवाहरूलाई मानसिक स्वास्थप्रति जागरूक बनाउने ।
मानसिक अस्वस्थ्यता वेहोरिरहेका युवाहरूको उपचार र समाजमा पर्ुनस्थापनका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्ने ।

७.६ सामाजिक सुरक्षा
बेरोजगार युवाहरूलाई रोजगारीको व्यवस्थ्ाा नहुँदासम्म सामाजिक बेरोजगारी भत्ताको क्रमशः व्यवस्था गर्ने ।
युवाका लागि स्वास्थ्य, वृत्ति विकास लगायतका क्षेत्रमा पर्रार्मश सेवा उपलब्ध गराउँने।
राज्यका तर्फाट युवाहरूको स्वास्थ्य अधिकारको रक्षाको लागि स्वास्थ्य वीमाको व्यवस्था गर्ने ।
विशेष समूहमा पर्ने युवाहरूलाई सामाजिक सुरक्षाका विषयहरूमा प्राथमिकता दिने ।
युवा महिलाहरूलाई गर्भवती र सुत्केरी हुँदाको हेरचाहलाई राज्यको दायित्वको रूपमा स्थापित गर्ने ।

७.७ कला, संस्कृति, खेलकुद तथा मनोरञ्जन
नेपालमा रहेका विभिन्न कला र सांस्कृतिक धरोहरहरूलाई संरक्षण र सर्म्बर्धन गर्न युवालाई प्रशिक्षित गर्दै सहभागी बनाउने ।
राष्ट्र र जनताका सेवामा अभ्रि्रेरित गर्न जनताको मानसिक र स्वास्थ्य तन्दुरूस्ती राख्ने कुरालाई ध्यान दिँदै खेलकुदको क्षेत्रमा राष्ट्रकै गौरव र प्रतिष्ठा बढाउने ढङ्गले खेलकुद क्षेत्रलाई संस्थ्ाागत रूपमा विकास गराउन विशेष जोड दिने ।
खेलकुद तथा कला साहित्यको विकासको लागि स्कूल र क्याम्पस तहदेखि नै योजनाबद्ध ढङ्गले नियमित रूपमा प्रशिक्षण गराउँने र स्वस्थय प्रतिस्पर्धाको आधारमा राष्ट्रियस्तरका खेलाडीहरू, कलाकारहरू र साहित्यकारहरूको विकास गराउँने ।
विभिन्न साहित्यिक स्ांस्था, सास्कृतिक समुहरू, नाट्य मण्डलीहरू, खेलकुद क्लवहरूकालाई प्रोत्साहित गर्न आर्कषक पुरस्कार, सम्मान र आर्थिक तथा भौतिक सुविधा प्रदान गर्ने ।
युवाहरूको शारीरिक तथा मानसिक विकास गर्न विद्यालयस्तरदेखि नै विभिन्न खेलकुद तथा कला साहित्य सम्वन्धी सहक्रियाकलाप सञ्चालन गर्ने ।
युवाहरू माझ खेलकुद, सिर्जनशीलता तथा अभिव्यक्तिशील कलाप्रति अभिरूचि वढाउन प्रशिक्षण, प्रतिस्पर्धा एवम् प्रोत्साहन व्यवस्था गर्ने र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता वर्ढाई राष्ट्रको गौरव वढाउँने ।
टोल, गाउँ नगर जिल्लामा सास्ंकृतिक तथा खेलकुद केन्द्र खोली सांस्कृतिक कला र खेलकुदको विकास गर्न स्थानीय निकायहरू परिचालन गर्ने ।
खेलकुदमा महिला सहभागिताको गुणात्मक विस्तारका लागि सम्भाव्यताका आधारमा महिला युवाका लागि उपयक्त हुने खेलकुदको विकास गरी सहभागिताका लागि प्रोत्साहन प्रदान गर्ने तथा प्रतियोगिताको आयोजना गर्ने ।
अपाङ्गता भएका युुवाहरू विच मैत्री खेलको विकास गरी उनीहरूको खेलकुद क्षेत्रमा सहभागितालाई वढाउने ।

