साभार नयाँ पत्रिकाकाबाट
लक्ष्मीसँग सायद 'राज्य’ थिएन !
डायरी : अर्जुन पौडेल
सोमबार १२ बजेतिर मोबाइलमा अपरिचित व्यक्तिको आवाज थियो- 'आठ महिनादेखि वीर अस्पतालमा रहेकी मेरो बिरामीको अब थप उपचार गर्न नसकिने भयो, तपाईं केही गर्न सक्नुहुन्छ कि ?' गाडीमा हुनाले आवाज त्यति राम्ररी बुझिन । एक घन्टामा त्यहीँ पुग्ने वचन दिएर मोबाइल कनेक्सन काटेँ, र त्यतै हान्निएँ । होलीको दिन गाडी चलाएको निहुँमा भएको झडपमा परी गम्भीर घाइते बनेका उदयपुरका ड्राइभर उत्तम माझी ६ महिनादेखि वीर अस्पताल भर्ना भएका रहेछन् । त्यसअघि दुई महिना ग्लोबल अस्पताल, ग्वार्कोमा उनको उपचार गराइएको उनकी श्रीमतीले जानकारी दिइन् । सबै सम्पत्ति सक्दा पनि निको नभएपछि वीर अस्पताल सारिएको रहेछ उनलाई । अस्पतालमा हुन सक्ने सबै उपचार भइसक्दा पनि उनको होस आएको थिएन । गर्भवती श्रीमती वीर अस्पतालमै सुत्केरी भएकी थिइन् । छोरी पनि आमासँगै त्यहीँ रहेको उनले बताइन् ।
माझीझैँ पहिले नर्सिङहोममा उपचार गराएर पैसा सिद्धिँदै गएपछि वीर अस्पताल पुग्ने बिरामी धेरै भेटिए त्यहाँ । आफूसँग केही नहुनेले पनि देशमा निर्वाचित सरकार छ भन्ने आशामा उपचारका लागि सरकारी अस्पताल पुग्ने गर्छन् । तर, जब सरकारी अस्पतालको 'तीतो' वास्तविकता भोग्छन्, उनीहरूमा सरकारप्रतिको विश्वास धुजाधुजा हुन्छ । अस्पतालको इमरजेन्सीबाट एक परिचित कर्मचारीले 'कता हराउनुभयो ?' भन्दै भित्र लगे । 'ल, यिनको पीडा लेखिदिनूस्, यो नानी बिरामीकी छोरी हो, उसैले सबै भन्छे !' यति भनेर उनी आफ्नो काममा गए । 'म सरस्वती । बहिनी पनि यहीँ छे । लक्ष्मीपूजाको दिन आमालाई यहाँ ल्याएको, कसैले पनि हेरेका छैनन् । डाक्टरहरू छेउमै पुग्छन्, तैपनि आमालाई नहेरी जान्छन्, पाँच दिनदेखि आमाको होस छैन ।'
छोरीले यति भन्दैगर्दा लक्ष्मीका श्रीमान् राजकुमारले छेवैमा डाँको छाडे । भित्रबाट निस्कने अन्य बिरामीका आफन्तसँग हात जोड्दै पुगे उनी, 'लौ न भर्ना गर्न सिफारिस गरिदिनुपर्यो ।' ती मानिस 'अझै भर्ना भएन ?' भन्दै तर्के । लक्ष्मीको फोटो खिच्न न्हुच्छेमानलाई फोन गरेँ । अस्पतालप्रशासनले सजिलै फोटो खिच्न नदिने हुँदा न्हुच्छे नआउन्जेल बाहिरै बस्नु उपयुक्त लाग्यो । न्हुच्छे पुगेपछि आकस्मिक कक्षभित्र पसियो । आकस्मिक कक्षको पछिल्लो भागमा थिइन् लक्ष्मी । लक्ष्मीलाई राखिएको स्थानमा अक्सर मृत्यु भइसकेपछि राखिन्थ्यो । लक्ष्मी सुतेको बेडमा गद्दा थिएन, शव राख्ने स्टे्रचरमा राखिइन् सायद उनी । हुन त वीर अस्पतालका आकस्मिक कक्षका प्रायः बेडमा गद्दा छैनन् । भएका पनि च्यात्तिएका, रगत र पीपले हेरिनसक्नु छन् । बेहोस लक्ष्मीका आँखा आठवषर्ीया कान्छी