अब त स्थिति र्सार्वजनिक होला !
असोज ५ गते २०६० । रातको १२ बजेको छ । सबैजना खानपिन गरी सुतिसेका छन् । पदमनारायण पनि अरु जस्तै खानपिन गरी सुतिसकेका छन् । तत्कालिन शाही नेपाली सेनाले बुङ्मतीस्थित घरमा घेराहाली सकेको छ । तर पदमनाराण र उनको परिवारलाई घरघेरा हालेको थाहा छैन । सेना घर पछाडिबाट घरमाथि चढ्छन् । पदमनारायण कहाँ छन् - भन्दै ढोका ढक्ढक् गर्छन् । ढोकाको ढ्कढ्क आवाज सँगै ७५ वषर्ीय वृद्ध राजमायाको न्रि्रा खुल्छ । राजमाया ढोका खोल्दै कसलाई खोजेको भनी प्रश्न गर्छिन - सेनाका जवानले पदमनारायणलाई खोजेको उत्तर दिन्छन् । पदमनारायण माथि सुतिरहेको भन्ने जवाफसँगै उनीहरु माथि गएँ । पदमनारायण हल्लाका कारण त्यती बेलासम्म बिउँझिसकेका थिए । केही सोधपुछ गर्नुछ । हामीसँग हिड्नुस् भन्दै उनीहरुले पदमनारायणलाई लिएर हिडे । राजमायाले कहाँ लिएर हिडेको भनि उनहरुलाई सोधे । उनीहरुले भोलि र्फकइदिन्छौ भने ।
पदमनाराण सामान्य परिवारमा जन्मिएका थिए । माओवादी "जनयुद्ध" को क्रममा उनी माओवादी पार्टर्ीी लागेका थिए । दिउँस भरिको कामको थकानका कारण खानपीन गरी सुतेका थिए । त्यही समयमा १२ बजे सेनाले घरघेराहालि उनीलाई गिरफ्तार गरि लग्यो । भोलि फर्काइदिन्छौ भनि लगेका उनलाई आजसम्मपनि सेनाले घर र्फाएनन् ।
माओवादीले गरेको दश वर्षो जनयुद्धको क्रममा राज्यका तर्फाट बेपत्ता परिएकाहरु मध्ये ललितपुर बुङ्मती गाविस-३ का २८ वर्षो पदमनारायण नकर्मी पनि एक हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्रको अभिलेख अनुसार उनलाई सेनाले घरघेराहालि माओवादी भएको आरोपमा ०६० असोज ५ गते राती १२ बजे गिरफ्तार गरेको थियो । केही सोधपुछ गर्नुछ, भोलि फर्काइदिन्छौ भनि लगेका पदमनाराणलाई नत सेनाले घरफकाईदियो नत उनको अवस्थाको जनाकारी परिवारलाई नै दियो । सोही दिन बुङ्मती गाविसबाट गिरफ्तार भएका राम शाही, अन्तमान श्रेष्ठ, कृष्णमान श्रेष्ठ, अमिर शाक्य भैरवनाथ गणमा चरम यातना पाई रिहा भए तर उनीहरुसँगै गिरफ्तार परेका पदमनाराणको अवस्था आजका मितिसम्म अज्ञात नै रहेको छ ।
भोलि फर्काइदिन्छौ भनि सेनाले गिरफ्तार गरेको ५ बर्षपुग्यो । तर उनको परिवारले भने घरफर्केर आउँने आशा भने मारिसेका छैनन् । पदमनारायणको सम्झनामा ७५ वषर्ीय वृद्ध आमा राजमाया नकर्मीको रुदारुदा आखाँबाट आशुँ नै सुकिसक्यो । मर्नेबेलामा छोराको अवस्था अन्यौल हुँदा उनमा पर्नुसम्मको पिढा परेको छ । पदमनारायणसँगै गिरफ्तार गरी बेपत्ता बनाइएका राम शाही, अन्तमान श्रेष्ठ, कृष्णमान श्रेष्ठ, अमिर शाक्य घर फर्किएर आएको देख्दा आमा राजमाया आफ्नो छोरा पनि एक दिन फर्केर आउने आशमा छिन् । उनले भनिन् "आजसम्मपनि घर आएको छैन । भोली फर्कादिन्छौ भनेर लगेका थिए ।" "उसको सम्झना आइरहन्छ ।" राजमायाले भनिन् "छ की छैन । खै । कहाँ छ । कहाँ लग्यो ।" उनले छोराको सम्झनाले गर्दा राती निन्द्रा नलाग्ने गरेको बताइन् ।