७.८ लागू पदार्थ दर्ुर्व्यसन
युवा दर्ुर्व्यसन र बिकृतिलाई निरूत्साहित गर्न निरोधात्मक तथा उपचारात्मक कार्यक्रमहरू सञ्चालन गर्ने ,सरकारी, राजनीतिक संगठन र गैरसरकारी संघ संस्थाहरूलाई व्यापक परिचालित गर्ने ।
लागूऔषध प्रयोगकर्तालाई पर्ुनस्थापना गर्न परामर्श तथा पर्ुनस्थ्ाापना केन्द्रहरू सञ्चालन गर्ने ।
पर्ुनस्थापित लागूऔषध प्रयोगकर्तालाई रोजगारीकेा व्यवस्था गरी उनीहरूको सामाजिक जीवनलाई सहज बनाउने ।
१८ वर्षन्दा मुनिका युवाहरूको, मदिराजन्य र सर्ुर्तीजन्य पर््रदाथको खरिद बिक्रिमा रोक लगाउने ।

७.९ मानव तस्करी तथा मानव बेचबिखन
विभिन्न मुलुकबाट भईरहेको नेपाली युवाहरूको तस्करी रोक्न कडा कानुनी व्यवस्था गर्ने ।
असुरक्षित गन्तव्यमा अन्य मुलुकहरूबाट भईरहेको नेपालीहरूको गमनलाई कर्डाईका साथ रोक लगाउने ।
मुलुक भित्र र वाहिर हुने गरेको मानव वेचविखनलाई रोक्न विशेष कार्यक्रम सञ्चालित गर्ने र यसको जोखिममा रहेका समुदायलाई शिक्षा, रोजगारीका लागि विशेष प्राथमिकता प्रदान गर्ने ।
बेचबिखनमा परेका तथा वैदेशिक रोजगारीका नाउँमा ठगिएका युवाहरूलाई, नेपाल फर्काउने विशेष प्रबन्ध गर्दै तिनलाई नेपाली समाजमा सहज जीवनयापन गर्नसक्ने गरी पुनर्स्थापित गर्ने ।
अन्तरसीमा क्षेत्रमा महिला युवालाई संगठित गरी मानव ओसारपसार तथा बेचविखनको रोकथाम तथा नियन्त्रण गर्ने ।
मानव तस्करी र मानव बेचविखनमा संलग्न दोषीलाई कडा कारवाहीको व्यवस्थाका गर्ने ।

७.१० वातावरण संरक्षण र दिगो विकास
युवाहरूलाई विश्व तापक्रम वृद्धि, अन्तरिक्ष प्रदुषण, जलवायु प्रदूषण, प्राकृतिक स्रोतको अव्यवस्थित र अतिदोहनलाई रोक्न वातावरण संरक्षणसम्वन्धी प्रशिक्षणमूलक कार्यक्रमहरू सञ्चालन गर्ने ।
वातावरण संरक्षण सर्म्वर्द्धन र पर््रवधन गर्ने कार्यमा आम युवालाई सहभागी बनाउने ।
दिगो विकास तथा वातावरण संरक्षणमा युवा तथा युवा समूहहरूको सहभागिता बढाउने ।

७.११ विज्ञान तथा सूचना प्रविधि
नेपाली युवामा रहेका विज्ञान तथा प्रविधि क्षेत्रका विशिष्ट प्र्रतिभाहरूलाई प्रोत्साहन गर्ने तथा उनीहरूलाई विदेशमा अध्ययन तथा तालिमको व्यवस्था गरी स्वदेशमा सम्मानीत स्थान दिने वातावरण तयार गर्ने ।
नेपालका प्राकृतिक स्रोत साधनको उपयोग, कृषि, पशुपालन जडीबुटी उत्पादन तथा प्रशोधन, जलविद्युत्का क्षेत्रमा उन्नत प्रविधिको विकासमा मेधावी युवाहरूलाई आकषिर्त गर्न विशेष छात्रवृत्तिको व्यवस्था गर्ने ।
सूचना तथा सञ्चार प्रविधिमा आम नेपाली युवाहरूको पहुँच कायम गर्ने ।
वञ्चितीमा परेका सिमान्तकृत विशेष समूहमा परेका, सूचना पहुँच स्थापित नभएका युवाहरूलाई सूचना प्रविधिसम्वन्धी तालिम सञ्चालन गर्ने ।
विश्वव्यापीकरणको यस युगमा आम नेपाली युवालाई सूचना र सञ्चार प्रविधिमा दक्ष बनाउदै विश्व श्रमबजारमा रहेको प्रतिस्पर्धामा खरो उतार्न सक्ने गरी तयार गर्ने ।