छोरी सीतातिर एकोहोरो तानिएका थिए । एक सातासम्म अस्पतालको आकस्मिक कक्षमै लडेको बिरामीलाई के भयो भन्नसमेत कोही नआएपछि लक्ष्मीमा बाँच्ने आशा र चाहना दुवै सकिएको थियो सायद । त्यसैले उनका आँखामा छोरीका भविष्य टलपलाइरहेका देखिन्थे । सायद छोरीको भविष्यबारे उनी केही भन्न चाहन्थिन् । तर, सुन्ने कोही थिएन । ६ महिनादेखि उनको सेवामा खटिएका उनका श्रीमान् सबै सम्पत्ति सिध्याएर लक्ष्मीका अगाडि लाचार खडा थिए । उनका गोलभेंडाजस्ता आँखामा आँसुका ढिक्काबाहेक केही थिएनन् ।
सीता घाँगरबाट बिहान बाबुले किनिदिएको भुजा निकालेर मुखमा हाल्दै थिइन् । लक्ष्मीको हालतबारे समाचार प्रकाशित भएपछि मंगलबार बिहानैदेखि कार्यालयमा फोन गरी लक्ष्मीलाई सहयोग गर्छु भन्नेहरूको ताँती लाग्यो । उनको अवस्था बुझ्न वीर अस्पताल गएँ । तर, त्यहाँ उनी भेटिइनन् । अस्पतालको इन्क्वायरीमा लक्ष्मीका बारे सोधखोज गरेँ । अस्पतालले उनको नाम दर्ता नै नगरेको पाइयो । इन्क्वायरीका कर्मचारीले पनि कुनामा बेहोस भएर लडेको बिरामी देखेको मात्र बताउन सके । 'समाचार पढेर सहयोग गर्छु भन्नेहरू आएका थिए, तर बिरामी यहाँ छैन,' इन्क्वायरीका सुमन पौडेल भन्दै थिए । वीर अस्पतालमा चौबीसै घन्टा प्रहरी बस्छन् । तर, प्रहरीले पनि सो बिरामी देखेको, तर कहाँ लगियो भन्ने जानकारी नभएको गैरजिम्मेवार जवाफ दियो । सहयोग गर्न चाहनेको चाहना पनि पूरा गर्न सकिएन ।
सहयोग गर्न चाहनेहरूको सूची बढ्दै गयो । बुधबार फेरि वीर अस्पताल पुगेँ । वीर अस्पतालका अर्का एक कर्मचारीले लक्ष्मीलाई 'हस्पिस' पठाएको जानकारी दिए । 'हामीले गाडीभाडा जम्मा गरेर हस्पिस पठाइदियौँ,' ती कर्मचारीले भने । उनले लक्ष्मी लडेको घरका घरपतिको सम्पर्कनम्बर दिए । कार्यालय फर्केर उनको अवस्था सोधेँ, 'उनी त बिहानै बितिन्...' घरपति बालमुकुन्द भट्टको जवाफ आयो । 'दाहसंस्कार गर्ने खर्च मैले नै व्यहोरिदिएँ,' साहनुभूति बटुल्ने उनका निरस शब्दप्रति कुनै रुचि लागेन । दाहसंस्कार गर्ने खर्च उपचारमा खर्चिन सकिएको भए सायद उनी त्यसका प्रमुख हकदार हुने थिए । 'चन्दा उठाएर अन्यत्र पठाउन पहल गर्ने कर्मचारले वीर अस्पतालमै उपचारको पहल किन गरेनन् ?' अस्पतालका निर्देशकलाई घटनाका बारे जानकारी गराउँदा थाहै नभएको बताएका थिए । 'थाहा पाइसकेपछि पनि उनले किन खोजी गरेनन् ?' यावत् प्रश्न गुजुल्टिन थाले दिमागमा । पैसा नहुनेले अस्पताल पुग्दा पनि उपचार नपाउने यस देशको 'सबैलाई निःशुल्क स्वास्थ्यसेवा'को सरकारी गफ सम्झेर निकै नमज्जा लाग्यो । लक्ष्मीसँग सायद 'राज्यसरकार' थिएन, कि उनी 'जनतै' नभई संसारबाट बिदा भइन् ? मनमा प्रश्न अनुत्तरित नै रह्यो ।

Comments