चार वर्षमा पनि राहत नपाएको पीडितहरूको गुनासो


माओवादीले सबैभन्दा बढी मानिसको ज्यान जाने गरी चितवनको बादरमुँढेमा बम विस्फोट गराएको शनिबार चार वर्ष पुगेको छ।
अड्तीस जनाको ज्यान जाने गरी एउटा यात्रुवाहक बसमाथि गराइएको बम विष्फोटनलाई माडीबासीले अझ बिर्सन सकेका छैनन्।

बाँदरमुढे घटनामा ७२ जना घाईते भएका थिए।

घटना घटेको चार वर्ष बितिसक्दा पनि पीडितहरुले अझैसम्म राहत नपाएको र माओवादीका अध्यक्ष प्रधानमन्त्री हुँदा समेत उनीहरूलाई एक पटकपनि नसम्झिएको घटना-पीडित समितिका अध्यक्ष मुक्तीनाथ न्यौपानेले बताए ।


माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाँदरमुढे घटना पीडितहरूबीच चितवनको फूलबारीमा भएको वार्तामा प्रचण्डले प्याकेज कार्यक्रमका साथ माडी आउने आश्वासन दिएका थिए।

उक्त घटनामा घाईते भएका १०।१२ जना अझै पनि उपचारको क्रममा रहेका छन्।

माओवादीले प्याकेज कार्यक्रम लैजाने प्रयास गरेको तर केहि राजनीतिक दलको विरोधका कारण प्याकेज कार्यक्रम बन्द भएको एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी अबिनाशले बताए।

माओवादीको नेतृत्वको सरकार रहँदा द्वन्द्वकालमा मृत्यू भएका र घाईतेहरुलाई जिल्ला प्रशासन कार्यलयमार्फत जनही एक लाख उपलब्ध गराउने निर्णय भएको जिल्ला सेक्रटरी अबिनासको भनाइ छ।

घटनाका पीडितहरुले भने आफ्ना बाल बच्चाको पठनपाठनका साथै बाँचुन्जेल राहतको माग गरेका छन्।

माडीबासी र पीडितहरुले घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा शनिवार घटनास्थलमा शान्ति दीप प्रज्वलनका साथै श्रद्धान्जली व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा टाढा टाढाबाट घटनामा अपांग भएका पीडितहरु बैशाखी टेकेर भएपनि आएका थिए।
Source-BBC Nepali Sewa

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?