७.१२ युवा अपराध तथा हिंसामा संलग्नता
विभिन्न प्रकारका हिंसामा देखिएको युवाहरूको संलग्नतालाई निरूत्साहित गर्न विशेष कार्यक्रमहरू सञ्चालन गर्ने ।
युवाहरूको आपराधिक गिरोहमा संलग्नता, गैरकानुनी क्रियाकलापमा संलग्नता, यौन व्यवसाय , चोरी डकैतीलगायतका असामाजिक क्रियाकलापमा हुनसक्ने संलग्नतालाई निरूत्सांहित गर्न जोखिममा रहेका युवाहरूलाई शिक्षा र रोजगारीको विशेष प्रबन्ध मिलाउने ।
अपराध, हिंसा, गैरकानुनी तथा गैरसामाजिक क्रियाकलापमा संलग्न युवाहरूलाई पुनस्र्थ्ाापित गर्ने र समाजमा सहज जीवनयापनको वातावरण मिलाउने ।

७.१३ दिगो शान्ति स्थापना र द्वन्द्व समाधानमा युवा सहभागिता
शान्ति स्थापना, मेलमिलाप, सत्यनिरूपणका प्रकृयाहरूमा लैङ्गीक संवेदनशिल भई युवाहरूको र्सार्थक सहभागिता सुनिश्चित गर्ने ।
युवा संघ, संगठन तथा संस्थाहरूलाई शान्ति स्थापना तथा द्वन्द्व समाधानमा सहभागि बनाउने ।र्
वर्ग, जाति, भाषा, क्षेत्र र लिङ्गका आधारमा देखिएका विभाजनलाई कम गर्न युवाहरूलाई प्रशिक्षित र परिचालित गर्ने ।

७.१४ समविकास
सामाजिक समाबेशीकरणको नीति कार्यान्वयन गर्न ग्रामीण सीमान्तकृत, आदिवासी जनजाति, पछाडी परिएका, महिला, अपाङ्गता भएका ,शारीरिक वेचबिखनमा परेका र शिक्षाबाट वञ्चित रहेका युवाहरूलाई दृष्टिगत गरी विषेश कार्यक्रम सञ्चालन गर्ने ।
आर्थिक दुरावस्थाबाट गुज्रेका युवाहरूको प्रतिभा पहिचान गरीराज्यले उनीहरूको विकासमा सहयोग गर्ने ।
अध्ययन तथा छात्रवृत्तिका लागि महिला, दलित, जनजाति, अपाङ्गता भएका, मधेशी तथा कर्ण्ााली पछाडी पारिएका क्षेत्रका गरीवीको रेखामुनि रहेका युवाहरूलाई सकारात्मक विभेदको कार्यक्रममार्फ् राष्ट्रिय मुलधारमा ल्याउने ।
पछाडी पारिएका, दलित, आदिवासी, जनजाति, लोपोन्मुख, सिमान्तकृत,अल्पसंख्यक र अपाङ्गता भएका युवाहरूका लागि शिक्षाको प्रचार प्रसार गर्न शिक्षित र सक्षम युवालाई संवाहकका रूपमा परिचालन गर्ने ।

८ विशेष समूहगत मुद्दाहरू
८.१ प्राथमिकताको समूह ः
महिला, आदिवासी, जनजाति, दलित, मधेशी, ग्रामीण र किसान युवाहरूलाई प्राथमिकतका समूह भनिएको छ । यस समूहमा पर्ने युवाहरूलाई निर्धारित कार्यक्षेत्रहरू सवैमा प्राथमिकताको निर्धारण गरी राष्ट्रिय मूल प्रवाहमा समाहित गरिने छ ।

८ .२ . विशेष प्राथमिकताका समुहः
द्वन्द्व पीडित, जोखिममा परेका युवा, वैदेशिक रोजगारमा कार्यरत युवा, अपाङ्गता भएका युवा, पछाडी पारिएका र सीमान्तकृत अल्पसंख्यक समुदायका युवा विशेष पर््रार्थमिकताका समूहमा रहने छन् । यस समुहमा पर्ने युवाहरूलाई माथि निर्धारित कार्यक्षेत्रहरू सवैमा विशेष पर््रार्थमिकताको निधार्रण्ा गरी राष्ट्रिय मूल प्रवाहमा समाहित गरिने छ ।

