वास्तविक लडाकू ७ देखि ८ हजार मात्र : दाहाल

राष्ट्रसंघीय निकाय अनमिनले माओवादी शिविरमा रहेका लडाकु मध्ये करिब २० हजारलाई सेना समायोजनका लागि प्रमाणित गरे पनि यो संख्या लडाकुको वास्तविक संख्या भन्दा तेब्बर बढी हो। यो खुलासा अरु कसैले गरेका होइनन्। माओवादी अध्यक्ष एवमं 'जनमुक्ति सेना' तत्कालीन 'सुप्रिम कमान्डर' पुष्पकमल दाहालले १६ महिना अघि पार्टीको आन्तरिक प्रशिक्षणमा खुलासा गरेका हुन्।

"तपाई हामी कम्प्रोमाइज हुनुभन्दा अगाडि साँच्चै भन्यो भने त थोरै थियौं नि सात हजार आठ हजारको हारहारीमा पुगेका थियौं। हामीले ३५ हजार लगेर (शिविरमा) राखिदिएको २० हजारको हारहारीमा त आयो नि कम्तिमा। अरुलाई पो भन्न हुन्न त। यो हो नि साँचो कुरा त" अध्यक्ष दाहालले २०६४ पुस १८ गते चितवन शक्तिखोरस्थित लडाकु शिविरमा भनेका छन्।

इमेज च्यानल मार्फत प्राप्त भिडियो भाषणमा अध्यक्ष दाहालले थपेका छन्, "हाम्रो लिडरसिपले वुद्धि पुर्‍याएर सात हजारलाई २१ हजार त बनायो रेगुलर आर्मी... फेरि हामी कहाँ घटेका छौं र बढेका पो छौं त। फेरि हामीले बाहिर वाइसीएल पनि त बनाएका छौं त्यो संरचना हामीले छोडेका छैनौं र त्यतातिर हजारौं थपिरहेका छौं।" दाहालले वाइसीएललाई पनि पुरानो लडाकु संरचनाकै अंग भएको स्वीकार गरेका छन्।

उनले आफ्नो वास्तविक लडाकुमात्र शिविरमा राखेको भए अनमिनले चार हजारको हारहारीका लडाकुमात्र समायोजनका लागि योग्य ठहर्‍याइदिने बताएका छन्।

अध्यक्ष दाहालले संविधानसभाको चुनाव जितेमा अनमिनले गरेको प्रमाणिकरलाई नमान्ने मसते बताएका छन्। "हामीले जितेपछि भेरिफिकेसनलाई आधार मान्दैनौं, अर्को नियम बनाइदिन्छौं," उनले थपेका छन्, "हामीले जितिसकेपछि त्यो जाबो किन मान्न पर्‍यो। यो चाँही सबै हाल्न पर्छ उताको घटाइदिन पनि मिल्छ नि। हामी माथि परेको बेला किन मान्न पर्‍यो।"
उनले संविधानसभा निर्वाचन गराउन नदिने माओवादीको समते रणनीति भएको खुलासा गरेका छन्। "संविधानसभा कि कांग्रेसले हुन दिँदैन, कि हामी हुन दिन्नौं, कि कांग्रेसले जित्‍ने अवस्था कि हामीले जित्‍ने अवस्थामा मात्र संविधानसभा चुनाव हुन्छ।"

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?