श्रमशोषणको रूपमा कायम छ बाली प्रथा
पुस्तौँदेखि चल्दै आएको बालिघरे प्रथाका कारण लुगा सिउने दमाई र फलामको काम गर्ने कामीहरूले श्रमअनुसारको मूल्य पाउन सकेका छैनन् । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा समेत यो प्रथाले दहृोसँग जरा गाडेको छ । उपत्यकाको तीन जिल्ला मध्येको एक ललितपुरको दक्षिणी पहाडि भेगमा यो प्रथा झनै मौलाउँदै गएको छ । लुगा सिइदिएबापत दमाईले र फलामका औजार तयार गरिदिए बापत कामीले वाषिर्क रुपमा केही अन्न पाउने गर्छन् । यसरी पाउने अन्नलाई स्थानीय बोली चालीमा बाली भन्ने चलन छ । यसरी बालि लिने प्रथालाई बालिघरे प्रथा भनिन्छ । काम गरिदिए वापत अन्नदिने दातालाई परम्परादेखि नै विष्ठ भनिदैँ आएको छ । 
श्रम विभाजनका कारण दमाई, कामीलगायत समाजमा पछाडि पारिएका जातका मानिसहरूले वषौँदेखि बाल्रि्रथा अर्न्तर्गत श्रमसँग अन्न साट्दैआएका छन् । अन्नसँग श्रमसाट्ने चलन कहिलेदेखि चल्यो भन्ने तथ्य अहिलेसम्म एकिन हुनसकेको छैन । यद्यपी श्रमविभाजन र जातिपाति छुट्याइएको समयदेखि नै यो परम्परा शुरू भएको विश्वास गर्न सकिन्छ । अधिकारकर्मी मानवधिकार गृहका सदस्य विष्णुबहादुर खत्री आप\mना बाबुबाजेको पालादेखि नै यो प्रथा चल्दै आएको बताउँछन् । उता देविचौरका मुरारी परियार भने यो प्रथा कसरी शुरु थाहा नभएको बताउँदै भन्छन्, "कहिलेदेखि कयम छ त्यो जाँन्दिन । म जानेसुन्ने भएदेखि नै यो प्रचलन थियो ।"
वर्षरी लुगा सिलादिए बापत र फलामका औजार मर्मत गरिदिए बापत कति बाली दिने भन्ने निर्धारण विष्ठले नै गर्ने गरेका छन् । चापागाउँ भ\mयालुम्टारका धनजीते दमाई भन्छन्, " विष्ठले जति बाली तोक्छन् त्यती मै चित्त बुझाउनर्ुपर्छ । हाम्रो श्रमको मूल्य विष्ठले नै तोक्ने गरेका छन् ।" तर सामाजिक संघसस्था र राजनीतिक दलका गतिविधि दलित बस्तिमा केन्द्रीत हुन थालेपछि भने प्रायजसो ठाउँमा बालि निर्धारण दमाईकामीले नै गर्ने गरेका छन् । राजनीतिक र सामाजिक चेतना बढेपनि बाल्रि्रथा हटाउने तर्फभनेे उनीहरूको ध्यान जानसकेको छैन ।
गोटिखेल, भट्टेडाँडा तथा चापागाउँमा एउटा पाइन्ट सिलाए बापत १ सय ५० रुपैयाँसम्म पर्छ भने र्सट सिलाएको ७५ रुपैयाँसम्म पर्नेगर्छ । तर, बालीको रूपमा दिईने अन्नबाट भने स्थानीय बजार मूल्यका आधारमा दमाईहरूको श्रमशोषण भएको प्रष्टिन्छ । कामीहरू पनि श्रमअनुसारको ज्याला बालीबाट असुल गर्न नसकेको गुनासो गर्छन् । छम्पी हनुमठका कुमाल कामी भन्छन्, "विष्ठहरूले दिएको बालीबाट परिवार धन्न त के काममा लागेको श्रमको मूल्यसमेत उठ्दैन ।" उनको भनाई छ, "मासिक परिश्रमलाई नहर्ेर्ने हो भने तुलनात्मक रुपमा दमाइभन्दा कामीले बढी गाह्रो काम गनर्ुपर्छ ।"