८.२.१ अपाङ्गता भएका युवाहरू
यस समूहमा सवै प्रकारका शारिरीक र मानसिक लगायत सबै प्रकारका अपङ्गता भएका युवाहरू प्ार्ने छन् ।

अपाङ्गता भएका युवाहरूले शिक्षा सहज ढंगले ग्रहण गर्न सक्ने गरी विशेष शिक्षण पद्धति र अपाङ्गता भएका व्यक्ति विशेष सुविधायुक्त विद्यालय र शैक्षिक केन्द्रहरू स्थापना गरी शिक्षाको अधिकारलाई स्थापित गर्ने ।
विशिष्ठ क्षमता अनुसारको शीपमूलक र व्यवस्ाायिक शिक्षा प्रदान गर्दै अपाङ्गता भएका व्यक्तीहरूले कार्यसम्पादन गर्न सक्ने क्षमता अनुसार रोजगारीको व्यवस्था गर्ने ।
र्सार्वजनिक यातायात, भवन , शौचालय लगायतका स्थान वा सेवालाई अपाङ्गता भएका व्यक्ति सुलभ बनाउने र विशेष सुविधा प्रदान गर्ने ।
अपाङ्गता भएका युवाहरूलाई आवश्यक पर्ने सहयोगी सामाग्रीहरूलाई सहज र सुलभ ढंगले उपलब्ध गराउँने।
अपाङ्गता भएका युवाहरूप्रति समाजले गरेको मानवअधिकारको हनन् , सामाजिक वहिस्करण , अवहेलना , वञ्चितिकरण लगायतका सवै प्रकारका विभेदलाई अन्त्य गर्ने ।

८.२.२ जोखिममा रहेका युवा
एच आइ भी /एड्स संक्रमीत युवाहरू , वेचविखनमा परेका युवाहरू विशेष गरी महिला युवा, लागू औषधको प्रयोगकर्ता युवा यौन व्यवसायमा संलग्न युवा, मुक्त कमैया युवा सडक युवहरूलाई जोखिमा परेका युवाहरूको समुहमा राखिनु पर्ने ।
जोखिममा परेका युवा प्रति समाजले गरेका मानवअधिकारको हनन् , सामाजिक अवहेलना वञ्चितिकरण र वहिस्करण लगायतका सवै प्रकारका विभेदलाई अन्त्य गर्ने ।
यस समुहमा रहेका युवाहरूको उपचार एवं पर्ुनस्थापनाका कार्यक्रम सञ्चालन गर्दै शीपमुलक र व्यवसायिक शिक्षा प्रदान गर्दै उचित रोजगारीको व्यवस्था गरीसमाजमा पुनस्थापित गर्ने ।

८.२.३ वैदेशिक रोजगारमा कार्यरत युवा
सम्झौता अनुरूपको निर्धारित काम र सेवा सुविधा उपलब्ध गराउनेेे विषयमा कुटनीतिक पहल र पर््रयत्न गर्ने ।
मृत्यु, अंगभंग, शारीरिक एवं मानसिक , शोषण र विभेदमा परेका युवालाई क्षतिपर्ुर्ती दिलाउन उचित पहल गर्दै उनीहरूलाई उद्धार गरीनेपालमा पर्ुनस्थापना गर्ने ।
विभिन्न कारणले अन्यायमा परेका, हिरासतमा परेका, जेलमा परेका ,कामबाट निकालिएका सेवा सुविधा पाउन नसकेका युवालाई त्यस क्षेत्र हर्ेन दुतावास मार्फ कानूनी सेवा उपलब्ध गर्राई उनीहरूको श्रमिक अधिकारको रक्षा गर्ने ।

८.२.४ द्वन्द्व पीडित युवा
यस समुहमा सशस्त्र द्वन्दकाल र पछिको समयमा राज्यपक्ष वा सशस्त्र र्सर्ंघषरत समूहहरूबाट हत्या गरिएका अङभग वनाईएका तथा विस्थापित भएका युवाहरू पर्ने छन् ।
यस समूहमा पर्ने युवाहरूलाई शिक्षा , स्वास्थ्य र रोजगारीका क्षेत्रमा विशेष प्राथमिकता प्रदान गर्ने ।
यस समूहका विस्थापित युवाहरूलाई तुरून्त पर्ुनस्थापना गर्ने ।
यस समूहमा पर्ने युवाहरूलाई शीपमूलक तालिमको व्यवस्था गरी रोजगारीको उचित प्रवन्ध गर्ने ।