उता बेपत्ता पतिको खोजिको लागि राममाया नकर्मीले नधाएको ठाउँ नै छैन । लगनखेलस्थित सेनाको राजदल गण, महाराजगंजस्थित भैरवनाथ गण, राष्ट्रिय मानवअधिकार आयोग, माओवादी पार्टर्ीीार्यालय, विभिन्न मानवअधिकारवादी संघसंस्था । हारगुहार गर्दागर्दा उनलाई अवत थकाइनै लागि सक्यो । ल आज बेपताहरुकाले खोजिको लागि र्याली छ आउनु पर्यो भनि खबर पुगेपछि केही थाहा हुन्छ की भनी उनी र्यालीमा पनि पुगेकी हुन्छीन् । राममाया भन्छिन् "सबैलाई भने । सबैले मेरो कुरा सुने । पत्रपत्रिकाले समाचार पनि छापे । तर उहाँको स्थिति के छ कसैले भन्न सकेका छैनन् ।" राममायले अगाडि भनिन् "पार्टर्ीीार्यालयमा पनि गएँ । हाम्रो पार्टर्ीीरकारमा गएपछि थाहाहुन्छ भनेका छन् ।" राममायाले सर्वोच्च अदालतमा पतिको स्थिति र्सार्वजनिक गरि पाउँ भनि रिट निवेदन पनि दिईन् । अदातले रिट निवेदन दिएको छ महिना पछि गिरफ्तार नै नपरेको भनि रिट नै खारेज गरेको राममाया बताउँछिन् ।
दैनिक गलैचा बुनेर राममाया जीविका चलाउँदै आएकी छिन् । उनकी एक छोरी रहेकी छिन् । बेपत्ता भएको छ वर्षबितिसक्दा पनि उनको अवस्था अज्ञात रहेकोले उनलाई सेनाले मारिसकेको निष्कर्षा उनी पुगेकी छिन् । पदमनारायणलाई पक्राउ परेको समयदेखि सेनाको महाराजगंजस्थित भैरवनाथ गणमा राखि अमानविय यातना दिएको नेपालस्थि संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय ०६३ जेठ महिनामा निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उच्चायुक्तको प्रतिवेदनले उनसँगै बेपत्ता भएका ४९ जनाको हत्या भैसकेको हुनसक्ने अनुमान गरेको छ ।
पदमनारायण नकर्मीको भैरवनाथ ब्यारेकम सैनिक अधिकारीहरुद्वारा अमानवीय यातना दिई हत्या गरिएको सम्बन्धमा चार जना सैनिक अधिकारीमाथि ज्यान मुद्दा चलाउनुपर्ने आदेश माग गर्दै ०६३ पुस २० गते मुद्दा दायर समेत भएको छ । ब्यारेकका तत्कालिन प्रमुख राजु बस्नेतसहित अधिकृतहरु इन्दिवर राणा, विवेव विष्ट र दिलिपजङ्ग रायमाझिको मिलेमतोमा हत्या भएको र सो सम्बन्धमा काठमाडौं जिल्ला प्रहरी कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयले हत्याका सम्बन्धमा उजुरी लिन नमानेपछि उनका परिवारले सर्वोच्च आदालतमा रिट दायर गरेका थिए ।