बालीमा काम गरेबापत दमाईले विष्ठका परिवारका थोत्रो लुगा टाल्ने सिउनेदेखि नयाँ लुगासमेत सीउनर्ुपर्छ भने कामीले विष्ठका भाँचिएका औजारको मर्मतदेखि नयाँ निर्माणको काम गर्नुपर्छ । यस्तो कामगरे वापत घरैपिच्छे पाउने अन्नले उनीहरूको श्रम मुल्यको एकछेउपनि असुल्न सक्दैन । युवा दमाइ कामीहरू बाली लिने प्रथाको विरोध गर्न पछि परेका छैनन् । उनीहरको तर्क छ "काम नगर्नेले मात्रै माग्छन् । तर हामी भने मरीमरी काम गर्दापनि घरघरमा झोला थाप्दै माग्ने झै हिड्नर्ुपर्छ ।" हामी काम गर्र्छौ, काम अनुसारको ज्याला चाहन्छौं । उनीहरको एउटै आवाज छ ।
उता ज्यालाप्रथा खारेज गर्दा पेशा नै संकटमा परेर हातमुख जोर्न नै सकिन्दैन कि भन्ने डर समेत छ उनीहरूमा । चन्दपुरका गोपाल परियार भन्छन् "काम गरेवापत पाउने नुन, तेल तरकारी पनि गुम्न सक्छ ।" युवा मानवअधिकारवादी संस्था रिलेक नेपालमा महासचिव रमेश तिमल्सिनाको भनाई छ, बाल्रि्रथालाई सरल ज्याला प्रथामा बदल्नु पर्छ । उनी भन्छन् "सबैभन्दा उत्तम विकल्प यो नै हुने र यसबाट विष्ठ तथा दमाईकामीको हित हुन्छ ।" बालीमा लुगा सिउन तथा फलामका औजार मर्मत गर्न विष्ठले बोलाएका बेला आफ्नो सयम अनुकुल नभएपनि काम गर्नैपर्ने बाध्यता उनीहरुमा रहेको छ । बोलाएको बखत नगए र काम नगरे वापत विष्ठले बालि नदिने गरेको तिमल्सिना बताउँछन् ।
ललितपुरको दक्षिणी भेगमा परिवारका प्रत्येक एक पुरुष र एक विवाहित महिला बराबर एब पाथी मकै, केही नुन, तेल, तरकारी र दुधदह ििदने चलन छ । अविवाहित केटीको भने उनीहरूको भन्दा आधा मात्रै दिइन्छ । उता बाल्रि्रथगाका कारण ज्यालाभन्दा वढी खर्च र झन्झट भएको भन्दै देवीचौरकी गीता तिमल्सिनाले गतवर्षेखि ज्यालामा काम लगान शुरू गर्नुभएको छ । "वर्षा दर्ुइओटा हँसिया र दर्ुइओटा कोदाली अर्दाप्नु पर्छ त्यसको ज्याला नै दिने गरेको छु ।" उनले भनिन् ।
प्रत्येक कर्मको र्साईत गर्ने दमाईहरू सामाजिक सचेतनाको कमीले गर्दापनि ठगिएका छन् । पञ्चे बाजा बजाउन पोख्त दक्षिण ललितपुरका दमाईहरू आफैँ विष्ठका घरमा पस्न डर मान्छन् । नाम बताउन नचाहने भट्टेडाँडाका दमाई विष्ठको सेवा गर्नु कर्तव्य ठान्छन् भने विष्ठको घरमा प्रवेश गर्नु भनेको पापा पाल्नु । गरिबी र अशिक्षा र अज्ञातका कारण उनीहरूमा त्यस्तो सोच भएको देखिन्छ ।
वर्तमान समाजमा पनि बाल्रि्रथा कायम रहनुलाई सामाजिक विकास पछि परेको भन्न सकिन्छ । छुवाछुत प्रथाको अन्त्य भएको वषौँ बितिसक्दा पनि बाल्रि्रथामा काम गर्नुलाई श्रमशोषण नै मान्न सकिन्छ । परम्परादेखि नै ठगिदै आएका दमाई कामीहरू भूमिहीन भएकाले नै जिविको पार्जनका लागि विष्ठको निर्देशनमा बालिमप्रथामा काम गर्न बाध्य भएका हुन् । बालिमप्रथामै काम गर्नाले उनीहरूले भूमिजोड्न समेत सकिरहेका छैनन् । जसका कारण उनीहरूको आर्थिक उन्नती हुनसकिरहेको छैन । जातीय विभेद र यसका आधारमा हुने शोषण अन्त्य गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट शीघ्र पहल हुन आवश्यक बनेको छ ।

Comments