मासु त कुहीयो होला । हाड त देखाओ ।

दिउँस भरी कामकोे थकान । ओछ्यानमा पल्टनासाथ उनीहरू भुसुक्कै निदाए । एक्कासी आएको 'ढोका खोल्नुस् !' 'ढोका खोल्नुस् !' भन्ने तिखो आवजले निन्द्रा बिच्कियो । माओवादी र राज्यको जगजगी भएको समय । मध्यरातमा ढोका खोल्नुस् भन्ने आवाजले उनलाई भित्रैदेखि डर लागेर आयो । उनले मनलाई दह्रो भनाए अनी न्रि्रामै भने 'को हो - किन यती मध्यरातमा -' ढोका खोल्नुस् भन्नेहरूले भने 'हाम्रो साथि कसरी मर्‍यो - सोधपुछ गर्न आको ।' त्यससमय सम्म गोमापनि ब्युझिसकेकी थिइन् । मान्छे मर्‍यो भनेपछि गोमा र उनका पतिले चोटाबाट तल आई डराइ डराइ ढोका खोले । ढोका मात्र के खुलेको थियो । तीनजना घरभित्र पसे अनी भन्न थाले 'हाम्रो साथिलाई सेनाले मार्‍यो । हामीलाई माथिबाट आदेश आएको छ । तपाईँलाई लिन आएको ' उनीहरूले गोमालाई भने । घरभित्र पस्नेमा एकजना महिला र दर्ुइ पुरुष थिए । पर्शुरामले गोमालाई होइन मलाई लैजाओ भनि उनीहरूसँग अुनरोध गरे । बोल्यो कि पोल्यो भने झै उनीहरूले जसलाई साथमा लिन आएका थिए उसलाई बाहेक अरुलाई नलाने भन्दै गोमालाई जबरजस्ती लिएर गए । साथमा लाने समयमा उनीहरूले भनेका थिए, 'जस्तो लगेका छौँ त्यस्तै भोलि बिहान छ बजे बुझाउँछौँ ।' चार वर्षपुरा भैसक्यो तर उनीहरूले गोमालाई बुझाएका छैनन् । उल्टै उनको अवस्थाको बारेमा जानकारि माग्दा धम्की खान बाध्य भएका छन् धादिङका पर्शुराम कोइराला ।

माओवादी सशस्त्र द्वन्द्वका हजारौँ पीडा र वेदनाका कथा मध्ये माओवादीले अपहरण गरी बेपत्ता बनाएको यो एक कथा हो । नेकपा -माओवादी) का धादिङ छत्रे देउराली गाविसका नरेश भनिने नारायण केसी, सिम्ले गाविसकि प्रभा र नुवाकोट जिल्ला दर्ुइ पिपल गाविसका दिवाकर भनिने रामशरण सुवेदीले नेपाली क्यालेन्डर अुनसार ०६० मंङ्सिर २८ गते राती धादिङ जिल्ला केवलपुर गाविसकी ३७ वषर्ीया गोमा कोइरालालाई अपहरण गरेका थिए । उनको अवस्था हालपनि अज्ञात रहेको छ । "अपहरणमा संलग्न भएकी प्रभाले धादिङ धुवाँकोट निवासी एक पुरुषसँग विवाह गरी बच्चा जन्माइसकिन । तरपनि गोमालाई कहाँ लगियो - के गरियो - उनको अवस्थाको बारेमा जानकारी दिन अपहरणमा संलग्न भएकाहरू केही बोल्न चाहदैनन् । उल्टै धम्की दिन्छन् ।" गोमाका पति भन्छन् । माओवादीले आफ्ना कार्यकर्ता कल्पना भन्ने मुना श्रेष्ठलाई मार्न सुराकी गरेको आरोपमा गोमालाई अपहरण गरी बेपत्ता बनाएका थिए ।

गोमाको खोजी उनको परिवारले नगरेको होइन । अपहरण गरेको भोलिपल्ट छ बजेसम्म पनि उनलाई फिर्ता नल्याइदिए पछि उनको परिवार र आफन्त तथा दाजुभाइ गरि करिब ३० जनाजति केवलपुर गाविसको जंगलमा पुगे । उनीहरूले जंगलका कान्ला, बुटा, झाडि सबै ठाउँमा खोजे तर गोमाको अत्तोेपत्तो लाग्न सकेन । निरास भएर उनीहरू घर फर्के । करिब ४० जनाको समूहमा गोमाको खोजिको लागि पर्सिपल्ट पुन जंगल पसे । खोजिमा लागेका उनीहरूलाई दिपक भन्ने एकजना र करिब ११-१२ वर्षा तीनजना केटाकेटीले खोज्न हिडे ग्रिनेड र बम पड्काएर मार्दिन्र्र्छौ भने । अगुल्टो हानेको कुकुर बिजुलीदेखि तर्सन्छ भने झै उनीहरू एकजनालाई त लगेलगे अरुलाई लग्लान भन्ने डरका कारण र ती सानासाना माओवादीमा लागेका बालबालिकाले दिएको धम्कीका कारण त्यसदिन देखि खोज्नको लागि गएनन् ।