त्यसो त ललितपुर ठेचो गाविसका राजेन्द्र मालि बेपत्ता भएको चार वर्षपुरा भैसक्यो । उनलाई सेनाले २०६० असोज ५ गते बिहान मंगलबजारबाट सेनाले गिरफ्तार गरि बेपत्ता बनाएको थियो । उनको परिवारको पनि स्थिति नकर्मीैको परिवारको जस्तै छ । यो पक्तिकारले उनको घरमा फोनगर्दा भेटिए मालिका भिनाजु मदन मालि । राजेन्द्र जी को स्थितिको बारेमा केही थाहा भयो त - मदनले भने "खै खबर नै आएको छैन । बचे मरेको खबर रै आएको छैन ।" धुलिखेल, सुन्दरीजल, स्वयम्भु, बालाजु, लगनखेललगातयका सैनिक ब्यारेकमा मालिको परिवार पटकपटक खोजिको लागि पुगे । तर पनि उनको अवस्था भने केही थाहाहुन सकेको छैन । बेपत्ता राजेन्द्र मालिका एक श्रमती र एक छोरी रहेकाछन् ।
ललितपुर जिल्लार्मा माओवादी "जनयुद्ध" शुरु भएयता राज्यले विभिन्न समयमा गिरफ्तार गरी बेपत्ता पारिएका छजना रहेका छन् । यसरी बेपत्ता पारिएकाहरुमा खोकना गाविस निवासी धीरज डंगोल, कुसुन्ती कार्पेटमा काम गर्ने गोपाल नगरकोटी, ठेचो गाविस-६ निवासी नन्दगोपाल माली, राजेन्द्र माली, बाबुराजा माली, बुङ्मती गाविस-३ निवासी पदम नारायण नकर्मी रहेका छन् । त्यसैगरी माओवादी पक्षबाट बेपत्ता पारिएकाहरुको संख्या दुइ रहेको छ । यसरी बेपत्ता पारिएकाहरुमा देविचौर गाविस-२ निवासी अशोक तामाङ र देविचौर गाविस निवासी रवी खड्का रहेका छन् । यी बेपत्ता नागरिका परिवार उनीहरुको स्थितिबारे थाहा भै हाल्छ कि भनी विभिन्न मानवअधिकारवादी संघसंस्थामा धाउन छाडेका छैनन् ।
सात राजनीतिक दल र माओवादीबीच पटक पटक भएको सहमतीमा द्वन्द्वको समयमा बेपत्ता भएकाहरुको स्थिति र्सार्वजनिक गर्ने उल्लेख भएतापनि हालसम्म त्यसो भएको छैन । त्यसो त नेपालको अन्तरिम संविधान, २०६४ मा समेत बेपत्ता छानबिन आयोग बनाउने भनि उल्लेख भएको छ । संविधानसभा सदस्य निर्वाचन सकिसक्दा पनि छानबिन आयोग बन्ने कुरा गर्भमा नै रहेको छ । निर्वाचन पछि राजनीतिक दलहरु कसको नेतृत्वमा सरकार बनाउने भन्ने वाक् युद्धमा लागेको भान दिनहँु निस्कने अखबारमा पानमा आएका समाचारले देखाउँछ । संक्रमणकालिन न्याय दिलाउनको लागि लाग्नुपर्ने दलहरु सरकार कसले बनाउने, कसले नबनाउने भन्ने भाषणबाजिमा नै लाग्दा बेपत्ता भएको व्यक्तिका परिवार भने निरासमा परेका छन् ।
माओवादी मै लागेर बेपत्ता भएका पदमनारायणको परिवार अब भेन उनको अवस्था र्सार्वजनिक हुनेमा विस्वस्त देखिएका छन् । नेकपा माओवादी संविधानसभा सदस्य निर्वाचनमा सबभन्दा ठुलो दल भएको छ । माओवादीको नेतृत्वमा सरकार बनेपछि राज्यले बेपत्ता बनाएकाा पदमनारायणको स्थिति र्सार्वजनिक हुने आशामा उनको परिवार रहेको छ । यद्यपी, विभिन्न संघसंस्था, अदालत, सेनाका ब्यारेक धाउँदा स्थिति र्सार्वजनिक नभएर निरास भएका पदमनारायणका परिवालाई माओवादीको नेतृत्वमा बन्ने सरकारले उनको स्थिति र्सार्वजनिक गर्लात - भन्ने शंकाभने रहेको छ ।- बेपत्ता पारिएका पदमनारायणजस्ताको स्थिति र्सार्वजनीक होला त ! यसको उत्तर भेन समयको भविष्यले नै देखाउँला ।

Comments