८.२.५ मजदुर युवा
आठ घन्टे कार्यदिवस र न्युनतम ज्यालादारको निर्धारण गरी त्यसलाई प्रभावकारी वनाउने । युवा मज्ादूरहरूलाई कार्यथलोमा हुने शारीरिक एवं मानसिक शोषण र विभेदको अन्त्य गर्ने ।
सुरक्षीत र स्वस्थ्य कामको प्रत्याभूति दिदै श्रमिक अधिकारलाई स्थापित गर्ने ।
सबै प्रकारका बधँुवा मजदूर प्रथालाई अन्त्य गर्ने ।
समान कामको समान ज्यालाको प्रणाली लागू गर्ने ।
८.२.६ पछाडी पारिएका अल्पसंख्यक सीमान्तकृत युवाहरू
कर्ण्र्ााी लगायत भौगोलिक विकटता, जातियभाषिक, सांस्कृतिक, क्षेत्रीय, वर्गीय, लिङ्गीय, अपाङ्गताका आधारमा राज्य तथा गैरराज्यका सेवा सुवीधाबाट वञ्चित, सीमान्तकृत तथा राष्ट्रिय विकासको मूल प्रवाहमा आउन नसकेका युवाहरूलाई यस समुहमा राखिएको छ ।
यस समुहमा पर्ने युवाहरूको प्राकृतिक, सामाजिक, सांस्कृतिक एवं परम्परागत श्रोत माथि पहुँच कायम गर्ने ।
यस समुहका युवाहरूका परम्परागत पेशा सीपको संरक्षण, र्सर्म्वधन र आधुनिकीकरणमा विषेश जोड दिने ।
यस समूहमा पर्ने युवाहरूलाई शसक्तिकरण र अभिमुखीकरण गर्दै राष्ट्रिय विकासको मूलधारमा समाहित गर्ने ।
शिक्षा, स्वास्थ्ा र रोजगारिको क्षेत्रमा यस समूहका युवालाई विशेष प्राथमिकता प्रदान गर्ने ।

९ साझेदारी
युवा समुदायको विकास गर्न सरकार, युवा संघ-सङ्गठन, दातृ समुदाय, गैरसरकारी संस्थाहरू, स्थानीय निकाय र निजी क्षेत्रको साझेदारीमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने ।
अन्तर्रर्ााट्रयस्तरमा नेपालले गरेका प्रतिवद्धताहरू कार्यान्वयन गर्न उपयुक्त कार्यक्रमहरू तर्जुमा गर्ने ।
गैरआवासीय नेपाली युवाहरूलाई लगानीको उपयुक्त नीति र वातावरण बनाई लगानीका लागि आकषिर्त गर्ने ।
सरकारी तथा गैरसरकारी निकायहरूसँगको सहभागितामा शान्ति र विकासका क्षेत्रहरूमा युवासँग साझेदारी गर्ने र युवासम्वन्धी कार्यक्रम सञ्चालनका लागि राष्ट्रिय युवा कोष स्थापना गर्ने ।
यस नीतिले प्राथमिकता निर्धारण गरिएका क्षेत्रमा गरिने लगानीलाई प्रोत्साहन गरिने छ ।

१० कार्यान्वयन संयन्त्र तथा संस्थागत व्यवस्था
१०.१ सरकारी क्षेत्र
राष्ट्रिय युवा नीति २०६५ को कार्यान्वयनका लागि केन्द्रीय निकायका रूपमा राष्ट्रिय युवा परिषद् रहनेछ छ । स्थानीय निकाय तथा अन्य गैरसरकारी निकायहरूले युवासम्वन्धी कार्यक्रम सञ्चालन गर्नेछन् । युवा तथा खेलकुद मन्त्रालयले युवासम्वन्धी कार्यक्रम तथा नीतिहरूको समन्वय, सहजीकरण, नियमन र अनुगमन तथा मूल्याङ्कन गर्नेछ ।