"उनीहरूले धम्की दिए पनि मैले गोमाको खोजिको लागि कहिल्यै पनि हरेस खाइन् ।" गोमाका पति पर्शुरामले अगाडि भने " इन्सेक, राष्ट्रिय मानवअधिकार आयोग, एम्नेष्टि इन्टरनेशनल, ओएचसिएचआर, आइसीआरसी, नेपाल मानवअधिकार संगठन, एड्भोकेसी फोरमलगायतका विभिन्न मानवअधिकारवादी संघसंस्थामा धाइनै रहे ।" अहिले माओवादीले गोमालाई सफाया गरेको भनि भन्ने गरेका छन् । पर्शुराम भन्छन् "सफाया गर्‍यौं भन्छन् । मारेको भए मारेको ठाउँ त देखाओ भन्दा देखाउँदैनन् ।" दण्डहिनताको अन्त्य र संविधानसभाको भूमिका बिषयका कार्यक्रमा आफ्नो पिडा पोख्दै पर्शुरामले भने "आमालाई कहाँ मार्‍यौ । मारेको स्थान त देखाओ भनी छोराले भन्दा उल्टै उनीहरूले धम्की दिए ।" पर्शुरामले अगाडि भने "मार्‍यौ भन्छन् । मासु त कुहीयो होला । हाड त देखाओ भन्दा त्यो पनि देखाउँदैनन् । उल्टो धम्की दिन्छन् ।"

सरकारले बेपत्ताको स्थिति र्सार्वजनिक गर्नको लागि आयोग गठन गर्ने संवैधानीक व्यवस्था गरेपछि बेपत्ता पत्नीको खोजि हुनेमा उनी आशावादी बनेका थिए । विडम्बना दलहरूको आपसी खिचातानीका कारण बेपत्तासम्बन्धी आयोग गठन गर्ने विषय कागजमा मात्र सिमित बन्न पुग्यो । संविधानसभाको निर्वाचन पछि त सरकारले केही गर्ला भन्ने झिनो आश पर्शुरामले राखेका थिए । तर निर्वाचनपछि माओवादी सबभन्दा ठुलो दल बन्न पुगेपछि झिनो आश पनि उनले मारेका छन् । पर्शुरामले लामो स्वास तन्दै भने " खै माओवादीले बेपत्ता बनाईएकी मेरी श्रमती उनीहरूको नेतृत्वमा बन्ने सरकारले कसरी उनको स्थिति र्सार्वजनीक गर्लान् र !" इन्सेकले आयोजना गरेको दण्डहिनताको अन्त्य र संविधानसभाको भूमिका बिषयका कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष विश्वकान्त मैनालीले भनेको भनाईलाई लक्षीत गर्दै उनले भने "माओवादीको डरले केही अधिकारकर्मीहरू समेत विगतलाई विर्सनु पर्छ भन्न थालेका छन् । यस्तो अवस्थामा कसरी स्थिती र्सार्वजनीक होला र बेपत्ता भएकाहरूको -"

सरकारले द्वन्द्व पीडितलाई राहात दिने घोषणा गरेको छ । तर पर्शुरामलाई सरकारको यो निर्ण्र्ाा्रति चित्त बुझैको छैन । "जब दोषीमाथि कुनै कारबाही नै हुदैन भने राहात दिएर कसरी पीडितमाथि न्याय हुनसक्छ ।" उनको भनाई छ । "पीडितलाई न्याय र पीडकले सजाए नपाएसम्म रहात र क्षतिपर्ूर्तिको कुनै अर्थ छैन ।" उनी भन्छन् । अपहरणमा संलग्नहरू हाल निस्पिmक्रि खुलेआम हिडेको देख्दा उनलाई कम्ति औडाहा भएको छैन । दोषीलाई कारबाही नगर्दा सरकार नलायक र पङ्गु भएको उनी बताउँछन् । उनको भनाई छ - एउटा अपराधीलाई कारबाही नगर्दा अर्को अपराध जन्मन सक्छ ।

-गोपीकृष्ण भट्टर्राई

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?