लौ घट्यो कुखुरको मासुको मूल्य १० रुपैयाँ


मासुका पारखीहरुलको लागि खुसीको खबर, खुकुराको मासुको मूल्य प्रतिकेजी १० रुपैयाँले घटेको छ । कुखुरापालक किसानले जिउँदो कुखुरा बिक्री गर्दा किलोको १ सय ६० रुपैयाँ पाउने गरेकोमा त्यसमा १० रुपैयाँ घटाएर १ सय ५० रुपैयाँ मूल्य तोकिएको छ । जिउँदो कुखुराको मूल्य घटेपछि मासुको खुद्रा मूल्य किलोको १४ देखि १५ रुपैयाँसम्म घट्ने छ ।

काठमाडौंमा कुखुराको मासुको खुद्रा मूल्य २ सय ४० देखि २ सय ५० रुपैयाँसम्म छ । जिउँदो कुखुराको मूल्य घटा तयारी मासुको मूल्य प्रतिकिलो १४ देखि १५ रुपैयाँसम्म घट्ने व्यबसायीले वताए ।

गर्मी बढेको हुादा अहिले राजधानीमा कुखुराको मासुको बिक्री ३० प्रतिशतले घटेको छ । कुखुरालाई जोगाएर राख्दा झन् बढी महगोमा बेच्नु पर्ने भएकाले सस्तोमा नै बिक्री गर्ने निर्णय किसानले गरेका हुन् । कुखुरालाई लामो समय पाल्दा दाना धेरै खान्छ ।

साताको १८ लाख किलो कुखुराको मासु खपत हुन्छ । गर्मी भन्दा जाडो समयमा मासुको खपत बढी हुन्छ । अहिले गर्मी बढेको हुँदा मासुको माग ३० प्रतिशतले घटेको हो ।

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?