१०.२ गैरसरकारी क्षेत्र
युवासम्वन्धी कार्यक्रमहरू सञ्चालन गर्न युवा सङ्घ सङ्गठनहरू, राष्ट्रिय तथा अन्तर्रर्ााट्रय गैरसरकारी सङ्घ संस्थाहरू, निजी क्षेत्र, नागरिक समाज र स्थानीय निकायहरूलाई प्रोत्साहन तथा परिचालन गरी उपयुक्त वातावरण सिर्जना गरिने छ । यस्ता संघ- सस्थाहरूलाई साझेदारको रूपमा लिइने छ । यस कार्यको निर्देशन तथा समन्वय राष्ट्रिय युवा परिषद्ले गर्नेछ ।

११ सङ्गठनात्मक स्वरूप
११.१ राष्ट्रिय युवा परिषद्

राष्ट्रिय युवा परिषद्को सञ्चालनका लागि छुटै युवा परिषद् ऐनको तर्जुमा गरिने छ । नेपाल सरकारले युवा मन्त्रालयको सिफारिसमा ३ वर्षो कार्यकाल र २५ सदस्य रहेको स्वायत्त र कार्यकारी राष्ट्रिय युवापरिषद्को गठन गर्ने छ । माननीय युवा मन्त्री पदेन अध्यक्ष रहने व्यवस्था गरिने छ । यसको कार्यकारी उपाध्यक्ष र निर्देशक युवा मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्को वैठकले मनोनित गर्ने छ । बा“की सदस्यहरूको हकमा आम निर्वाचनबाट प्राप्त परिणामका आधारमा राष्ट्रिय राजनीतिक दलका सिफारिसमा र विशेष समूह तथा युवा सरोकारका क्षेत्रमा क्रियाशील युवाहरूमध्येबाट समावेशी प्रतिनिधित्व गराइने छ । राष्ट्रिय युवा परिषद्को स्थानीय तहसम्म विस्तार गरिने छ । राष्ट्रिय युवा परिषद्मा ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गरिने छ । राष्ट्रिय युवा परिषद्को मातहतमा युवा सूचना तथा अनुसन्धान केन्द्र,युवा पर्रार्मश तथा सेवा केन्द्र र युवा रोजगार पर््रवर्द्धन केन्द्र समेत रहने छन् । राष्ट्रिय युवा परिषद्ले युवासम्बन्धी नीति निर्माण तथा कार्यक्रमहरू निर्माण एवम् कार्यान्वयन गर्नेछ ।

१२ राष्ट्रिय युवा कोषको व्यवस्था
युवा परिषद्ले तोकिएबमोजिम सञ्चालन गर्ने गरी एक राष्ट्रिय युवा कोष खडा गरिने छ ।
मदिराजन्य, तथा सर्ूर्तीजन्य पदार्थमा युवा कल्याण कर लागू गरी यसलाई राष्ट्रिय युवा कोषमा जम्मा गरी परिचालित गरिने छ ।
राष्ट्रिय युवा कोषमा नेपाल सरकारको अनुदान रकम, स्वदेश्ाी र वैदेशिक सहयोग रकम, दान, उपहार, चन्दा र अन्य स्रोतहरूबाट प्राप्त रकम रहने छ ।
आर्थिक सङ्कलनका लागि राष्ट्रिय युवा परिषद्ले विभिन्न कार्यक्रम सञ्चालन गर्न सक्ने छ ।
राष्ट्रिय वजेटमा समेत राष्ट्रिय युवा कोषका लागि निश्चित रकमको व्यवस्था गरिने छ ।

१३ अनुगमन र मूल्यांकन

यस राष्ट्रिय युवानीति कार्यान्वयन गर्दा यसले प्राप्त गर्ने प्रतिफल र उद्देश्यहरू पर्ूण्ा वा आंशिक रूपमा पूरा भए, भएनन् सोको अनुगमन र मूल्यांकन गर्ने संयन्त्रका रूपमा नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय रहने छ । यो राष्ट्रिय युवानीति प्रत्येक ५ वर्षा नियमित रूपमा परिर्माजन र सुधार गर्न सकिने छ भने यस राष्ट्रिय युवानीतिको तर्जुमा गर्दा वृहद राष्ट्रिय युवा र्सर्वेक्षण गरिनसकेकाले, जनसंख्या विभागले गर्दै गरेको किशोर तथा युवा र्सर्वेक्षण पश्चात यस नीतिलाई आवश्यकता अनुसार परिर्माजन गर्न सकिने छ ।

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?